धरान/ धानखेती गरेका किसानहरुलाई तिहार निजिकिँदै गर्दा आफुले खेतमा लगाएको धानखेतको चिन्ता रहेको छ ।
आकास धमिलो भएर आउँदा किसानहरुको मन भने अमिलो हुने गर्दछ ।
किन की बर्ष दिनभरी माना खाएर मुरी उव्जाउनको लागि गरेको परिश्रम आकासेपानीका कारण बर्बाद होला की भनेर हिन्दुधमालम्बीको दोश्रो महान चाड तिहार अर्थात दिपावाली नजिँकै आएपनि तिहारको भन्दा धानखेतको चिन्ता र पाकेको धान कसरी बर्षातबाट जोगाउने भन्ने पिरलो रहेको छ ।
धरान ६ पानबारीका महेन्द्र पौडेल स परिवार नै विहानैदेखि खेतमा जान्छन् र धानको बोट काट्छन् ।
उनको लगभग डेढ विघा खेत रहेको छ । खेतमा फलेको धानबाटै वर्षदिनभरीको लागि अन्नजोहो हुने गरेको छ । त्यसैले तिहार आउन केहि दिनमात्रै बाँकी रहँदा तिहारको सुरसार भने पौडेललाई छैन ।
किन कि यसपालीको तिहारको भन्दा पनि धान कसरी आकासमा परेको पानीबाट जोगाउने भन्ने परिलो रहेको छ । धरान ६ पानबारी कृषि पकेट क्षेत्र पनि हो । यहाँको धान पानमारा मनसुली चापल भनेर प्रसिद्ध छ ।
मनसुली चामल देशैभर पानमारा भनेर ब्राण्ड नै भएको छ । तर पछिल्लो
समय पानबारीमा धान उत्पादन घट्न थालेको किसानहरु बताउँछन् । धरान ६ पानबारीका गोविन्द सुवेदी पछिल्लो समय घना बस्ती र जग्गा प्लटिङका कारण धान उत्पादनमा कमी आएको बताउँछन् । यो बर्ष किसानले लगाएको धानखेतमा निकै राम्रोसँग धान फलेको पनि उनको भनाई छ ।
यसपाली समयमा बर्षा भएर किसानले धान रोप्न पाए भने मलखादको पनि व्यवस्था यो बर्ष किसानले सास्ती भोग्न नपरेका कारण नै धान उत्पादन बढ्ने सुबेदी बताउँछन् ।
कोशी पत्र दैनिकका कार्यकारी सम्पादक रणध्वज लोहारले धरान ६ पानबारीका किसानलाई सोधी खोजी गरेर तयार पारेको भिडियो सामाग्री प्रस्तुत छ :