माओबादी जनयुद्ध ताकाको जन श्रम अभियान धरानमा निरन्तर जारी

  • कार्तिक १३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नेकपा माओवादीले जनयद्धताको भुमिगतकालदेखि नै सुरुवात गरेको श्रम अभियानलाई धरानका विभिन्न वडाहरुमा निरन्तरता दिदैं आएको छ । 

जनयद्धको भुमिगतकालमा जनताको बाटो बनाउने देखि लिएर अत्याअवस्कीय जीवन उपयोगी कुराहरुको निम्ति श्रम अभियानलाई सन्चालन गरी आमुल परिवर्तनको लागि जनताको घरदैलो सम्म नै पुगेर उक्त श्रम अभियानको सुरुवात गरे अनुरुप नै अहिले पनि त्यही कुरालाई धरानमा निरन्तरता दिदैं आएको नेकपा माओबादी केन्द्रका धरान नगर इन्चार्ज चोत्लुंगले बताए ।

उनले भने,श्रम अभियानलाई अहिले पनि जनताको घरदैलोमा गएर निरन्तरता नै दिदै आइरहेका छौ,यो अभियान भनेको जनतासँग प्रत्यक्ष रुपमा जोडिएर जनताको आवस्यकता र भावनाको कदर गर्ने अभियान हो, त्यही अनुरुप पार्टीले हरेक वडामा जनताको आवस्यकता र समस्या अनि श्रम गरेर सुन्दर वस्ती र गाउ अनि नगर बनाउने अभियानमा नै छौ ।

सोही अनुरुपमा पार्टीले देशव्यापी रुपमा जनतासँग माओबादी विशेष रुपान्तरण अभियान पनि सन्चालन देशैभरी पार्टीले सन्चालन गरेको नेता चोत्लगको भनाई छ ।

सो अभियान पनि श्रम अभियानसँग जोडेर धरानका विभिन्न वडामा निरन्तरता रहेको बताइएको छ । यसै सन्दर्भमा माओवादी केन्द्र धरान उप-महानगरपालिका १९ नम्बर वडा कमिटीको अगुवाईमा जारी ६२ औ हप्ताको सरसफाई अभियान मङ्गलबार सम्पन्न गरेको छ ।

गत साल भदौबाट पार्टीको जनता सङ्ग माओवादी बिशेष रुपान्तरण अभियान कार्यक्रम अन्तर्गत ३ महिने अभियान सुरु भएता पनि १९ नम्बर वडा कमिटीले अझैसम्म अभियानलाई जारी राखेको १ नम्बर प्रदेस कमिटी सदस्य सन्तोष लिम्बुले बताए।

१९ नम्बर वडा कमिटीले सुरुवात देखि नै वडाका बिभिन्न स्थानमा प्रत्येक शनिबार निरन्तर रुपमा सरसफाइ गर्ने काम गर्दै आएको छ। आगामि सनिबार भने तिहार परेको हुनाले मङ्गलबार नै सरसफाइ अभियान गरिएको १९ नम्बर वडा कमिटीका अध्यक्ष सन्त तेम्बेले बताए।

पार्टीका नेता तथा कार्यकर्ताहरुले हात हातमा झाँडु, गैति, हसिया लिएर धनकुटे रोड अन्तर्गत किरात चोकदेखि यलुङ चोकसम्म बाटोको छेउचाउ र नाली सरसफाई गरे।

अभियानको सुरुवात देखि नै वडाबासिहरुले खाजा, पानी, सरसफाईको लागि गैति दिएर सहयोग गरेको अध्यक्ष तेम्बेले बताए। उनले भने ९८ प्रतिशत वडाबासिहरु हाम्रो कामप्रति सकारात्मक हुनुहुन्छ र सपोर्ट पनि गर्दै आउनु भएको छ।

अभियानको ६२ औ हप्तासम्म आईपुग्दा वडा भित्र धेरै कामहरु गर्न सफल भएको प्रदेस कमिटी सदस्य लिम्बुले बताए।

यसैवीच आउने मंशीर २१ र २२ गते नेकपा माओबादी केन्द्र धरान उपमहानगर कमिटीको नगर अधिवेशन पनि हुने भएपछि पार्टीले जनतासँगको कार्यक्रमलाई पनि तीब्र बनाएको छ ।

नगर अध्यक्ष मनोज भट्टराईका अनुसार वर्तमान कमिटीको कार्यकाल सकिएको र नगर अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने बताए।

प्रकृति र पुर्खापूजा ...

काठमाडौं/ किरात समुदायले प्रकृतिपूजक महान चाड उभौल ...

आज २५६९औँ बुद्धजयन्त ...

काठमाडौं/शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६९औँ जन ...

वराहक्षेत्रमा न्यायि ...

वराहक्षेत्र/सुनसरीका विभिन्न स्थानीय तहका न्यायिक समिति ...

लोकतन्त्रको सुन्दर फ ...

धरान ।नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved