वराहक्षेत्रमा चौथो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप स् वडा नं ५ बिजयी

  • वैशाख १३, २०८३
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा जारि चौथो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगितामा अन्तर्गत आईतवार भएको खेलमा वडा नं ५ बिजयी भएको छ ।

वराहक्षेत्र नगरपालिका वडा नं. ७ स्थित वसन्तऋतु माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न खेलमा वडा नं ६ लाई शुन्यला विरुद्ध ३ गोलको अन्तरले पराजित गर्दै वडा नं ५ बिजयी भएको हो । जितसँगै वडा नं ५ ले प्रतियोगिताको उत्कृष्ट ६ को यात्रा तय गरेको छ । पराजित भएको वडा नं ६ भने प्रतियोगिताको नकआउट चरणबाट नै बाहिरिएको छ ।

खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै १ गोल गरेका वडा नं ५ का टोसिल केसि म्यान अफ द म्याच घोषित भए। उनले नगद २ हजार ५ सय सहित ट्रफी प्राप्त गरेका थिए । पहिलो चतरणमा नकआउट र दोस्रो चरणमा नकआउटमा बिजयी भएका टिम बिच लिग फर्म्याटमा खेलहरु आयोजना गरिनेछ ।

प्रतियोगिता अन्तर्गत नकाउट चरण अन्तर्गतको चौथो खेल सोमवार वडा नं ३ र वडा नं ८ का बीच हुनेछ।

खेलकुद हाम्रो सान, खेलाडी उत्पादन गर्ने हाम्रो अभियानू भन्ने नारा दिएको प्रतियोगिता बैशाख २५ गतेसम्म सञ्चालन हुनेछ ।

नगर खेलकुद विकास समितिको आयोजनामा २०७९ सालवाट लिग अप नकआउट फर्म्याटमा वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरुवात गरिएको थियो ।

९१५ किलो गाँजासहित च ...

धरान/ सुनसरीको इनरुवामा ९१५ किलोभन्दा बढी गाँजा सह ...

देव कुमारी-शिव प्रसा ...

विराटनगर/ ७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्र ...

धरानको भोटेपुलमा ट्र ...

धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकम ...

कारागारको गेटमै समात ...

धरान/मोरङको विराटनगरस्थित कारागारमा लागुऔषध छिराउन खोज् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved