धरानमा बस दुर्घटना: चालकको लापरवाहीले वृद्धको ज्यान गयो

  • वैशाख १५, २०८३
  • कोशीपत्र/संवाददाता
alt -फाइल तस्बिर

धरान/धरान–४ देवीथानस्थित कोशी लोकमार्गमा बस दुर्घटनामा एक वृद्धको ज्यान गएको छ।

धरानबाट धनकुटातर्फ जाँदै गरेको को१ख ६०९० नम्बरको बसबाट झर्ने क्रममा धरान–४ निवासी ७८ वर्षीय प्रेमबहादुर मगर बसको ठक्करबाट गम्भीर घाइते भएका थिए।

बस रोकेर ओर्लिएपछि बाहिरिने क्रममा अचानक बस अगाडि बढ्दा पछाडिको बायाँ भागमा ठोक्किएर उनी बेहोस बनेका थिए।

घाइते मगरलाई तत्कालै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको थियो। तर उपचारकै क्रममा सोमबार साँझ करिब साढे ४ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार बाहिरी चोटपटक खासै नदेखिए पनि आन्तरिक चोटका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।

बस चालक भोजपुर हतुवागढी गाउँपालिका–१ का ३७ वर्षीय गोविन्द बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईका अनुसार चालकको लापरवाहीका कारण दुर्घटना भएको प्रारम्भिक निष्कर्ष निकालिएको छ।

घटनापछि मृतकको शव अस्पतालमै राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved