मितेरीको सिइओ अनन्तद्धारा पदभार ग्रहण

  • माघ ३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानको मितेरी डेभलपमेन्ट बैङ्कका नवनियुक्त प्रमुख कार्यकारी अधिकृतले पदभार ग्रहण गरेका छन् ।

रिक्त रहेको उक्त पदमा अनन्त कुमार चापागाईँले औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन् ।

बैकको केन्द्रीय कार्यालयमा सञ्चालक समितिका अध्यक्ष किशन मास्के तथा अन्य संचालकहरुको उपस्थितिमा आयोजित कार्यक्रमका बिच सिइओ चापागाँइले पदभार ग्रहण गरेका हुन ।बैङ्क सञ्चालक समितिले चापागाईँलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको जनाइएको छ ।
पदभार कार्यक्रममा चापागाँइले संस्थागत सुशासन र नियमाकिय प्रावधान भित्र रहेर संस्थालाई एक सबल, सक्षम र उदाहरणीय बैङ्क बनाउने योजना रहेको बताउँदै आगामी दिनमा बैंकलाई सवैको बैंक बनाउन सवैसँग सहकार्य र सहयोग सहित राय सल्लाह अनुसार नै का मगर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

अध्यक्ष मास्केले बैङ्किङ र वित्तीय क्षेत्रमा अनुभवी चापागाईँको नेतृत्वमा मितेरी डेभलपमेन्ट बैङ्कले उत्कृष्ट कार्य सम्पादन गर्ने विश्वास लिएको बताउँदै सफल कार्यकालको शुभकामना दिए ।

१९ औँ वार्षिक साधारण सम्पन्न गरी ०८०/२०८१ को मुनाफाबाट शेयरधनीलाई १०.००८३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय पारित गरेको छ ।

सो लाभांश वितरण पश्चात बैकको चुक्ता पुँजी १ अर्ब २१ करोड भन्दा बढी भएको र प्रदेश स्तरीय ”ख” वर्गको विकास बैकको रूपमा स्तर उन्नती गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved