आज देशमा हल्का वर्षा र हिमपातको अनुमान कोशी हिमाली भेगका एक दुई ठाउँमा हल्का हिमपात

  • मंसिर २४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

काठमाण्डौ – मौसमविदहरुले पूर्वानुमान गरेअनुसार गएरातिदेखि देशका केही ठाउँमा हल्का वर्षा र हिमपात भइरहेको छ ।

हुम्लाको सदमुकाम सिमिकोट आसपासमा गएरातिदेखि नै हिमपात भइरहेको हुम्लाज नाइएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरु प्रदेशका पहाडी भेगका एक दुई ठाउँमा पनि हल्का पानी परेको छ ।

पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै हुम्लाको सिमिकोटमा ६ दशमलव १ र बाजुरामा २ दशमलव ६ मिलिमिटर पानी परेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै ठाउँहरुमा तथा अरु प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँहरुमा हिमपात भएको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँहरुमा हल्कादेखि मध्यम तथा गण्डकी प्रदेश र बाग्मती प्रदेशका थोरै ठाउँहरु तथा कोशी प्रदेशको पहाडी भेगका एक, दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका धेरै ठाउँहरुमा तथा गण्डकी प्रदेश, बाग्मती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँहरुमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको छ ।

राति कर्णाली प्रदेश लगायत पहाडी भेगका थोरै ठाउँहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली

भेगका केही ठाउँहरुमा तथा बाग्मती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक दुई ठाउँमा हल्का हिमपात हुने सम्भावना रहेको छ ।

भोलि कोशी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी ठाउँमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

वराहक्षेत्र नगरपालिक ...

चतरा/वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाले नगर भित्र ...

चुनु हत्या प्रकरण,मु ...

धरान । सुनसरीको धरान ६ पानबारीको वन परिसरमा भएको चुनु क ...

धरान फाइटनाइटमा १६ ब ...

धरान । बैशाख १२ गते धरानमा हुन लागिरहेको धरान फाइटनाइत ...

२४ केजी गाँजासहित एक ...

सुनसरी/  सुनसरीको हुलाकी राजमार्ग खण्डमा लागू ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved