वराहक्षेत्रमा आधारभूत तह शिक्षकहरूलाई विषयगत कार्यशाला

  • वैशाख १०, २०८३
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले नगर भित्र रहेका धार्मिक तथा सामुदायिक बिद्यालयका शिक्षकहरुलाई विषयगत कार्यशाला आयोजना गरिएको छ ।

बराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष २०८२र०८३ को बजेट तथा कार्यक्रम र विभिन्न विद्यालयहरूको सहयोगमा आधारभूत तह कक्षा १ देखि ८ का शिक्षकहरुका लागि विषयगत कार्यशाला आयोजना गरेको हो ।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उत्तम राज भारतीका अनुसार नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार उक्त कार्यक्रम आयोजना गरिएको हो ।

तालिममा नगरपालिका भित्र रहेका सामुदायिक तथा धार्मिक विद्यालयका शिक्षक तथा शिक्षिकाहरूको सहभागिता रहेको छ ।

बिहिवार र शुक्रबार आयोजना हुने उक्त कार्यशाला वराहक्षेत्र नगरपालिका वडा नं १ र २ का शिक्षककालागि चतरा स्थित आदर्श माध्यमिक विद्यालयमा, वडा नं ३,४ र ५ का शिक्षककालागि कालाबञ्जर स्थित जगनाथ डेनराज जनता { जडेज } माध्यमिक बिद्यालयमा, वडा नं ६ , ७ र ८ का शिक्षकहरुलाई चक्रघट्टि स्थित महेन्द्र माध्यमिक विद्यालयमा त्यस्तै वडा नं ९ र १० का शिक्षककालागि प्रकाशपुर स्थित प्रकाश माध्यमिक बिद्यालयको सभाहल र वडा ११ का शिक्षककालागि मधुवन स्थित जनता माध्यमिक बिद्यालयको सभाहलमा आयोजना हुनेछ ।

नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रम र विभिन्न विद्यालयहरूको सहयोगमा आधारभूत तह कक्षा १-८ का शिक्षकहरुका लागि आयोजना गरिएको विषयगत कार्यशाला नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक र स्वास्थ्य तथा शारीरिक विषयका बिषयगत शिक्षलहरुको सहभागिता रहेको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved