श्रम संस्कृति पार्टीमा चर्कियो अन्तरद्वन्द्व, समला राईको कडा टिप्पणी

  • वैशाख १३, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/धरान–४ को वडाध्यक्षमा अस्मिता राईलाई अघि सार्ने अभिव्यक्ति सार्वजनिक भएपछि ‘श्रम संस्कृति पार्टी’भित्रै मतभेद देखिन थालेको छ।

पार्टीसँग सम्बद्ध समला साम्पाङ राईले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पार्टी सञ्चालन शैलीप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।

उनले “श्रम संस्कृति पार्टी इमान्दार वा दुःखी–गरिबको मात्र प्रतिनिधित्व गर्ने दल हो भन्ने धारणा गलत सावित भइरहेको” उल्लेख गर्दै पद बाँडफाँटको शैलीमाथि प्रश्न उठाएकी हुन्।

उनको आरोप अनुसार सामाजिक सञ्जालमै व्यक्तिहरूलाई वडाध्यक्ष वा केन्द्रीय सदस्य घोषणा गर्ने प्रवृत्तिले पार्टीको विश्वसनीयतामाथि असर पारिरहेको छ।

साथै उनले लोकतान्त्रिक पद्धतिमा सबैले बोल्ने अधिकार पाउनुपर्नेमा जोड दिँदै सीमित व्यक्तिलाई मात्र प्राथमिकता दिइएको गुनासोसमेत गरेकी छन्।

यता अस्मिताले भने आफूले कुनै विवाद नचाहेको र सबैको सहयोगप्रति आभार व्यक्त गर्दै संयमित प्रतिक्रिया दिएकी छन्।

 स्थानीय तहको राजनीतिमा ‘श्रम संस्कृति पार्टी’भित्रको आन्तरिक अवस्था र नेतृत्व शैलीबारे नयाँ बहस सुरु गराएको छ।

श्राेत: समाजिक संजालबाट

 

 

 

 

भारतको प्याजमा निर्भ ...

धरान/ भारतमा प्याजको मूल्य बढ्नु र नेपालमा प्याज उ ...

बाढीपीडितको पीडामा प ...

काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधा ...

धरानमा १ हजार जनाको ...

धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस् ...

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved