बिषय प्रवेशः
मार्क्स,एङ्गेल्स,लेनिन ,स्टालिन,माओ र पुरानो पुँजीवाद बिचारधारा कालिन जस्ताको तस्तै लागू हुनु पर्छ भन्ने छैन।किनकी विश्व दुनियाँ गतिशील छ। पदार्थ गतिशील छ। चेतना गतिशील छ।
तर कुन सिद्दान्तको जगमा रहेर त्यसको सृजनात्मक प्रयोग गर्ने हो भन्ने कुरा प्रधान हुन्छ।यदपी मार्क्सवाद गतिशील बिज्ञान हो। गतिशील बिज्ञान नै नमान्ने हो भने पुजीँवाद बिचारधाराका दलहरु भन्दा कम्युनिष्ट पार्टीहरु के भिन्न हुन सक्छ ?
अहिले बिश्व तीन दार्शनिक कार्ल मार्क्स,अल्बर्ट आइन्स्टाईन र हेगेलको दर्शनबाट संचालित छ।
नेपालको सन्दर्भमा सिद्दान्तः
मैले बुझेको मार्क्सवादको सृजनात्मक प्रयोग जनताको बहुदलिय जनवाद(जबज)संसदको रुप पक्षको प्रयोग गर्ने र सार पक्षको बिरोध गर्ने हो।अर्थात संसदभित्र हुने बिकृती अभ्यासको बिरोध गर्ने हो।
अनि सिद्दान्तको बिषय उठाउदा सिद्दान्तले मानिसहरु अहिले गाइडेट हुदैनन् भनेर क्षणिक चुनाव जित्ने अभियानमा मात्र केन्द्रीत हुने गरेका छन।त्यो स्थायित्व हुन्छ त ? यद्पी कम्युनिष्ट पार्टीहरुको दस्तावेजका आधारमा विश्लेषण त स्वयम् कम्युनिष्ट पार्टीहरुले नै गर्ने र गरेर बनाएको दस्तावेज हो र त्यो जिम्मेवारी पनि त्यसै पार्टीको हो।
तर बर्तमान पुजीँवादको चरम बिकाशमा पुगेका देशहरुको प्रभाव र त्यसको जगको आधारमा बिश्लेषण गर्दा नेपाल पुजीँवादतर्फ भरखरै प्रवेश गरेको कम्युनिष्ट पार्टीको दस्तावेजहरुले उल्लेख गरेपनी पुजीँवादका बिरुद्द दलालपुजीँवाद अर्थात अर्कै खाले शक्ति हावी भएका कारण त्यो पुजीवादको बिकासको बाधक बनी रहेको छ।
बिकासित पुजीँवादी राष्ट्रहरुको बर्तमान अर्थराजनिती र नेपालको अर्थराजनिती फरक छ। किनकी नेपाल ती मुलुकहरुका तुलनामा झण्डै १५० बर्ष पछाडी रहेको छ,कि जुन सुकै बिकास,सिस्टमको चरण हेर्दा पनि त्यो प्रष्टता बुझ्न सकिन्छ।
ती मुलुकहरुको राजनिती र अर्थराजनिती जस्ताको तस्तै प्रयोग गर्न खोज्यौ भने त्यो सम्भव हुन्छ भन्ने लाग्दैन।जनताको बहुदलिय जनवाद यथार्थमा भन्ने हो भने पुजीँवादी क्रान्ती सम्पन्न गरेर मात्र समाजवादमा जान सकिने बर्तमान सिद्दान्त हो।
दस्तावेज उल्लेख गर्छ,‘हाम्रो कार्यक्रम सामन्तवाद,दलाल नोकरशाही पुजीवाद र साम्राज्यवाद बिरोधी कार्यक्रम हो।’गोपी नारायण उपाध्यका लेख्छ्न्,‘निर्वाचनमा भाग लिएर बहुदलिय व्यवस्थालाई अवलम्बन गर्ने तर त्यसलाई टुक्रे कार्यक्रमको लागि मात्र र क्षणिक कार्यक्रमको रुपमा ग्रहन गर्ने।’ भन्ने हो।
यद्यपी नेपालमा सामन्तवाद समाप्त भएको र त्यसको अवशेष चाँही अझै सम्म पनि कायम रहेको बताउछ्न,कम्युनिष्ट पार्टीका राजनीतिक प्रतिवेदनहरुले। यसअर्थमा दलाल पुजीवादको अन्त्य नभए सम्म जनताको बहुदलिय जनवादले उल्लेख गरेका सिद्दान्तहरु कार्यन्वयन हुन्छ भन्ने लाग्दैन।
सिद्दान्त,संगठन र त्यसको प्रयोगः
अहिले संस्था नभएका स्वतन्त्रहरुको पनि माहोल देखिन्छ।कम्युनिष्ट पार्टी,काङ्गेस लगायतका दलहरुले भन्छ्न कि स्वतन्त्रहरुको संस्था वा पार्टी नहुने हुँदा तिनीहरु अस्थायी हुन।राजनीतिक सिद्दान्त,नीति र संगठनात्मक संरचना नहुँदा अस्थायी हुन्छ्न भनेका छ्न र पार्टीहरु जस्तो स्थायी हुदैनन्।
अनि फेरि सिद्दान्त नीति,संठनात्मक कामको बारेमा छ्लफल गर्दा भन्छ्न कि मानिसमा सिद्धान्तले काम गर्दैन ।एउटा उदाहरण् नेपालको सन्दर्भमा मार्क्सवादको सृजनात्मक प्रयोग नै एमालेले सारेको बिचार जबज,त्यो कुन आधारमा जन्म भयो र त्यसको प्रयोग कसरी गर्ने भन्ने बिषय प्रधान भएपनि यसलाई गौण बनाएर चुनाव जित्ने अभियानमा मात्र जानू पर्छ, भनेर भनिरहेका छन।
हो चुनावको बिकल्प छैन, जानुपर्छ र जित्नु पर्छ भन्ने नै हो तर चुनावमा हुने बिकृती अभ्यास र चुनाव जिती सकेपछि आउन सक्ने कुनै पनि बिकृती अभ्यासको बिरुद्दको सिद्दान्त पनि हो जबज।सुखी नेपाली समृद्द नेपाल बनाउने कार्यक्रम त्यो जबजको एउटा आर्थिक बिकासको बर्तमान अर्थराजनीति दिशा हो भन्ने लाग्छ।त्यो पनि त मार्क्सवाद बाटै दिशा निर्देश भएर आएको एउटा अर्थराजनिती हो।
दलहरु र स्वतन्त्रहरुः
राजनितिक दलहरु स्वतन्त्रहरु भन्दा पृथक र फरक हुन्छ्न। मुद्दाहरु भनेका सिद्दान्तको आधारमा जन्मन्छ।अर्थात सिद्दान्त समाजको बनौट,भौगोलीक अवस्था, बिगतको इतिहास,बर्तमानको घट्नबाट जन्मन्छ।त्यसैको आधारमा मुद्दाहरु निर्माण हुने हो।
तर प्रश्न के हो भने सिद्दान्त,निती,कार्यक्रम र मुद्दाहरुको व्यवहारिक कार्यान्वयनमा दलहरु त्यसमा पनि कम्युनिष्ट पार्टीहरु कति दुरदर्शिता र पारदर्शीता छ भन्ने बिषय प्रधान हुनु पर्दछ भन्ने लाग्छ।
मास–व्यास कि संगठन व्यास?
कम्युनिष्ट पार्टीले मास ब्यास पार्टीका रुपमा अगाडि बढाउने हो भने नेपाली काङ्ग्रेस जस्तो पुरानो पार्टीको पनि संगठनात्मक सिद्दान्त छ।कम्युनिष्ट पार्टीले त बिश्वमा नै संगठनात्मक सिद्दान्तको अवलम्बन गरेका छन्।चिन जस्तो शक्तीशाली मुलुकमा समेत बैचारिक सिद्दान्त र संगठनात्मक सिद्दान्तले सन्चालन हुन्छ्न।
अहिले चिनमा सी.चिन फिङ बिचारधारा रहेको छ।त्यसको आर्थिक उन्नती देखेर पुजीँवादी मुलुकहरु डराई रहेका छ्न।अतः सारा विश्व पुजीँवाद हुँदै त्यसैको बिकासित रुप बिकासवाद, उद्दारवाद र नवउद्दरवाद (पुजीवाद बिश्वको मुख्य बिचारधारा हो) सम्मको यात्रमा आईपुग्दा अर्थात सारा विश्व पुजीँवाद हँदा पनि नेपालमा पुजीँवाद बटम लाईन भएका पार्टीहरु अर्थात प्रमुख पार्टी नेपाली काङ्ग्रेस त अझै मास व्यास पार्टी हुन सकेको छैन भने कम्युनिष्ट पार्टीहरु अहिले नै कसरी मास व्यास पार्टी हुन सक्छ्न ? नेपाली काङ्ग्रेसले संगठनात्मक सिद्दान्त अझै सम्म पनि अवलम्वन गरिरहेकै छ।जस्तो नगर समिती,क्षेत्रीय निर्वाचन समिती,वडा समिती।
जबजको आधारहरुः
नयाँ जनवादी गणतन्त्रका परिकल्पनाकार पुष्पलाल श्रेष्ठको हस्त लिखित नयाँ जनवादी कार्यक्रम अनुसार काङ्ग्रेस र कम्युनिष्ट मिलेर मात्र पन्चायत ढाल्न सकिने भन्ने थियो।त्यो समयमा गद्दार पुष्पलाल त भनियो तर समयले पुष्टि गर्यो ।काङग्रेस र कम्युनिष्ट मिलेर मात्र पन्चायत ढल्यो।
बि.स. २०१८ साल पौष १ गते राजतन्त्रका बिरुद्द नेकपाका सबै गुट, नेपाली काङ्रेसका सबै गुट......गोर्खा परिषद र संयुक्त प्रजातन्त्र पार्टी,जन बर्गीय संगठनहरु सर्वपक्षीय भेला सम्मेलन गरि संयुक्त आन्दोलन उठान गर्न आवहन गर्नु भयो।जसको अर्थ थियो,शान्तीपुर्ण बाटोमा गएर श्रेष्ठता हासिल गर्ने।दोस्रो बि.पि.कोइरालाले नेपाली काङ्ग्रेसमा लोकतान्त्रीक समाजवादको सिद्दान्त प्रतिपादन गरेका थिए।बि.स.२०१२।१३ साल सम्म यो बहस काङ्ग्रेसमा रह्यो।
अर्को बिश्वमा घटेका घट्नाहरु अर्थात सन १९९० मा पुर्व सोभियत संघ रुसमा ७५ बर्ष पछि कम्युनिष्ट सत्ता ढल्यो र पुर्वी युरोपको कम्युनिष्ट सत्ता ढल्दै गएका थिए।यसैबाट शिक्षा लिएर लोकतान्त्रीक आधारबाट कम्युनिष्टहरु अगाडि बढ्न सकिने मदन भण्डारीको बिचार थियो र जबजको प्रयोगमा कुनै पनि बिकृती अभ्यास अवलम्वन गर्नु हुदैन भन्ने थियो।अन्य बिबिध कारणहरु पनि रहेका छन।सारमा यी तीन घट्ना जनताको बहुदलिय जनवादको प्राथामिक आधारहरु हुन, थिए भन्न सकिन्छ,दस्तावेजको आधारमा।
समाजवादः
पुजीँवादको बिकाश क्रममा दलाल पुजीँवाद हावी भएर पुजीँवाद उन्मुख व्यवस्थामा प्रहार भै रहेको छ।देशकोअर्थनिती विश्व प्रभावको कारण समाज,हावा,पानी माटो र परिवेश सुहाउँदो नभएको हो भन्ने मेरो तर्क हो।त्यसैले हाम्रो अर्थनिती कमजोर रहेको छ। मुलुक अर्ध सामन्तवाद हुँदा नै वा राजा रहँदा नै मिश्रीत अर्थ प्रणाली भनिएको छ।
तर सामन्तवाद र पुजीँवाद संक्रमणकाल मिश्रीत अर्थ प्रणाली हो की,पुजीवाद र सामाजवाद मिश्रीत अर्थ प्रणाली हो ?यसको पुष्टाई प्रष्टतता दस्तावेजमा छैन।किनकी एकातिर विश्व पुजीवादी राष्ट्रहरुले लिएको अर्थनिती तर हाम्रो देशमा चाँही त्यो समयमा अर्धसामन्तवाद नै रहेको थियो।
यो बेला राजतन्त्र छैन। तरअझै सम्म पनि सामन्तवादको अवशेष रहेको छ,भनी दस्तावेजमा भनिएको छ।अब हाम्रो अर्थनिती अझै पनि मिश्रीत प्रणाली हो कि वा दलाल पुजीँवाद प्रणाली की त्यसको अन्त्य गरेर पुजीवाद बिकास प्राणाली हो त ?
मलाई लाग्छ जबजका अनुसार र अन्य प्रमुख कम्युनिष्ट पार्टीको राजनिती प्रतिवेदनका आधरमा सिधा नभनेर घुमाईलो वाक्यमा, शव्दमा दलाल पुजीँवादको अन्त्य गर्ने,पुजीँवादको बिकास गर्दै जाने र त्यसैको आधारबाट समाजवादमा रुपान्तरण हुने भन्ने देखिन्छ।यसमा प्रष्टता हुनु पर्दछ।तर बोल्नका लागि मात्र दलाल पुजीवाद भनेर राखिएको हो भने चाहिँ यथार्थमा दलाल पुजीँवादको अन्त्यपछि मात्र पुजीँवाद आउने हो र पुजीँवादको चरम भौतिक बिकासको आधार टेकेर मात्र समाजवाद आउने हो।यो मार्क्सवादी सिद्दान्त र दृष्टिकोण हो।
निष्कर्षमाः
बिश्वका धेरै जसो मुलुकहरुमा राजनितीक दलहरुले नै त्यहाँको देश संचालन गरेको छ।केही मुलुकहरुमा तानाशाही सत्ता पनि कायम छ।हाम्रो देशमा पनि राजनितीक दलहरुले देश संचालन गर्ने हो र गरेका छ्न।राजनितीक दलहरुको सिद्दान्त,नीति,कार्यक्रम,मद्धा रहेको हुन्छ।अनि त राजनितीक पार्टी बन्ने हो।सबै कार्यकर्ता र जनताले सिद्दान्त,नीति–कार्यक्रम बुझेका हुदैनन।बुझ्न पर्छ भन्ने पनि अनिवार्यता होइन।
तर कार्यकर्ता तहमा त यो चेतना अनिवार्य आवश्यक्ता हो। जनताको तह भन्दा अलिक बिकासित दल हो अर्थात दलको कार्यकर्ता हो । हो भने समाज जस्तो छ,त्यस्तै कार्यकर्ताले समाज परिवर्तन,दलाल पुजीँवादको अन्त्य,पुजीँवादको चरम बिकास अनि समाजवादको यात्रमा कसरी जान सक्छ भन्ने नै मुलभुत बिषय हो।
त्यसकारण सिद्दान्त ,नीति, कार्यक्रम र मुद्दाहरु अर्थात कार्यदिशा,कार्यभारको नजर अन्दाज गर्नु स्वयम् कम्युनिष्ट पार्टीको लागी कति सकारात्मक र कति नकारात्मक हुन्छ।यसको विश्लेषण गर्नु स्यम कम्युनिष्ट पार्टीहरु नै अग्रसर हुनु पर्दछ ।
श्रोतः
१. जनताको बहुदलिय जनवादःमधुवन प्रकाशनः२०८१ःपृष्ठ २९ र २३४
२. भुमिकाःमहेन्द्र प्रकाश शिवकोटीः कम्युनिष्ट घोषणा पत्र २०८०
३. नयाँ जनवादी कार्यक्रम मधुभन प्रकाशन ः२०८० भुमिका
लोककृष्ण भट्टाराई।
४. बि.पी.कोइरालाका बिचारहरु मधुवन प्रकाशनः २०७९
५.समाजवाद बि.पि.कोइराला र कम्युनिष्टःशोभाकर पराजुली
(लेखकः नेकपा एमाले धरान उपमहानगरकमिटीका उपाध्यक्ष हुन भने उनी समसामयिक राजनीतिक विषय वस्तुमा विश्लेशणात्मक कलम चलाउँछन् ।)