स्कुललाई ६ लाख ५१ हजार दिने दानबीर नरनाथ–नेत्रकुमारी "समाजसेवा गर्न ’बिल गेट्स’ नै हुन परेन !"

  • कार्तिक ८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  नेपाल सरकारको उद्योग  वाणिज्य तथा आपूर्ति पूर्व सचिव तथा बर्तमान बेलायतका लागि नेपाली राजदुत चन्द्र  घिमिरेका माता पिताले धरान १२ स्थित पब्लिक हाईस्कुललाई ६ लाख एकाउन्न हजार रुपैयाँ प्रदान गरेका छन् ।

घिमिरेका माता पिता धरान–१० मुनाल चौक निवासी नरनाथ घिमिरे र नेत्रकुमारी घिमिरेले छात्रवृत्ति अक्षयकोषका लागि ६ लाख एकाउन्न हजार रुपैयाँ प्रदान गरेका छन् ।

उक्त अक्षयकोषद्धारा गरिब जेहेन्दार विद्यार्थीका लागि हरेक वर्ष छात्रबृति प्रदान गरिने विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हरि कार्कीले कोशी पत्रलाई बताए।उनले भने,‘यो अक्षयकोष स्कुललाई दानबीर घिमिरे परिवारले आफ्नो छोरा पढेको स्कुललाई प्रदान गर्नु भएको छ,यो खुशीको कुरा हो,अव हामी यस्लाई छात्रबृति कति कसरी दिने भन्ने कुरा छिट्टै गर्नेछौ।’

नरनाथ–नेत्रकुमारी घिमिरे छात्रवृत्ति कोषको नामबाट खातामा अक्षयकोषको रुपमा रकम जम्मा गर्ने गरी छोरा चन्द्र घिमिरे र बुहारी सरिता घिमिरे सहितले विद्यालयका प्रधानाध्यापक डा.इन्द्रमोहन झा र व्यवस्थापन समिती हरिबहादुर कार्कीलाई उक्त नगद रकम घिमिरे परिवारले हस्तान्तरण गरेका छन् ।

छात्रवृत्ति कोषको बैंंक व्याजबाट प्राप्त हुने रकम यस विद्यालयबाट कक्षा ११ मा उत्कृष्ट हुने विद्यार्थीलाई उपलब्ध गराउने सम्झौतामा उल्लेख गरिएको छ ।

धरानको पब्लिक हाई स्कुलबाट २०३७ सालमा नरनाथ र नेत्रकुमारी घिमिरेका छोरा चन्द्र घिमिरेले एसएलसी उत्तीर्ण गरेका थिए ।माता पिताको उक्त सामाजिक कार्यको प्रशंसा गर्दै छोरा चन्द्र घिमिरेले सामाजिक सञ्जाललमा यसरी अभिव्यक्ति दिएका छन् ।

‘भारतीय गोर्खा आर्मीका पेन्सनर ९७ वर्षका मेरा बुबा र आमाले धरानको पुरानो र प्रसिद्ध ’पव्लिक हाइस्कूल’लाई हरेक महिना बचाएको पेन्सन रकम रू.६,५१,००० (छ लाख एकाउन्न हजार) आज प्रदान गर्नु भो ।

उत्कृष्ट विद्यार्थीले छात्रवृत्ति पाउने भए । फोटोमा कागज आदानप्रदान गर्दै विद्यालयका अध्यक्ष र प्रधानाध्यापक क्रमशः हरि कार्की र डा. ईन्द्रमोहन झा ' समाजसेवा गर्न ’बिल गेट्स’ नै हुन परेन  !

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved