स्थानीय

    Showing 221-230 of 5,038 items.
  • वराहक्षेत्र मेयर लिग कप: साविक विजेता वडा नं. २ फाइनलमा प्रवेश

    वराहक्षेत्र/वराहक्षेत्र नगरपालिकामा जारी चौथो संस्करणको वडा स्तरीय “वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता” अन्तर्गत वडा नं. २ फाइनलमा प्रवेश गरेको छ। देविघाटस्थित बसन्तऋतु माध्यमिक विद्यालयको खेल मैदानमा मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा साविक उप विजेता वडा नं. ५ लाई टाइब्रेकरमा ६ - ५ गोल अन्तरले पराजित गर्दै गत संस्करणको विजेता वडा नं. २ ले उपाधि नजिक पुगेको हो। खेलको निर्धारित र थप अतिरिक्त समयमा दुवै टिमले गोल रहित वरावरी खेले पछि खेलको नतिजा टाइब्रेकरवाट लिईएको हो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं. २ का रोहन राई ‘म्यान अफ द म्याच’ घोषित भए

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • 212 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको बीपीमा चमत्कार : १८ किलो ट्युमर निकाल्दै बिरामीलाई नयाँ जीवन

    धरान/  चिकित्सकलाई भगवानको रूप किन भनिन्छ भन्ने उदाहरण फेरि एकपटक धरानमा देखिएको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मा गरिएको दुर्लभ र जटिल शल्यक्रियाले एक बिरामीलाई नयाँ जीवन दिएको छ। वरिष्ठ सर्जन डा. रिकेशजंग कार्की को नेतृत्वमा रहेको चिकित्सक टोलीले इटहरी–५ का मनोज श्रेष्ठको पेटभित्र रहेको १८ किलोग्रामको विशाल ट्युमर सफलतापूर्वक निकाल्न सफल भएको हो। अत्यन्त जोखिमपूर्ण मानिएको उक्त शल्यक्रिया लामो समयसम्म सञ्चालन गरिएको थियो। चिकित्सकहरूका अनुसार ट्युमरले पेटभित्रका महत्वपूर्ण अंगहरूमा गम्भीर दबाब सिर्जना गरेको थियो, जसका कारण शल्यक्रिया निकै चुनौतीपूर्ण बनेको थ

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • 293 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान नृत्यकला प्रतिष्ठानमा नयाँ कार्यसमिति सर्वसम्मत चयन

    धरान/  नृत्यकर्मीहरूको हक, हित तथा कला प्रवर्द्धनका लागि क्रियाशील संस्था धरान नृत्यकला प्रतिष्ठान को हालै सम्पन्न अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। नवगठित कार्यसमितिको अध्यक्षमा नन्दा राई चयन भएकी छिन्। त्यसैगरी उपाध्यक्षमा देवराज खड्का र पनिता तामाङ, सचिवमा सन्तोष तामाङ तथा सह–सचिवमा प्रविन भुजेल र सागर राई चयन भएका छ। कोषाध्यक्षमा सुरेश राई चयन हुनुभएको छ भने सदस्यहरूमा पवन तामाङ, सन्देश तिमल्सिना, एलिसा ल्वागुन, आइश्वर लिम्बू, रुविन परियार, रेशु धमला, इचिङ्सा लिम्बू, सविता शेर्पा, हर्क तामाङ र तृष्णा राई चयन भएका छन्। अधिवेशन अन्तर्गत सम्पन्न कार्यक्रमको

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • 312 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा चौथो संस्करणको वडा स्तरीय मेयर लिग कप : वडा नं. २ विजयी

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा जारी चौथो संस्करणको वडा स्तरीय “वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता” अन्तर्गत आईतबार सम्पन्न खेलमा वडा नं. २ विजयी भएको छ। देविघाटस्थित वसन्तऋतु माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न खेलमा वडा नं. २ ले वडा नं. ९ लाई शुन्यका विरुद्ध दुई गोलको अन्तरले पराजित गरेको हो। लिग चरणका दुई वटै खेलमा लगातार जित दर्ता संगै गत संस्करणको बिजेता वडा नं.२ ले ६ अंक जोड्दै समूह बिजेता हुँदै प्रतियोगिताको उत्कृष्ट ४ मा स्थान सुरक्षित गरेको छ । १ खेलमा जित र १ खेलमा पराजित बनेको वडा नं ९ पनि प्रतियोगितामा ३ अंक जोड्दै समूह उपबिजेताको रुपमा उत्क

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 302 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ७ वर्षदेखि अलपत्र पुल , श्रमदानबाट उठ्दै, सरकार मौन: 'माग्दा पनि पाएनौँ सहयोग'

    धरान/  धरान उपमहानगरपालिका–४ स्थित सेउती खोलाको जुवाने दोभानमा वर्षौँदेखि अलपत्र परेको पुल अहिले स्थानीयवासीकै सक्रियता र श्रमदानबाट पुनः निर्माण भइरहेको छ। २०७४ सालमा सुरु भएको पुल तत्कालीन मेयर तारा सुब्बा को असामयिक निधनपछि अधुरै रहँदै आएको थियो। त्यसयता सम्बन्धित निकायको ध्यान नपुगेपछि स्थानीयले आफैं जुटेर निर्माण कार्य अघि बढाएका हुन्। पुल अभावमा  दानाबारी, कालिमाटी, नहरे, जुवाने, हर्दिया लगायतका बस्तीका बासिन्दाले वर्षौंदेखि सास्ती खेप्दै आएका थिए। विशेषगरी वर्षायाममा सेउती खोलाको बहाव बढ्दा विद्यार्थी, वृद्धवृद्धा र सर्वसाधारणले ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 453 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसईई आइडल २०२६: फाइनलमा को–को पुगे? हेर्नुहोस्

    धरान/ धरानमा ‘शिक्षाका लागि संगीत’ भन्ने मूल नारासहित आयोजना हुँदै आएको कोशी प्रदेशकै चर्चित प्रतियोगिता वाई वाई एसईई आइडल २०२६ अहिले उत्कर्षतर्फ अघि बढिरहेको छ। फक्ताङलुङ मिडिया हाउस प्रा.लि. द्वारा आयोजना र FTL Online TV को प्रस्तुतीमा भइरहेको प्रतियोगिताको छैटौं संस्करण यस वर्ष अझ भव्य बनेको आयोजकले जनाएको छ। प्रतियोगितामा काेशी प्रदेशका १४ जिल्लाबाट १६ सयभन्दा बढी विद्यार्थीहरूले सहभागिता जनाएका थिए। फिजिकल र डिजिटल दुवै माध्यमबाट गरिएको अडिसनपछि उत्कृष्ट प्रतिभाहरू छनोट हुँदै आज (शनिबार) सेमीफाइनल चरण सम्पन्न भएको छ। सेमीफाइनल धरानमा आयोजना गरिएको थियो, जहाँ गायन, नृत

    • प्रकाशित मितिः वैशाख १९, २०८३
    • 266 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जिफन्टले मनायो १३८औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

    काठमाडौँ/ १३८औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले काठमाडौँको भृकृटीमण्डपमा र्यालीको आयोजना गरेको छ। ‘कामको अधिकार, श्रमको सम्मान, सीपको अभिवृद्धिः प्रविधिमैत्री प्रगति–श्रमिकसँग समृद्धि’ भन्ने मूल नारासहित महासङ्घले मुलुकभर र प्रवासमा दिवस मनाएको हो । महासङ्घका अध्यक्ष विनोद श्रेष्ठले श्रमिकको सम्मान, सीप विकास र उत्पादनशीलताका लागि आन्दोलनलाई रुपान्तरित गर्नुपरेको बताए। उनले आजका श्रमिक भोलिका परिवर्तनका संवाहक भएकाले उनीहरूले राष्ट्रिय समृद्धिको नेतृत्व गर्नुपर्नेमा जोड दिए। यसैबिच दि

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • 226 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रकृतिको पूजा गर्दै उभौली सुरु

    धरान/  प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमासँगै किराँत राई समुदायले मनाउने उभौली चाड देशभर भूमेस्थानमा पूजा आराधना गरी सुरु भएको छ । उभौली चाड प्रकृतिपूजक वा अर्को शब्दमा धर्तीपूजकहरू अर्थात् नेपालका किराँत समुदाय भित्रका विभिन्न जातिहरुले मनाउने प्रसिद्ध चाड हो जसलाई “साकेला चाड” पनि भनिन्छ । विशेष गरी बाली लगाउनु अघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ । मङ्सिर महिनामा उधौली एक दिन मनाइन्छ भने बैशाख पुर्णिमाका दिनदेखि सुरु भएको उभौली एक महिनासम्म मनाइन्छ । उभौली सूरु भएसंगै अहिले हरेक साकेला थानहरुमा विभिन्न लयका ग

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • 262 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग वैशाख २५ देखि

    धरान/ धरान अब साहसिक खेल पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य बन्ने दिशामा अघि बढेको छ। पूर्वमै पहिलो पटक व्यावसायिक रूपमा आयोजना हुन लागेको ‘नेपाल प्याराग्लाइडिङ प्रिमियर लिग’ अन्तर्गत खुला लक्ष्य नजिक अवतरण प्रतियोगिता वैशाख २५ देखि २८ गतेसम्म धरानमा सञ्चालन हुने भएको छ। नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघको आयोजनामा हुने यस प्रतियोगितामा नेपालसहित भारत, चीन, मलेसिया, श्रीलंका, जर्मनी, इटाली लगायत १२ देखि १५ देशका पाइलटहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकका अनुसार यो प्रतियोगिता केवल खेलकुदमा सीमित नभई नेपालको साहसिक पर्यटन, खेलकुद विकास र अन्तर्राष्ट्रिय पहिचान

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • 458 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा दुईदिने शिक्षक सशक्तिकरण तथा व्यवस्थापन कार्यशाला

    धरान/  धरानमा शिक्षक सशक्तीकरण तथा विद्यालय व्यवस्थापनसम्बन्धी दुईदिने कार्यशाला आज सुरु भएको छ । कार्यशालाको पहिलो दिन ‘शिक्षक सशक्तीकरण’ मा केन्द्रित रहेको छ । उद्घाटन सत्रमा आइडियल इङ्लिस बोर्डिङ स्कुलका निर्देशक सागर खड्काले कार्यक्रमको उद्देश्य र महत्त्वबारे स्पष्ट पार्दै शिक्षा क्षेत्रमा नयाँ सोच, नयाँ अभ्यास र आधुनिक शिक्षण पद्धति अपनाउन यस्ता कार्यक्रम आवश्यक रहेको धारणा राखे । उनले पहिलो दिन शुक्रबार शिक्षक सशक्तीकरण र दोस्रो दिन शनिबार विद्यालय व्यवस्थापनसम्बन्धी तालिम रहने जानकारी दिँदै शिक्षा प्रणालीलाई समयअनुसार सुधार र परिमार्जन गर्दै गुणस्तरीय बनाउने लक्ष

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • 508 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved