धरान । धरानमा नेपाल संवत् ११४५ को शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना सिद्धि नेवाः परिषद्ले गरेको छ ।
नेपाल संवत्लाई नेपाल सरकारले राष्ट्रिय संवत्को रुपमा मान्यता दिए पनि किन यो संवत् प्रचलनमा आउन सकेन भन्ने विषयमा विचार विमर्श गर्न सवैले आ आफ्नो क्षेत्रबाट प्रयोगमा ल्याउन आवश्यक रहेको प्रमुख अतिथि कोशी प्रदेश सभाका सदस्य माननीय विजय राईले बताए ।
सिद्धि नेवाः परिषद्को आयोजनामा बुधबार धरान ७ स्थित परिषद्को सभाहलमा सम्पन्न भएको थियो ।नेपाल संवत्का प्रणेता शंखधर शाख्वाको तस्विर तथा सिद्धि नेवाः परिषद्का जग्गा दाता दानविर सिद्धिमान् गंगालक्ष्मी पलिखेको प्रनितभामा माल्यापण गरेर कार्यक्रमको शुरुवात गरिएको थियो ।
प्रत्येक वर्ष नेपाल संवत्को नयाँ वर्षको शुभकामना आदन प्रदान कार्यक्रममा आयोजना गर्दै आएको जानकारी गराउदै नेपाल संवत्को विषयमा ऐतिहासिक जानकारी समेत निवर्तमान अध्यक्ष गोकुल प्रसाद श्रेष्ठले बोल्नु भएको थियो ।
मन्तव्यको क्रममा नेवाः देय् दवू प्रदेश अध्यक्ष इन्द्र बहादु श्रेष्ठले सरकारले गरेको निर्णयलाई सरकारी तवरबाटै व्यवहारमा उपयोग गर्न समेत पहल गर्नुपर्ने भएकाले उपस्तिथ प्रदेश सभाका सदस्य माननीयज्यूहरुलाई अनुरोध गरेका थिए ।
कार्यक्रममा विशेष अतिथि ईलाका प्रसाशन कार्यालय धरानका प्रमुख लक्ष्मी रेग्मीले नेपाल सम्वत् ११४५ को शुभकामना प्रकट गर्दै आफु हिजो मात्रै आएको र धरानको सर्वजनिक कार्यक्रममा सहभागीहुने अवशर पाएकोमा खुशी व्यक्त गरेका थिए ।
कार्यक्रमको विशेष अतिथिहरुमा प्रदेश सभा सदस्यहरु माननीय रमेश बस्नेत र यशोदा कायस्थ, नेवाः देय् दवूका केन्द्रिय सदस्य नरेश कुमार शाक्य, नगर अध्यक्ष मनोहर शाक्य, धरान २ नंं वडाध्यक्ष विद्या शाक्य, ईलाका प्रहरी
कार्यलय धरानका प्रमुख प्रकाश जवे्गु, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वीरेन्द्र सिंह थापा लगायत रहनु भएको थियो ।
नेपाल सम्बत् शंखधर शाख्वाले गरिवहरुको ऋण मोचन गरेको उपलक्ष्यमा तत्कालिन लिच्छिवी राजा राघवदेवले उक्त नेपाल संवत्को शुरुवात गरेका हो । यो संवत् नेपालमा ८८८ वर्ष सम्म प्रचलनमा रहेको थियो ।
देशको नामबाट चलेको विश्वकै एकमात्र संवत् हो । नेपाललाई संयूक्त राष्ट्रिय संघमा सदस्य बन्नका निम्ति नेपाल संवत् र नेपाल भाषाको रञ्जना लिपिलाई प्रस्तुत गरेको कुरा सिद्धि नेवाः परिषद्का अध्यक्ष राजविमल श्रेष्ठले वताए ।
नेपाल संवत्लाई हाल सम्मको अव ल्याउन नेवाः समुदायले अग्रणी भूमिका निर्वाह गर्दै आए पनि यो सम्बत् नेवारको मात्र सम्वत् नभएर नेपालीहरुको मौलिक सम्बत् भएको श्रेष्ठको भनाई थियो ।
नेपाल संवत्का प्रणेता शंखधर शाख्वालाई नेपाल सरकारले चौथो राष्ट्रिय विभूतिको रुपमा घोषणा गरेको छ । शंखधर शाख्वाको फोटो रहेको रु ५ को हुलाक टिकट पनि प्रशासन गरेको छ ।
नेपाल सम्वत्लाई सरकारले राष्ट्रिय सम्वत्को मान्यता प्रदान गरेको छ । साथै सरकारी कामकागमा समेत प्रयोग गर्ने गरेको छ । अव हामी जनसाधरणले यसलाई व्यवहारमा ल्याउन पहल गनुपर्ने कुरामा महासचिव मोहन श्रेष्ठले कार्यक्रम संचालनको क्रममा बताएका थिए ।
कार्यक्रम संयोजक सिद्धि नेवाः परिषद्का कार्य समिति सदस्य हरिकृष्ण श्रेष्ठले उपस्थित सवैमा धन्यवाद ज्ञानपन गर्नु भएको थियो । कार्यक्रममा विभिन्न खलः पुचका अध्यक्ष तथा विभन्न संघ संस्थाका प्रतिनिधिहरु तथा परिषद्का आजिवन सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।