धरान/ स्थानीय सरकारप्रमुखले प्रेस स्वतन्तताको हनन गरेको विषयमा चरणवद्ध आन्दोलनमा होमिएका सुनसरीका पत्रकारहरुले सोमबार धरानमा मौन र्याली प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघ सुनसरीको आयोजनामा सुनसरीका पत्रकारहरुले धरान उपमहानगरपालिकाका मेयर हर्क राज राईले आफ्नो विरुद्ध आएको समाचारको प्रसंगलाई लिएर आफ्नै फेसबुक फेच ‘हर्क साम्पाङ ए रेभुलेसन’ द्वारा सार्वजिनक रुपमा धाकधम्कीकै भाषामा अस्लिल शब्द लेखेपछि आन्दोलित पत्रकारहरुले मौन र्यालीको आयोजना गरेका हुन् ।कानुनी उपचारसँगै सुरक्षाको माग गर्दै आएका पत्रकारहरुले भने मौन र्याली निकालेका हुन् । मौन र्याली धरा
विकास चाम्लिङ राई, धरान । धरान ८ तिनकुने स्थित पुर्वाञ्चल इन्जिनियर क्याम्पसका एशोसिएसन अफ कम्प्युटर इन्जिनियर स्टुडेन्ट (एसेस) र स्वतन्त्र विद्यार्थी युनियनको संयुक्त आयोजनामा सातौ एसेस टेक फेस्ट हुने भएको छ । पुर्वाञ्चल इन्जिनियर कलेजको खेल मैदानमा मंसिर २६ गते देखि २९ गते सम्म हुने फेस्टमा देशभर वाट सहभागि हुन आउने आयोजकले जनाएको छ । धरान, इटहरी, मोरङ, झापा, पोखरा, काठमाण्डौ, वुटवल लगायतवाट ५ हजार भन्दा वढि विद्यार्थीहरु फेस्टमा प्रतिश्पर्धा गर्न तथा अवलोका लागि सहभागि हुने आयोजक एसेसका अध्यक्ष दिनेश नेपालले जानकारी गराए । आइटि शिक्षाको पर्वद्धन, महत्व, अवसर र आइटिका विद्यार्थीहरुको क्षमत
पृष्ठभूमिप्रत्येक वर्ष १० डिसेम्बरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइन्छ । सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणापत्र पारित गरेको ऐतिहासिक दिनको सम्झनास्वरुप यो दिवस मनाउने गरिएको हो । विश्वमा मानव अधिकार घोषणापत्र सबैभन्दा बढी भाषामा अनुवादित तथा प्रकाशित भएको घोषणा पत्र हो । पछिल्लो तथ्यांकअनुसार यो घोषणा पत्र ५ सयभन्दा बढी भाषामा अनुवादित भएको छ । मानव अधिकारको विश्वव्यापी घोषणापत्र ७६ वर्ष पुग्यो१० डिसेम्बर २०२४ मा विश्वको सबैभन्दा महत्वपूर्ण बिश्वव्यापी घोषणहरु मध्ये एक मानिने मानव अधिकारको विश्वव्यापी घोषणा को ७६ औं वार्षिकोत्सव मनाइदैछ। यो ऐतिहासिक दस्त
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगरपालिका वडा न ४ र ५ अन्तर्गतको जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरणको सोमबार शुभारम्भ गरेका छन् । साबिक महारानीझोडा गाविसमा चार हजारघरघुरीका करिब आठ हजार कित्ताको नापी प्रमाणित नभएका कारण स्थानीयबासीले लामो समयदेखि समस्या भोग्दै आएकोमा सरकारले गठन आदेशबाट समिति बनाइ समाधानको पहल गरेपछि प्रमाणपूर्जा वितरण सुरु हुन सकेको हो । प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि अवस्थामा परिवर्तन भएन भन्नेहरुका लागि जवाफ मिल्ने गरी अहिलेको संयुक्त सरकारले काम गरिरहेको बताउँदै जनताको हरेक समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । मुलुकमा अस्थिरत
धरान/ पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वको लागि राजनीतिक दलमा आवद्ध पत्रकार संवन्धी विभिन्न संघ संगठनले धमाधम उम्मेद्धवारी घोषणा गर्न थालेका छन । आगामी मंसिर २८ गते हुने निर्वाचनका लागि ६ पत्रकार संगठन र स्वतन्त्र पत्रकारहरुद्वारा समर्थित पत्रकारहरुको साझा प्यानल घोषणा भएको छ । माओवादी निकट प्रेस सेन्टर, एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनसहित ६ संगठनले नेपाल प्रेस युनियनका बागी उम्मेदवार रमेश विष्टको नेतृत्वमा साझा प्यानल घोषणा गरेका हुन् । नेपाल पत्रकार महासंघलाई पत्रकारहरुको मात्रै साझा संस्था बनाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, श्रमजी
काठमाण्डौ – मौसमविदहरुले पूर्वानुमान गरेअनुसार गएरातिदेखि देशका केही ठाउँमा हल्का वर्षा र हिमपात भइरहेको छ । हुम्लाको सदमुकाम सिमिकोट आसपासमा गएरातिदेखि नै हिमपात भइरहेको हुम्लाज नाइएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरु प्रदेशका पहाडी भेगका एक दुई ठाउँमा पनि हल्का पानी परेको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै हुम्लाको सिमिकोटमा ६ दशमलव १ र बाजुरामा २ दशमलव ६ मिलिमिटर पानी परेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै ठाउँहरुमा तथा अरु प्रदेश
भ्रष्टाचार लाई नाई भनौं, हरेक नाई को मुल्य हुन्छ ।हरेक वर्षको डिसेम्बर ९ मा संसारभरि भ्रष्टाचार विरुद्धको आवाजलाई वुलन्द पार्न भ्रष्टाचार विरुद्धको दिवस मनाईने गरिन्छ । सन् २००३ मा संयूक्त राष्ट्रसंघको महासभाले आजको दिनलाई भ्रष्टाचार विरुद्धको दिवसका रुपमा मान्यता दिएको हो । सन् २०२४ को नाराःभ्लनबनभ ष्ल त्चबलकउबचभलअथस् अर्थात पारदर्शिताका क्रियाकलापहरुमा संलग्न हौं भन्ने अर्थ लाग्दछ । सरकार र व्यापार अभ्यासहरूमा पारदर्शिता र जवाफदेहिताको लागि वकालत गर्नु भन्ने आव्हानका साथ बिश्वभरि सन् २०२४ को भ्रष्टाचार बिरुद्धको दिवसको शंखनाद गरिदैछ । आजको दिन संसारभरि भ्रष्टाचार प्रतिको चेतनामा वृद्धी गरा
झापा । झापाको दमकमा भ्यू टावरको आइतबार उद्घाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको डिम प्रोजेक्टको रुपमा रहेको उक्त टावर ओलीकै प्रमुख आतिथ्यतामा उद्घाटन भएको हो । दमक नगरपालिका–३ दापगाछी स्थित दमक व्यापारिक कम्प्लेक्सको उद्घाटनसँगै सन्चालनमा आएको छ । मुख्य बजार क्षेत्रबाट चार किमी दूरीमा पर्ने सो १८ तले कम्प्लेक्स एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा निर्माण भएको हो । कूल चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको सो कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा छ । भव्य जनसहभागितामा भएको उद्घाटन कार्यक्रममा प्रथम महिला राधिका शाक्य, उपप्रधानम
तेह्रथुम/ तेह्रथुम र धनकुटाको सीमा क्षेत्रमा अवस्थित पर्यटकीयस्थल पटेकडाँडा आन्तरिक पर्यटकका निम्ति आकर्षक गन्तव्यका रूपमा विकास भइरहेको छ । समुद्री सतहबाट दुई हजार सात सय दुई मिटर उचाइमा रहेको पटेकडाँडाबाट मौसम खुलेको समयमा मकालु, कुम्भकर्ण सहितका सुन्दर हिमशृङ्खलासँगै तेह्रथुम र धनकुटालगायत छिमेकी जिल्लाका विभिन्न स्थानको अवलोकन गर्न सकिन्छ । पटेकडाँडा सूर्योदय र सूर्यास्तको दृष्यावलोकनका लागि प्रख्यात छ । सरकारले सय गन्तव्य सूचीमा राखेको पटेकडाँडा कोशी राजमार्गअन्तर्गत धनकुटाको छथरजोरपाटी गाउँपालिकास्थित सिधुवा बजारबाट ४५ मिनेट उकालो चढेपछि पुगिन्छ । स्थानीय सरकारको पहल एवं सङ्घीय र
रविसप्तमी व्रतजपाकुसुमसङ्काशं काश्यपेयं महाद्युतिम्।तमोऽरिं सर्वपापघ्नं प्रणतोऽस्मि दिवाकरम्॥ घंटी फूल जस्तै रातो, कश्यपको पुत्र, अन्धकार र पापको विनाशकर्ता, र दिव्य ज्योति दिने तेजस्वी सूर्य भगवानलाई म प्रणाम गर्दछु। के यहाँहरूलाई थाहा छ ?हप्ताका हरेक बारहरूले सौर्य मण्डलका कुनै न कुनै ग्रहको प्रतिनिधित्व गर्छन् । आइतबार अर्थात् सूर्यको बार, सूर्यलाई रवि पनि भनिन्छ । यसर्थमा रवि बार परेको सप्तमीलाई रवि सप्तमी भनिन्छ । यो दिन व्रत बस्ने र उपासना गर्ने चलन हुन्छ । रवि बारको सप्तमीलाई दुर्लभ मानिन्छ । यस्तो संयोग परेको दिन भगवान् सूर्य नारायणको पूजा, अर्चना व्रत आदि गरिन्छ । नवग्रह तथा देवत