धरानकाे कृषि बजारमा विषादी नाप्ने उपकरण जडान सुद्ध तरकारी प्रयोगमा सहयोग पुग्ने अपेक्षा

  • माघ ३, २०८१
  • कोशीपत्र/संवाददाता
alt - गोविन्द बस्नेत

धरान/  धरान १३ मा रहेको कृषि उपज बजारमा विषादी मापन गर्ने उपकरण जडान गरिएको छ ।

सर्वसाधारणलाई स्वच्छ फलफूल तथा तरकारी उपलब्ध गराउने अभिप्रायले उपकरण जडान गरिएको हो । दिनप्रतिदिन विषादीयुक्त फलफूल तथा तरकारीजन्य वस्तुको प्रयोग बढिरहेको अवस्थामा उपकरण जडानपश्चात सर्वसाधारण उपभोक्ताले स्वच्छ फलफूल तथा सब्जी प्रयोग गर्न पाउने भएका छन् ।

विषादी प्रयोगमा नियन्त्रण गर्र्दै उपभोक्ता समक्ष स्वच्छ फलफूल तथा तरकारी पुर्‍याउने उद्देश्यले नेपाल सरकार अन्तर्गतको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गत अवशेष दु्त विश्लेषण प्रयोगशाला इकाई धरान स्थित कृषि बजारमा सञ्चालनमा आएकोे हो ।

कृषकले उत्पादन गरेको कृषि सामाग्रीमा कति विषादी हालेको छ भन्ने कुरा कृषि सामाग्री यो प्रयोगशालाबाट चेकजाँच गरेपछि तुरुन्त थाहा हुने जनाइएको छ । यो प्रयोगशाला उद्घाटनसँगै सञ्चालनमा आइसकेको छ ।

यसको प्रयोगशालाको उद्घाटन धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघाले बताए । उद्घाटन पश्चात प्रयोगशालाको अनुगमन पश्चात बोल्दै उपमेयर बेघाले यो प्रयोगशाला निर्माणपश्चात धरान तथा धरान बाहिरका उपभोक्ता सर्वसाधारणले विषादीयुक्त कृषि सामाग्री प्रयोगमा कमी आउने बताए ।

प्राविधिकले कृषिजन्य सामाग्री टेष्ट गरेको एक घण्टामा खानयोग्य वा अयोग्य पत्ता लगाउने भएकोले यो प्रयोगशाला अत्यन्तै प्रभावकारी हुने उनले बताए ।सो अवसरमा प्रयोगशालाका प्राविधिक रुपक रिजालले प्रयोगशालामा गरिने कामको विषयमा जानकारी दिएका थिए ।यस प्रकारको प्रयोगशाला मुलुकमै पहिलो पटक ०७१ सालमा काठमाण्डौस्थित कालीमाटीमा शुरुवात गरिएको थियो । अहिले धरानसँगै देशका १२ स्थानका तरकारी बजारमा यो प्रयोगशाला सञ्चालनमा आएको जनाइएको छ ।

नेपाल सरकार कृषि तथा पशुपंक्षी मन्त्रालय अन्तर्गका बरिष्ठ बाली संरक्षण अधिकृत कृषकहरुले अज्ञानताका कारण विषादी प्रयोग गर्नै क्रम बढेकाले न्यूनिकरणका लागि त्यस्ता कृषि क्षेत्रको पहिचान गरी सोही स्थानमा पुगेर सचेतना कार्यक्रमको आयोजना गरिने बताए ।

प्रयोगशालासँगै कृषि बजारमा आएका कृषि सामाग्रीको विषादी चेकजाँच गर्दै कृषकलाई विषादी विष हो,औषधी होइन भन्ने कुरालाई मनन गराउन सचेतना कार्यक्रमको आयोजना गरिने कृषि उपज बजार व्यवस्थापन समितिका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए ।
पछिल्लो समय कृषिजन्य सामाग्रीमा विषादीको प्रयोग बढ्दै गएको छ ।

यसलाई न्यूनिकरण वा नियन्त्रण गर्न नसकेको खण्डमा भविष्यमा यसले सर्वसाधारणमा स्वास्थ्यमा समेत समस्या बनाउने भएकोले कृषि उपज बजारमा सञ्चालन भएको प्रयोगशालाले धरान लगायत आसपासका सर्वसाधारणले स्वस्थ सागसब्जी तथा फलफूल खान पाउने भएका छन् ।

यसले कृषिजन्य वस्तुमा प्रयोग गरिदै आएको विषादी न्यूनिकरणमा समेत ठूलो सहयोग पुग्ने अपेक्षा समेत राखिएको छ ।

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved