वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा जारि चौथो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगितामा अन्तर्गत आईतवार भएको खेलमा वडा नं ५ बिजयी भएको छ ।
वराहक्षेत्र नगरपालिका वडा नं. ७ स्थित वसन्तऋतु माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न खेलमा वडा नं ६ लाई शुन्यला विरुद्ध ३ गोलको अन्तरले पराजित गर्दै वडा नं ५ बिजयी भएको हो । जितसँगै वडा नं ५ ले प्रतियोगिताको उत्कृष्ट ६ को यात्रा तय गरेको छ । पराजित भएको वडा नं ६ भने प्रतियोगिताको नकआउट चरणबाट नै बाहिरिएको छ ।
खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै १ गोल गरेका वडा नं ५ का टोसिल केसि म्यान अफ द म्याच घोषित भए। उनले नगद २ हजार ५ सय सहित ट्रफी प्राप्त गरेका थिए । पहिलो चतरणमा नकआउट र दोस्रो चरणमा नकआउटमा बिजयी भएका टिम बिच लिग फर्म्याटमा खेलहरु आयोजना गरिनेछ ।
प्रतियोगिता अन्तर्गत नकाउट चरण अन्तर्गतको चौथो खेल सोमवार वडा नं ३ र वडा नं ८ का बीच हुनेछ।
खेलकुद हाम्रो सान, खेलाडी उत्पादन गर्ने हाम्रो अभियानू भन्ने नारा दिएको प्रतियोगिता बैशाख २५ गतेसम्म सञ्चालन हुनेछ ।
नगर खेलकुद विकास समितिको आयोजनामा २०७९ सालवाट लिग अप नकआउट फर्म्याटमा वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरुवात गरिएको थियो ।