धरान / श्रमदान अभियान शुरु गरेको ९८ औं दिनमा कोकाहाको पानी धरान आइपुगेको छ । करिब ४२ किलोमिटर दुरीबाट कोकाहा खोलाको पानी हिजो मध्यराती धरान २० स्थित पकुवा खोलामा खसालेर वास आउट गरिएको हो। पाइपलाइन बराहक्षेत्रको भुभाग हुदै करिब ४२ किलोमिटर विछ्याइएको छ। गएराती पानी खसेको पकुवा खोलासम्म ३५ किलोमिटर दुरी रहेको धरान खानेपानी व्यवस्थापन बोर्डका सबइञ्जिनियर सुसन थापाले जानकारी दिए। पाइपलाइन विस्तार भइसकेकोले वास आउट गरिसकेपछि पानी ट्यांकमा पुर्याइने थापाले बताए। कोकाहाको पानी पकुवा खोलासम्म ल्याउन मेयर हर्क साम्पाङले आफै दुई दिनदेखि निरन्तर फिल्डमै खटिएका थिए। उनले पानी नल्याएसम्म घर
सुनसरी/ नेपाल सुनचाँदी कला ब्यबसायी संघ सुनसरीले नयाँ कार्यसमिति लाई बधाई तथा शुभकामना साथै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सोमबार सुनसरी जिल्ला अध्यक्ष प्रदिप गहतराजको संयोजनमा भएको कार्यक्रममा सुनचाँदी व्यवसायी र कालिगडहरु बिछ अन्तरक्रिया कार्यक्रम गरिएको थियो । पछिल्लो समय व्यवसायीहरुलाई राज्यले गरेको व्यबहारका कारण निकै समस्या भोगिरहेको हुदा यस्ता समस्या बाट सुनचाँदी व्यवसायहरु कसरी उस्किन सकिन्छ भने विषयमा अन्तरक्रिया गरिएको हो । कार्यक्रममा सुनसरी अध्यक्ष गहतराजले सुनचाँदी व्यवसायीलाई भन्सारको १५ प्रतिशत बढदो करको बृद्धिदरले निकै मारमा पारेको बताए । उनले भने ञ२ लाख कालिग
सुनसरी /भारतबाट आलु र प्याजको आयात ठप्प भए पछि अहिले बजारमा मूल्य दोब्बरले बढेको छ । सरकारले कृषिजन्य उपज तथा आलु, प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने घोषणा गरेसँगै प्याजको मूल्य अस्वभाविक महंगो भएको हो । सरकारको घोषणासँगै भारतबाट आलु र प्याजको आयात ठप्पप्राय बनेको छ । हाल उपभोक्ता बजारमा प्याजको मूल्य तरकारी बजारमै प्रतिकिलो १०० रुपैयाँमा खरिद बिक्री भईरहेको छ । जब कि गत शुक्रबारसम्म प्याजको मूल्य प्रतिकिलो ४५ रुपैयाँ रहेको थियो । तर, तरकारी बजारभन्दा बाहिर भने हाल प्याजको भाउ प्रतिकिलो १ सय २० रुपैयाँ पुगेको छ । सरकारले
धरान । बजाजले नयाँ वर्षको अवसरमा ल्याएको उपहार योजना अन्तरगतको लक्की ड्र मा भोजपुरका तिर्थ बहादुर तामाङले १ केजि चादी हात पारेका छन् । बजाजले देशै भरी नयाँ वर्ष २०८० को अवसरमा फागुन १४ गते देखि जेठ १६ गते सम्म अफर लागू गरेको थियो । अफरमा बजाजको मोटरसाइकल खरिद गर्दा १० हजार देखि १ लाख रुपैया सम्म क्यास ब्याक योजना थियो भने प्रत्येक हफ्ता लक्की ड्र बाट १ केजि चादी पुरस्कार घोषणा गरेको थियो । अफर अन्तर्गत तामाङ्ले तेर्हौ विनरको रुपमा १ केजि चादी हात पारेका हुन् । बजाजको धरान स्थित आधिकारिक बिक्रेता अर्बिन एन्ड ब्रोदर्श अटोबाट गत चैत्र २८ मा १ सय ५० सिसिको पल्सर किनेका थिए ।
धरान / बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानलाइ नेपाल सरकारबाट स्वास्थ्य सम्बन्धी एउटै छाता ऐन बनाएर अस्पतालको रुपमा सिमित गर्न खोजेको भन्दै धरानका विभिन्न राजनितिक दलहरुले असहमती जनाउदै बिज्ञप्ति जारी गरेका छन । प्रतिष्ठानलाई विश्व विद्यालय बनाई अझ शिक्षा र स्वास्थ्य क्षेत्रको नमुनाको रुपमा विकास गर्दै लैजानुको साटो अस्पतालको रुपमा मात्रै सिमित गर्ने षडयन्त्र भईरहेको महसुस भई त्यस प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । बिज्ञप्तिमा उक्त कदमप्रति गम्भिर असहमती जायर गर्दै खेद व्यक्त गरेको छ । नेपाल सरकारबाट स्वास्थ्य सम्बन्धि एउटै छाता ऐन बनाई उपत्यका बाहिरका प्रतिष्ठानहरुलाई
धरान / मारवाडी समुदाय पछिल्लो समय सामाजिक कार्यमा सक्रिय भएका छन् । मारबाडी समुदायरुले मारवाडी सवा समिति गठन गरेका छन् । उनीहरुले सबैलाई सक्रिय बनाउने उद्देश्यले मारवाडी युवा मञ्च समेत गठन गरिसकेका छन् । यसैक्रममा मारबावडी युवा मञ्चले धरानको एक विद्यालयलाई पंखा प्रदान गरेको छ र भने विद्यालयमा दन्त शिविरको आयोजना गरेको छ । उनीहरुले अत्याधिक गर्मीका कारण विद्यार्थीहरुलाई परेको समस्याको मध्यनजर गरी धरान १७ स्थित पञ्चकन्या माध्यामिक विद्यालयलाई १७ थान पंखा प्रदान गरेका छन् भने धरान डेन्टल अस्पतालको प्राविधिक सहयोगमा विद्यार्थीहरुको दन्त परिक्षण समेत गरिदिएका छन् । बाल बालिकामा
धरान / धरानमा भएको राष्ट्रिय स्तरको कुराश प्रतियोगिता आयोजना भएका छ । दोस्रा्रे संस्करको प्रतियोगिता भएपनि धेरैलाई यो खेलको बारेमा थाहा छैन । ०७३ सालमा पहिलो पटक काठमाण्डौमा भएको राष्ट्रिय स्तरको प्रतियोगिता दोस्रो संस्कारण धरान १३ अमरहाटको कभर्ड हालमा शनिवबारबाट शुरु भएको हो । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ । यो खेल उज्वेकिस्तानबाट शुरु भएको मानिन्छ । नेपालमा भने यो खेललाई नौलो नै मानिएको छ । यस खेलको विकासका लागि नेपाल कुराँस संघ समेत गठन गरिएको छ र यस खेललाई राष्ट्रिय खेलकुद परिषदले सहयोग पु¥याउदै आएको छ । पोखरामा गर्ने तय भएको दोस्रो कुराँस प्रतियोगिता पूर्वाञ्चलमा समेत
धरान / लामो समयदेखिको परेको खडेरीका कारण धरानमा खानेपानी अभाव दिनदिनै बढ्दै गएको छ । गर्मीसँगै खानेपानीको समस्याका कारण धराने जनता दोहोरो मारमा परेका छन् । धारामा खानेपानी नआएपछि अहिले धरानका सर्वसाधारण धरान १४ मा रहेको दुईधारे र तीन धारेबाट पानी बोकेर पिउन र प्रयोग गर्न बाध्य छन् । यी धाराहरुले धरानका सर्वसाधारणको पानीको प्यास मेट्ने काम हदसम्म पूरा भएको छ । अत्याधिक गर्मीका कारण समय समयमा बत्ती जाँदा धरानेहरुले भोगनुपरेको समस्यासँगै खानेपानीको समस्याले धरानेहरु दोहोरो मारमा परेका हुन् । खानेपानीको अभावकै कारण अहिले धरान १४ मा रहेको दुई धारे र तीनधारेमा भीड बढेको छ । लुगा धुने, नुहाउने र घर
धरान / धरान उपमहानगरपालिकाको शिक्षा महाशाखाको प्रधानाध्यापकहरु सङको मासिक नियमित बैठकमा सामुदायिक बिद्यालयहरु असार ९ गते सम्म बिदा दिने निर्णय गरेको महाशाखा प्रमुख गणेश प्रशाद खतिवडाले बताए । उनका अनुसार बर्खे बिदाबाट मिलान हुने गरि गर्मी बिदा दिएको हो । अत्याधिक गर्मी बढेकै कारण धरानमा असार ९ गते सम्मका लागि सामुदायिक बिद्यालयहरुले बिदा दिने निर्णय गरेका छन । संस्थागत बिद्यालयको हकमा प्याब्सन र एन प्याब्सनका अध्यक्षहरु सङ छलफल भैरहेको उनले बताए । उनले भने, प्याब्सन र एन प्याब्सनका अध्यक्षहरु लाई छलफल गर्न भनेका छौ, उहाँहरुको सुझाब आए पछि निर्णय गर्छौ, सामुदायिक बिद्यालयको
धरान । केही समय अगाडि धरानमा रहेको सहकारी संस्थाको अनुगमन पश्चात धेरै सहकारी संस्था सहकारी ऐन अनुसार सञ्चालन नभएको पाइए पछि धरान उपमहानगरपालिका आर्थिक महाशाखाको आयोजनामा तथा प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षक कार्यालयको सहयोगमा धरानमा पाँच दिने तालिम सम्पन्न भएको छ । सहकारी संस्था आर्थिक पारदिर्शिता, जथाभावि ऋण लगानी, बचतकर्ताको रकम समयमै भुक्तानी नगरेको विषयमा उपमहानगरपालिकाको आर्थिक महाशाखामा व्यापक उजुरी परेपछि अनुगमनपश्चात सहकारी सञ्चालनका विषयमा तालिमको आयोजना गरिएको हो । खासगरी सहकारीका लेखा समितिमा रहेका कर्मचारीहरुलाई ताग्रेड गरेर तालिमको आयोजना गरिएको थियो ।सो अवसरम बोल्दै धरान