स्थानीय

    Showing 241-250 of 5,038 items.
  • धरानमा अनलाइन जुवा चलाउने गिरोहकाे पर्दाफास, १० जना पक्राउ

    धरान/सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित लक्ष्मी सडकमा रहेको मण्डला क्याफेबाट अनलाइन जुवा खेल्दै र खेलाउँदै गरेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार मिति २०८३ साल बैशाख १४ गते राति करिब १०:३० बजे गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ‘1Xbet’ मार्फत अनलाइन जुवा सञ्चालन भइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरी निरीक्षक राधाकृष्ण दाहालको कमाण्डमा खटिएको टोलीसँगै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको PIT टोलीले संयुक्त रूपमा अपरेसन गरेको थियो। पक्राउ पर्नेहरूमा धरानका विभिन्न वडाका ३१ वर्षीय प्रज्वल राई, ४६ वर्ष

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 1,284 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा बस दुर्घटना: चालकको लापरवाहीले वृद्धको ज्यान गयो

    धरान/धरान–४ देवीथानस्थित कोशी लोकमार्गमा बस दुर्घटनामा एक वृद्धको ज्यान गएको छ। धरानबाट धनकुटातर्फ जाँदै गरेको को१ख ६०९० नम्बरको बसबाट झर्ने क्रममा धरान–४ निवासी ७८ वर्षीय प्रेमबहादुर मगर बसको ठक्करबाट गम्भीर घाइते भएका थिए। बस रोकेर ओर्लिएपछि बाहिरिने क्रममा अचानक बस अगाडि बढ्दा पछाडिको बायाँ भागमा ठोक्किएर उनी बेहोस बनेका थिए। घाइते मगरलाई तत्कालै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको थियो। तर उपचारकै क्रममा सोमबार साँझ करिब साढे ४ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीका अनुसार बाहिरी चोटपटक खासै नदेखिए पनि आन्तरिक चोटका कारण मृत्यु भएको हुनसक्ने अनुमान

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 400 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चौथो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप : वडा नं ३ बिजयी

    वराहक्षेत्र/वराहक्षेत्र नगरपालिकामा जारी चौथो संस्करणको वडा स्तरीय “वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता” अन्तर्गत सोमबार सम्पन्न खेलमा वडा नं. ३ विजयी भएको छ। वडा नं. ७ स्थित वसन्तऋतु माध्यमिक विद्यालयको खेलमैदानमा गोलको वर्षा भएको खेलमा वडा नं. ३ ले वडा नं. ८ लाई शुन्यका बिरुद्ब ५ गोलको अन्तरले पराजित गरेको हो। जितसँगै पहिलो संस्करणको विजेता समेत रहेको वडा नं. ३ प्रतियोगिताको उत्कृष्ट ६ मा प्रवेश गर्न सफल भएको छ। पराजित वडा नं. ८ भने नकआउट चरणबाटै बाहिरिएको छ। खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं ३ का सुभराज लिम्बु‘म्यान अफ द म्याच’ घोषित भए। उनले न

    • प्रकाशित मितिः वैशाख १४, २०८३
    • 329 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चक्रघट्टी जेसीजले बिद्यार्थीलाई शिक्षण सामग्री वितरण गर्दै सुरु भयो जेसीज सप्ताह

    वराहक्षेत्र/वराहक्षेत्र नगरपालिकामा क्रियासिल चक्रघट्टी जेसीजले जेसीज सप्ताह - २०२६ सुरु गरेको छ । वराहक्षेत्र नगरपालिका वडा नं ३ हर्दियामा रहेको बिपि आधारभुत बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्दै चक्रघट्टी जेसीजले जेसीज सप्ताह सुरु गरेको हो । साप्तह कार्यक्रम अन्तर्गत स्वागत गेट निर्माण , भित्ते पात्रो सार्वजनिक , सचेतना मुलक कार्यक्रम, मैत्रीपुर्ण फुटबल लगायतका कार्यक्रम आयोजना गरिने चक्रघट्टी जेसीजका महासचिव शिशिर तामाङ्ग ( अर्जुन) ले बताए । चक्रघट्टी जेसीजका अध्यक्ष जेसी शरण कुमार लिम्बूको सभाध्यक्षतामा आयोजना भएको जेसीज सप्ताह अन्तर्गतको पहिलो शैक्षिक सामाग्री बितरण क

    • प्रकाशित मितिः वैशाख १४, २०८३
    • 215 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

    धरान / र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन हुँदै आएको चर्चित ‘एसइई स्पिकर’ कार्यक्रम यस वर्षदेखि नगरस्तरीय रूपमा धरानमै केन्द्रित हुने भएको छ। एसइई परीक्षा दिएर बसेका विद्यार्थीहरूको खाली समयलाई सिर्जनात्मक बनाउँदै उनीहरूमा आत्मविश्वास, व्यक्तित्व विकास र नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित ‘एसइई स्पिकर सिजन–६’ आयोजना गर्न लागिएको आयोजकले धरानमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो। २०७८ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको यो कार्यक्रम यसअघि प्रदेशस्तरीय रूपमा विस्तार गरिएको थियो। तर सहभागी व्यवस्थापन, यात्रा कठिनाइ र निरन्त

    • प्रकाशित मितिः वैशाख १४, २०८३
    • 269 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा चौथो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप स् वडा नं ५ बिजयी

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा जारि चौथो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगितामा अन्तर्गत आईतवार भएको खेलमा वडा नं ५ बिजयी भएको छ । वराहक्षेत्र नगरपालिका वडा नं. ७ स्थित वसन्तऋतु माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न खेलमा वडा नं ६ लाई शुन्यला विरुद्ध ३ गोलको अन्तरले पराजित गर्दै वडा नं ५ बिजयी भएको हो । जितसँगै वडा नं ५ ले प्रतियोगिताको उत्कृष्ट ६ को यात्रा तय गरेको छ । पराजित भएको वडा नं ६ भने प्रतियोगिताको नकआउट चरणबाट नै बाहिरिएको छ । खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै १ गोल गरेका वडा नं ५ का टोसिल केसि म्यान अफ द म्याच घोषित भए। उनले नगद २ हजार

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • 278 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रम संस्कृति पार्टीमा चर्कियो अन्तरद्वन्द्व, समला राईको कडा टिप्पणी

    धरान/धरान–४ को वडाध्यक्षमा अस्मिता राईलाई अघि सार्ने अभिव्यक्ति सार्वजनिक भएपछि ‘श्रम संस्कृति पार्टी’भित्रै मतभेद देखिन थालेको छ। पार्टीसँग सम्बद्ध समला साम्पाङ राईले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पार्टी सञ्चालन शैलीप्रति असन्तुष्टि व्यक्त गरेकी छन्। उनले “श्रम संस्कृति पार्टी इमान्दार वा दुःखी–गरिबको मात्र प्रतिनिधित्व गर्ने दल हो भन्ने धारणा गलत सावित भइरहेको” उल्लेख गर्दै पद बाँडफाँटको शैलीमाथि प्रश्न उठाएकी हुन्। उनको आरोप अनुसार सामाजिक सञ्जालमै व्यक्तिहरूलाई वडाध्यक्ष वा केन्द्रीय सदस्य घोषणा गर्ने प्रवृत्तिले पार्टीको विश्वसनीयतामाथि असर

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • 232 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झापामा लागुऔषधसहित दुई युवक पक्राउ, ब्राउन सुगर र नाइट्राजेपम ट्याबलेट बरामद

    झापा/ झापाको भद्रपुर नगरपालिका–५ गौशाला क्षेत्रबाट लागुऔषधसहित दुई जना युवक पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा वप्रका भद्रपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८३ साल वैशाख १३ गते बिहान करिब १०:३० बजे पैदल हिँडिरहेका दुई युवकलाई शंकास्पद अवस्थामा रोकी चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा ताप्लेजुङ फुङलिङ नगरपालिका–१ आमभोटे बस्ने करिब २२ वर्षीय प्रताप मादेन र सोही जिल्लाको फुङलिङ नगरपालिका–५ ताप्लेजुङ बजार बस्ने करिब २४ वर्षीय अनुप लामगडेको साथबाट लागुऔषध फेला परेको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट प्लास्टिक बाहेक तौल गर्दा ५ ग्राम ०६० मिलिग्राम ब्राउन सुगर  र

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • 463 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बालबालिकाको सुरक्षामा जोड: इनरुवामा विद्यालय बस चालकलाई ट्राफिक सचेतना

    सुनसरी/विद्यालय जाने बालबालिकाको सुरक्षित यात्रालाई सुनिश्चित गर्ने उद्देश्यसहित इनरुवामा विद्यालय बस चालक र सहचालकलाई लक्षित ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। इनरुवा नगर प्याब्सनको आयोजनामा तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीको सहकार्यमा सखुवा गाछीस्थित लक्ष्मी पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा निजी विद्यालयका बस चालक–सहचालकलाई सडक सुरक्षा, ट्राफिक नियम र बालबालिकाको सुरक्षासम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा ट्राफिक प्रहरी निरीक्षक विकास थपलियाले चालकको सचेतता नै दुर्घटना न्यूनीकरणको मुख्य

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • 273 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा ६० हजारभन्दा बढी लागुऔषधसहित भारतीय नागरिक पक्राउ

    इटहरी/ सुनसरीको इटहरी उपमहानगरपालिका–११ मा प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गर्दै एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा सोमबार राति करिब ८ बजे शारदा बिकको घरमा डेरा गरी बस्दै आएका भारत, बिहार राज्य नरपतगंज निवासी २९ वर्षीय मोहम्मद सहनेवाजको कोठामा छापा मारेको थियो। छापामार क्रममा प्रहरीले ट्रामाडोल ५० हजार ५४० क्याप्सुल र डाइसाइक्लोमिन ९ हजार ५२० ट्याब्लेट फेला पारेको छ। यसरी जम्मा ६० हजार ६० पिस लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ। बरामद लागुऔषधसहित सहनेवाजलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्याल

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • 926 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved