धरानका प्रा.डा. विक्रम प्रसादलाई कोशी प्रहरीको सम्मान "साधना देवी उत्कृष्ट प्रहरी पुरस्कारको सम्झौता नविकरण, पुरस्कार वितरण"

  • कार्तिक १५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

बिराटनगर ।साधना देवी उत्कृष्ट प्रहरी पुरस्कारको सम्झौता नविकरण, पुरस्कार वितरण तथा पुरस्कार कोषका संस्थापक हाडजोर्नी विभाग, वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका प्राध्यापक डा. बिक्रम प्रसाद श्रेष्ठलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा आयोजित कार्यक्रमका विच सम्मान गरिएको छ ।

dr  bikream
कार्तिक १४ गते आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुवेर खापुङ र पुरस्कार कोषका संस्थापक प्राध्यापक डा. बिक्रम प्रसाद श्रेष्ठले नविकरण गरिएको सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको थियो । सम्झौता नविकरण पश्चात कार्यक्रमका प्रमुख अतिथि खापुङले पुरस्कार कोषका संस्थापक डा. श्रेष्ठलाई दोसल्ला ओढाई सम्मान–पत्रद्वारा सम्मान गर्नु भएको थियो ।
उक्त कार्यक्रममा कोषका संस्थापक श्रेष्ठले “साधना देवी उत्कृष्ट प्रहरी पुरस्कार” बाट पुरस्कृत हुने कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक गोपाल थापा मगरलाई चेक हस्तान्तरण समेत गर्नु भएको थियो ।
“साधना देवी उत्कृष्ट प्रहरी पुरस्कार” सुनसरीको धरान निवासी स्वर्गीय साधना देवी श्रेष्ठको नामबाट उनको छोरा डा. बिक्रम प्रसाद श्रेष्ठ र तत्कालिन पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगर विच २०७१ सालको प्रहरी दिवसबाट पुरस्कार प्रदान गर्ने र प्रत्येक ५÷५ बर्षमा दुबै पक्ष बीच पुनः सम्झौता नबिकरण गर्ने सहमति अनुसार “साधना देवी उत्कृष्ट प्रहरी पुरस्कार” को मिति २०८१ साल कार्तिक १४ गते सम्झौता नविकरण भएको हो ।
उक्त पुरस्कार कोशी प्रेश भरीका प्रहरी कर्मचारीहरुबाट आफ्नो कार्यक्षेत्रमा देखाएको बहादुरीता, जोखिमपूर्ण कार्यमा सफलता तथा अपराध अनुसन्धान क्षेत्रमा उत्कृष्ट कार्य गर्ने मध्येबाट छनौट गरी प्रदान गरिने गरेको छ ।
फोटो छ

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved