धरान/प्रदेश १ कै संस्कृत उच्चशिक्षाको केन्द्रका रुपमा रहेको धरान उपमहानगरपालिक वडा नं. १४ को विजयपुरमा अवस्थित श्री पिण्डेश्वर विद्यापीठ परिसरमा नवनिर्मित सरस्वती मन्दिर माघ ९ विहानको शुभमुहूर्तमा वैदिक विधिअनुसार पूजा आराधना र प्राणप्रतिष्ठा गरी समुद्घाटन गरिएको छ । विद्यापीठ परिवारको अगुवाइमा धरान नगरपालिका तथा विभिन्न दाता महानुभावहरुको सहयोगमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको मन्दिर निर्माण गरी प्राणप्रतिष्ठा गर्ने कार्य सम्पन्न गरिएको हो । गतसाल २०७८ मा सरस्वती पूजाका दिन धरान उपमहानगरका तत्कालीन मेयर श्री तिलक राईद्वारा शिलान्यास गरी निर्माण सुरु गरिएको थियो । यही माघ ९ गतेका दिन पिण
धरान / प्रदेश १ को आदिवासी जाति समुदायका भाषा, संस्कृतिको स्थिति र अवस्थाको समीक्षा गर्न धरानमा प्रादेशिक भाषा, संस्कृति सङ्गोष्ठी गरिएको छ । नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्र दाङ र प्राडा टंकप्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्र धरानको आयोजनामा गोष्टी भएको हो । गोष्टीमा भाषा तथा संस्कृतिका विषयमा ८ जनाले कार्यपत्र प्रस्तुत गरेका थिए । प्रदेश १ का खानेपानी, सिँचाई तथा उर्जामन्त्री तिलकुमार मेन्याङबोले उद्घाटन गरेको गोष्टीमा पहिलो सत्रमा प्रदेश १ को जाति भाषा र स्कृतिको विषयमा प्राडा माधवप्रसाद पोखरेल, देवान जाति संस्कृति र भाषाका विषयमा प्राडां टंकप्रसाद न्यौप
धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले पदको ओहोदाको दुरुपयोग गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।केही समय अगाडि प्रतिष्ठानमा चलेको शुद्धीकरण आन्दोलनमा समेत डा.गिरी प्रोफेसर नभएको विषयमा कुरा उठ्दै आएको थियो । ओहोदाकै विषययलाई लिएर अख्तियारमा उजुरी परेको थियो । अख्तियारको छानविनपश्चात पदीय मर्यादा विपरीत कार्य गरेको ठहर गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । डा.गिरीले कुनै पनि आधिकारिक निकायबाट प्राप्त नगरेको प्रोफेसर पद प्रयोग गरेको देखिएको हो । भ्रष्टाचार निवारण ऐन, २०५९
बराहक्षेत्र / बराहक्षेत्र नगरपालिकाले कुल बजेटको २८.३५ खर्च गरेको विवरण प्रस्तुत गरेको छ । एघारौ नगरसभामा खर्च विवरण प्रस्तुत गर्दै खेलक्षेत्रमा योगदान पुर्याएका १८ जना खेलाडीहरुलाई समेत सम्मान गरेको छ । शनिबार बराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष ०७९/०८० का लागि १ अर्व ७ करोड ४२ लाख ४१ हजार ९ सय ३० रुपैयाँको पुरक बजेट सार्वजनिक गरेको थियो । नगर सभामा नगर उप–प्रमुख नन्दुकुमारी सुनुवारले आर्थिक बर्ष २०७९/०८० को (संशोधित सहित ) बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । प्रस्तुत बजेटमा कृषि पर्यटन र पूर्वाधारमा जोड दिइएको थियो। प्रस्तुत बजेटमा आर्थिक वर्ष ०७९/०८० को लागि नगरपालिकाले
धरान / धरान उपमहानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई नियन्त्रण गर्ने प्रयास अनुरुप अभियान नै थालेको छ । केही समय अगाडि धरान १७ मा सार्वजनिक जग्गामा बनेका घर भत्काएको थियो । उपमहानगरपालिकाले यो अभियानलाई निरन्तता दिइरहेको छ । तर पूर्ण रुपमा नियन्त्रण भने हुन सकेको छैन । आइतबार पनि धरान ५ देउरालीको याक्थुङक नजिक रहेको अधेरी खोला बगरमा रहेको घर उपमहानगरपालिकाले डोजर लगाएर भत्काएको छ । सार्वजनिक जग्गामा बनेको घरलाई उपमहानगरपालिकाले नगरपालिकाको प्रदेश प्रदेश १–०२००१ ग ०२३४ नम्बरको स्काभेटर प्रयोग गरी भत्काइएको हो । सार्वजनिक जग्गामा घर बनाउन नपाइने भए पनि स्थानीय अनिश लिम्बुले करि
धरान / राष्ट्रिय निजि तथा आवासिय विद्यालय एशोसियसन, नेपाल एनप्याव्सन नगर कमिटिको आयोजनामा आयोजित अन्तर विद्यालय महिला पुरुष बास्केटबल प्रतियोगिताको उपाधि धरान मेघा र लोटस स्कुलले जितेको छ ।शुक्रवार सम्पन्न फाइनल खेलमा पुरुष तर्फ धरान मेघाले लोटस स्कुललाई ४२–३१ र महिला तर्फ सियोनले पर्वत स्कुललाई १८–७ अङ्कको अन्तरले पराजित गर्दै उपाधी जितेको हो । फाइनल खेलको प्रत्येक क्वाटरमा पुरुष तर्फ धरान मेघा र लोटसले ९–४, १३–२, १४–१३ र ६–१२ अङ्क जोडेका थिए । महिला तर्फ सियोन र पर्वत स्कुलले ३–३, ४–०, ४–२ र ७–२ अङ्क जोडेका थिए । बिजेता तथा उपबिजेत
मोरङ / त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विराट क्याम्पस स्कुल अफ म्यानेजमेन्ट स्टडीज सोम्स कलेजले आफ्नै कलेजमा अध्ययनरत छात्र सुमन खवासलाई आर्थिक सहयोग गरेको छ ।छात्र सुमन खवास बिगत तनि महिना देखि आन्द्राको क्यान्सरबाट पिडित थिए । बिबिएस दोस्रो वर्षमा अध्ययनरत सुमनको परिवारिक अवस्था कमजोर रहेको साथै उपचारको क्रममा परिवार समेत ऋणको भारमा परिरहेको पिडीतकी आमाले बताइन् । सुमनकी आमा पाठेघरको क्यान्सर भएको र निकै ठूलो खर्च र लामो समय सम्म उपचार गरी अहिले ठिक भएको आमा रिन्कि देवी खवासले बताइन् । विराटनगर ६ व्रम्हपूरा वसोवास गर्ने सुमनको ५ जनाको परिवारमा बुवा ट्याक्टर चालकको रुप
सुनसरी / प्रदेश सरकारको मितव्यायिताको कुरा उठिरहँदा प्रदेश १ सरकारको मन्त्रालय घटाइएको छ । प्रदेश १ सरकारले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन गरेको हो ।मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन गरेर १३ वटा साविकका मन्त्रालयलाई ९ वटामा सीमित गरेको छ । मन्त्रालय घटाएसँगै मन्त्रालयको संरचनाको समेत टुंगो लगाएको छ । यसअघि कायम रहेका यातायात व्यवस्था तथा सञ्चार, उद्योग श्रम तथा रोजगार, पर्यटन तथा संस्कृति र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय खारेज भएको छ । यस्तै मन्त्रिपरिषद्का्े बैठकले सरकारको प्रवक्तामा उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप
धरान / सुरक्षित आप्रवासन परियोजना (सामी) ले वैदेशिक रोजगारीमा जानेहरुलाई जानकारी दिन विभिन्न कार्यक्रम अगाडि सारेको छ । स्वीजरल्याण्ड सरकारको कार्यक्रम अन्तर्गत यो कार्यक्रम नेपालका १५६ स्थानीय तहमा कार्यक्रम अगाडि बढाएको छ । सुनसरी जिल्लाको हकमा भने धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका र भोक्रा गाउँपालिकामा सामीको कार्यक्रम सञ्चालनमा रहेको छ ।सोही कार्यक्रम अन्तर्गत धरान उपमहानगरपालिकामा समेत यो कार्यक्रम शुरु भएको छ । यस कार्यक्रम अन्तर्गत सामीले ५ वटा क्षेत्रका काम गर्ने गरेको सुरक्षित अप्रवावासन परियोजनाका जिल्ला संयोजक धिराज भट्राई बताउँछन । खास गरेर यसले विदेश जानेहरुका लागि सूचना
विजयपुर/धरान १० को मेनरोड पुतली लाइनको सडकखण्ड विस्तार गर्ने विषयमा सरोकारवालाहरुबीच बुधबार छलफल भएको छ । वडा अध्यक्ष विवेक राईको सक्रियतामा छलफल भएको हो । छलफलमा नगरपालिकाले सडक निर्माणको लागि बजेट पारित गरेसंगै अध्यक्षले राईले वडावासीलाई सामेल गराई छलफल अगाडि बढाएका हुन् । सैनिक भवनमा भएको छलफलमा नगरपालिका योजना प्रमुख सुरज श्रेष्ठको समेत उपस्थिति रहेको थियो । धरानको व्यस्त बजारको रुपमा लिइएको धरान १० पुतली लाइनलाई धरानको विकासका लागि पनि सडक विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताइएको थियो । सडक विस्तार गर्ने क्षति नहुने तरिकाले बढाउनुपर्ने बताइएको थियो । २०५५ सालमा पुतली लाइनलाई ५० फिटे बा