सार्वजनिक स्थान र फुटपाथमा फोहोर फ्यालेपछि....

  • कार्तिक ८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ व्यक्तिको निजी जग्गा र फुटपाथमा फोहोर फ्याँलिरहेको अवस्थामा विराटनगर महानगरपालिकाको टोलीले ठेलासहित एकजना व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ ।

विराटनगर–११ नयाँगुद्री दक्षिणस्थित सडक छेउको खाली जमिन र फुटपाथमा ठेलामा ल्याएको फोहोर फ्यालिरहेको अवस्थामा महानगरको सरसफाई शाखा र नगर प्रहरीको टोलीले विराटनगर–६ का मनोज सहनीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको हो ।

सहनी नयाँगद्रीमा फलफूल व्यवसाय सञ्चालन गर्दै आएका छन् । ठेला चालकलाई भने सम्झाएर छाडिदिएको सरसफाई शाखाका प्रमुख पुनम दाहालले जानकारी दिए ।

वडा सदस्य बलराम कारञ्जितले दिएको सूचनाका आधारमा महानगरको टोलीले फोहोर फ्याल्ने व्यक्तिलाई रंगेहात नियन्त्रणमा लिएको नगर प्रहरीका निरीक्षक राजन पौडेलले बताए ।

गुद्रीका व्यवसायीहरुले नयाँगुद्री दक्षिणस्थित खाली जमिन र फुटपाथमा फोहोर फ्याल्ने गरेको भन्दै स्थानीयले समेत महानगरको ध्यानाकर्षण गराउँदै आएका थिए । स्थानीयको गुनासोपछि महानगरको टोलीले विशेष निगरानी बढाएको थियो ।

वडा सदस्य कारञ्जितले फोहोर फ्यालिरहेको देखेपछि तत्कालै महानगरको टोलीलाई खबर गरेका थिए ।

खबर पाउने बित्तिकै महानगरको टोली पुगेर ठेलासहित चालकलाई नियन्त्रणमा लिएको थियो । ठेला चालकको बयानपछि सहनीलाई महानगरको टोलीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको सरसफाई शाखाका किरण न्यौपानेको भनाइ छ ।

सार्वजनिकस्थलहरुमा फोहोर फ्याल्ने कार्यलाई निरुत्साहित गरी विराटनगरलाई सफा र सुन्दर बनाउन महानगरले विभिन्न ठाउँमा सिसी क्यामेरामार्फत पनि निगरानी गर्ने गरेको छ ।

सिसी क्यामेराको मद्दतबाट फोहोर फ्याल्नेलाई कारबाही प्रक्रियामा समेत ल्याइएको दाहालले बताए ।

दाहालका अनुसार सार्वजनिकस्थमा फोहोर फ्याल्नेलाई पहिलोपटक ५ देखि २५ हजार र दोस्रोपटक पनि फोहोर फ्यालेको भेटिए २५ हजारभन्दा माथि जरिवाना गर्ने भएको छ ।

नेपालकै टप–१० मा धरा ...

धरान/धरान–१२ मा अवस्थित प्राइम भिजन अन्तर्राष्ट्र ...

रास्वपामाथि प्रतिबन् ...

धरान/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि लग ...

धरान ११ ले टोलबासीसँ ...

धरान/ प्रत्यक्ष रुपमा स्थानीयसँग सरोकार राख्ने स्थ ...

२४ वर्ष कैद सजाय पाए ...

इनरुवा/  ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved