धरानमा राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता हुने

  • वैशाख १०, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ खेलकुदको शहरका रूपमा परिचित धरान मा यही वैशाख १८, १९ र २० गते दोस्रो धरान खुल्ला तथा राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ।

धरान ब्याडमिन्टन क्लब को आयोजनामा हुने प्रतियोगिता धरान १३ मा रहेको अमरसेवा समाजस्थित कभर्ड हलमा सञ्चालन गरिनेछ।

आयोजकका अनुसार प्रतियोगितामा खुला पुरुष–महिला सिंगल, पुरुष–महिला डबल्स, मिक्स डबल्स तथा भेट्रान (उमेर समूह) गरी विभिन्न विधामा प्रतिस्पर्धा हुनेछ।

देशभरका राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा स्थानीय खेलाडीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। करिब ४५० भन्दा बढी खेलाडी सहभागी हुने अनुमान गरिएको छ।

स्थानीय खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले वैशाख १४ र १५ गते विशेष प्रतिस्पर्धा पनि सञ्चालन गरिने आयोजकले जनाएको छ। प्रतियोगिताका विजेता तथा उपविजेताहरूलाई नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

मेन्स डबलतर्फ विजेताले १ लाख २१ हजार, उपविजेताले ६१ हजार र तेस्रो हुनेले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने ओमेन्स डबलतर्फ विजेताले ६६ हजार, उपविजेताले ३३ हजार र तेस्रो हुनेले १८ हजार रुपैयाँ प्राप्त गर्नेछन्। मिक्स डबलतर्फ विजेताले ६६ हजार, उपविजेताले ३३ हजार र तेस्रो हुनेले १८ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

भेट्रान सय प्लस डबलतर्फ विजेताले ६६ हजार, उपविजेताले ३३ हजार र तेस्रो हुनेले १८ हजार रुपैयाँ प्राप्त गर्नेछन्। सबै विजेता तथा उपविजेता लाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ।

करिब रु.२३ लाखभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको प्रतियोगिताका लागि धरान उपमहानगरपालिका, विभिन्न वडा, संघ–संस्था तथा व्यवसायिक क्षेत्रबाट सहयोग जुटाइनेछ। प्रतियोगिता सफल बनाउन विभिन्न उपसमितिहरू समेत गठन गरिएको छ।

आयोजकले यस प्रतियोगिताले धरानमा ब्याडमिन्टन खेलको विकास, खेलाडीबीच प्रतिस्पर्धात्मक भावना अभिवृद्धि तथा नयाँ प्रतिभा पहिचानसँगै खेल पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved