प्रधानमन्त्रीद्धारा दमक भ्यू टावर उदघाट्न,कालो झण्डा प्रर्दशन

  • मंसिर २३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

झापा । झापाको दमकमा भ्यू टावरको आइतबार उद्घाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको डिम प्रोजेक्टको रुपमा रहेको उक्त टावर ओलीकै प्रमुख आतिथ्यतामा उद्घाटन भएको हो ।

दमक नगरपालिका–३ दापगाछी स्थित दमक व्यापारिक कम्प्लेक्सको उद्घाटनसँगै सन्चालनमा आएको छ । मुख्य बजार क्षेत्रबाट चार किमी दूरीमा पर्ने सो १८ तले कम्प्लेक्स एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा निर्माण भएको हो ।

कूल चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको सो कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा छ । भव्य जनसहभागितामा भएको उद्घाटन कार्यक्रममा प्रथम महिला राधिका शाक्य, उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायत सहभागी थिए ।

यसैबीच प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापाको दमकमा पहिचानवादीहरूले प्रदर्शन गरेका छन्। प्रधानमन्त्री ओली पुग्ना साथ पहिचानवादीहरुले प्रदर्शन गरेका हुन्। तत्कालीन प्रदेश १ ले कोशी नाम पाएसँगै पहिचानको आधारमा नामांकन हुनुपर्ने माग राख्दै पहिचान पक्षधर आन्दोलनरत छन्।विरोध प्रदर्शनका क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले केदार धिमाल, मातृका धिमाल, एल बि पालुङ्वा, सोम चेम्जोङ फोराहाङ , तीर्थ खड्का र विवेक सुनुवारलाई नियन्त्रणमा लिएको छ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता– समर्थकले मेचीनगरमा प्रधानमन्त्री ओलीलाई कालो झन्डा देखाएका थिए।प्रधानमन्त्री ओली दमक नगरपालिका– ३ दापगाँछीमा बनेको १८ तले भ्यु टावरको उद्घाटनका लागि आइतबार झापा आएका हुन्।

वराहक्षेत्रमा डेङगु ...

वराहक्षेत्र /वराहक्षेत्र नगरपालिकाले डेङ्गु सार्ने लामख ...

मलद्वारमा ब्राउन सुग ...

इनरुवा/सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकस्थित क्ष ...

पूर्वको मन्दिरमा दर् ...

धरान/ कोशी प्रदेशले २०८२ लाई पर्यटन बर्षको रुपमा म ...

सुनाखरी उत्कृष्ट शैक ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १२ मा अवस्थित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved