धरान / धरानको एक सामुदायिक विद्यालय भौतिक सुविधासम्पन्न भएपनि विद्यालयको जग्गा संरक्षण हुन नसक्दा दाताकै भरमा चलाउनुपर्ने अवस्था छ ।४९ वर्ष अगाडि धरान १६ मा स्थापना भएको पञ्चायत आधारभूत विद्यालय (भकारी स्कुल) को जग्गा अथाहा छ तर संरक्षण गर्न नसक्दा जग्गा अधिग्रहण भएको छ । विद्यालयको सम्पत्ति धेरै भएपनि यो विद्यालय दाताको भरमा चलेको छ ।सरकारले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न धेरै योजनाहरु ल्यायो । विद्यालयको शैक्षिक स्तर उकास्न शिशुदेखि नै अंग्रेजी माध्यमबाट पठाई शुरु ग¥यो तर पनि यस्ता विद्यालको शैक्षिक गुणस्तर सुध्रिएको छैन । जसले गर्दा महंगो शुल्कमा अभिभावकहरुले आ
पार्किङको विषयमा विराटनगर महानगरपालिका र खुद्रा व्यापारीबीच द्वन्द्व चर्किएको छ । महानगरपालिकाले मुख्य सडकको पार्किङ हटाएपछि यसको विरोध गर्दै विराटनगरका साना तथा खुद्रा व्यापारीहरू आन्दोलनमा ओर्लिएका छन् । उनीहरू सोमबार पसल नै बन्द गरेर सडकमा ओर्लिए । उनीहरूको भनाइअनुसार उनीहरू पार्किङ निषेधको विरोधमा छैनन् । अल्पकालीन रूपले बनाइएका पार्किङमा पनि शुल्क लिइएकोमा भने उनीहरूको विरोध छ । यो विषयलाई महानगरपालिकाले गम्भीरतापूर्वक लिनुपर्छ । व्यापार–व्यवसायले नै अर्थतन्त्रलाई चलायमान बनाउँछ । त्यति मात्र होइन, व्यापार–व्यवसाय नागरिकहरूको जीविकोपार्जनसँग पनि जोडिएको हुन्छ । निजी क्ष
विजयपुर / कोभिड महामारीका कारण ३ वर्षदेखि स्थगित रहेको प्रदेश स्तरीय पुष्प व्यापार प्रदर्शनी मेला धरानमा आयोजना हुने भएको छ । प्रदेश १ सरकार र धरान उपमहानगरपालिकाको सहयोगमा आगामी माघ २५ गतेदेखि २९ गतेसम्म ५ दिने पाचौँ प्रदेश नं. १ स्तरीय पुष्प व्यापार प्रदर्शनी मेला हुन लागेको हो । फ्लोरिकल्चर एशोशियसन नेपालको आयोजनामा हुने पुष्प व्यापार प्रदर्शनी मेलामा १ वटा अफिसियल स्टलसँगै, प्रतिस्पर्धाका लागि १ स्टल र ४८ व्यावसायिक स्टल गरी ५० स्टल रहने संयोजक रामकुमार राईले जानकारी दिए । सोमबार धरानमा पत्रकार सम्मेलन गर्दै मेलामा मौसमी फूल, आलङ्कारिक बोटबिरुवा, सुनाखरीलगायत ५ सय प्रजातिका फूल रा
धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले उपमहानगरपालिकाको स्वीकृतिविना सडकमा निर्माण सामग्री राखे जरिवाना लिने निर्णय गरेको छ । यो स्वागतयोग्य निर्णय हो । निर्माण सामग्री जथाभावी राख्दा सडक अवरुद्ध भएर कतिपय स्थानमा आवागमनमै समस्या सिर्जना भएको देखिन्छ । यसले दुर्घटनाको जोखिम पनि बढेको छ । बजारभित्र तथा कालोपत्रे सडक भएका अन्य स्थानमा जथाभावी निर्माण सामग्री राख्दा दुर्घटनाको जोखिमसँगै सडक भत्किने तथा सर्वसाधारण र सवारी आवागमनमा समस्या हुने गरेका छन् । त्यसैले यो निर्णयलाई सकारात्मक रूपमा लिइनुपर्छ । वैकल्पिक स्थान हुँदाहुँदै पनि कतिपयले सडक नै छेकेर निर्माण सामग्री राख्ने गरेका छन् । आफ्नो म
धरान / धरानमा आइतबार सम्पन्न नगर सभामा आर्थिक वर्ष २०७९/ ८० को बजेट संशोधन पारित भएसँगै धरानको इतिहास बोकेको बुढासुब्बा गोल्डकप आयोजनाका लागि थप तीन लाख बजेट अनुदान थपिएको छ । आइतबार भएको उपमहानगरपालिकाको बाह्रौं नगरसभाले बुढासुब्बा गोल्डकप आयोजनाको लागि ३ लाख रुपैयाँ बजेट अनुदान थपिदिएको हो । बुढासुब्बाको लागि यो थप गरिएको बजेट सुवास राई स्मृति वडास्तरीय फुटबल लिग प्रतियोगिताको बजेट घटाएर थपिएको हो । बुढासुब्बालाई ३ लाख रुपैया थप भएसँगै कुल अनुदान रकम १२ लाख पुगेको छ । बुढासुब्बा गोल्ड फागुन २३ गतेबाट शुरु हुन लागेको बेला थप अनुदानले प्रतियोगिता गर्न सहज हुने आयोजक धरान फुटबल क्लबले जनाएको छ
धरान / सहिद दिवसका अवसर पारी सोमबार रोटरी क्लब अफ धरान रोट्र्याक्ट क्लब अफ धरान र धरान सिटी कलेजको संयुक्त आयोजनामा धरानमा रक्तदान कार्यक्रम आयोजना भएको छ । भानुचोकमा आयोजित रक्तदानमा ८० पिन्ट रगत सङ्कलन भएको संयोजक सल्मा जोशीले बताउनुभयो । समाजसेवी सरला कायस्थको प्रमुख आतिथ्य र रोटरी क्लब अफ धरानका अध्यक्ष राजेन्द्र गुरुङको सभापतित्वमा भएको थियो
धरान /धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आकस्मिक कक्षमा अत्यधिक चाप बढेकोले बिरामीको उपचारका असहजता भएको भन्दै एक जना बिरामीका लागि एक जना मात्र कुरुवा रहन पाउने व्यवस्था गरेको छ । प्रतिष्ठानले सूचना जारी गरेर एक जना बिरामी बराबर एक जना कुरुवाको नियम लागू गरेको हो । सूचनामा प्रतिष्ठानमा दैनिक २ सय भन्दा बढी बिरामी उपचारमा आउने आकस्मिक कक्षमा कुरुवाहरुको चापले अस्पताल आकस्मिक कक्ष अस्तव्यस्त हुँदा उपचारमा कठिनाई भएको भन्दै उपचारमा सहजता ल्याउन माघ १५ गतेदेखि लागू गरेको सूचनामा जनाएको छ । अस्पताल निर्देशक डा. जगत नारायणद्वारा हस्ताक्षरित सूचनामा प्रतिष्ठानको इमरजेन्सीमा विरा
धरान / नेकपा माओवादी केन्द्र सम्बद्ध प्रेस सेन्टर नेपालकोे १९ औँ स्थापना दिवसका अवसरमा धरान – १६ मा रहेको पञ्चायत आधारभूत विद्यालय (भकारी स्कुल) मा अध्ययनरत ५० विद्यार्थीहरुलाई स्टेशनरी वितरण गरिएको छ । आइतबार प्रेस सेन्टर नेपाल सुनसरीले स्थापना दिवसको अवसर पारेर विद्यालयमा अध्ययनरत ५० विद्यार्थीहरुलाई कपी,कलम र खाजा समेत वितरण गरिएको थियो । गत बर्ष स्थापना दिवसकै अवस पारेर प्रेस सेन्टर सुनसरीले पकलीमा रहेको वृद्धाश्रममा पुगेर त्यहाँका ज्येष्ठ नागरिकहरुलाई खिर खुवाएको थियो । धरान उपमहानगरपालिका जस्तो सुविधासम्पन्न उपमहानगरपालिकाभित्र रहेको यो आधारभूत विद्यालय भौतिक पूर्वाधार भएपनि यो
धरान / धनकुटाको निशानदेवी भगवती मन्दिर परिसरमा निर्माण भएको अठारौँ शताब्दीको प्रवेशद्वार, ढुंगेधारा र तोपको पुनर्निर्माण गरिएको छ ।अठारौँ शताब्दीको इतिहासलाई जीवित गर्ने लक्ष्यले प्रवेशद्वार, ढुंगेधारा र २ वटा तोप पुनर्निर्माण गरिएको जनाइएको छ । २ सय ४७ वर्षअघि स्थापित निशान भगवतीको मन्दिर परिसरको प्रवेशद्वार, ढुंगेधारा र तोप सरस्वती पूजाको अवसर पारेर पूर्वी पृतनापति उपरथी सहदेव खड्काले उद्घाटन गरेका छन् ।विशेषगरी मन्दिरमा निर्मित ३ वटा पुरानो शैलीका ढुङ्गेधारा मन्दिरको प्रवेशद्वारभन्दा भित्र रहेका छन् । मन्दिरमा रहेको जंगी निशान गण, श्रीजंग गण र इन्द्रध्वज गणको निशानको नाममा छुट्
धरान / धरानमाा जारी २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कपको उपाधी १७ नं. वडाले जितेको छ । फाइनलमा वडा नं. १५ लाई २–१ गोल अन्तरले पराजित गरेसँगै गोधुलीको उपाधी १७ नं. वडाले चार पटक जित्यो । उपाधीसँगै १७ नं. वडाले नगद रु १ लाख ५० हजार, ट्रफी, मेडल पुरस्कार प्राप्त गरेको छ । उपविजेता भएको १५ नं. वडाले नगद ७५ हजार, ट्रफी, मेडल पुरस्कार प्राप्त गरेको छ । विजेता तथा उपविजेता दुवै टिमलाई धरान वडा नं. १८ का वडाध्यक्ष प्रविणकुमार राई र उहाँको वुवा ध्यानबहादुर राईले नगद २५÷२५ हजार पुरस्कार थप प्रदान गर्नुभएको थियो ।विधागत पुरस्कारमा पनि १७ नं. वडाको वर्चस्व रह्यो । प्रतियोगिताको सर्वाेत्कृष्