सिलामसाक्मा र च्याब्रुङको प्रतिमा निर्माण

  • माघ २, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ माघे सङ्क्रान्तिका अवसरमा धरान उपमहानगरपालिका वाड नं–१९ बालक चौकमा निर्मित सिलामसाक्मा र च्याब्रुङ बाजाको प्रतीमाको किरात याक्थुङ चुम्लुङ केन्द्रीय अध्यक्ष प्रेम येक्तेनले अनावरण गर्नुभएको हो ।

उहाँले सिलामसाक्माले इतिहास, भाषा लिपि संस्कृतिलाई बचाउँदै लिम्बू जातिलाई नमासिने समुदाय बनाएको बताउनुभयो ।

 रु आठ लाख लागतमा निर्माण गरिएको लिम्बूहरुको संस्कृति झल्काउने सिलामसाक्मा र च्याबु्रङको प्रतिमा अनावरण गरिएको हाे ।

दाताहरुबाट सङ्कलन गरिएको रु १६ लाख ८६ हजार छ सय ६५ मध्येबाट रु आठ लाख ४५ हजारमा प्रतिमा निर्माण गरिएको निर्माण समितिका कोषाध्यक्ष जायत्रा तेयुङ लिम्बूले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रतिमा निर्माण गर्दा सडक छेउको ढलमा स्लाब निर्माण गर्न समितिको रु दुई लाख २५ हजार खर्च भएको छ ।”

खर्च नभएको रकम धरान–१९ हरियाली सामुदायिक वनमा पनि सिलामसाक्माको प्रतिमा र थप सहयोग सङ्कलन गरी चौतारा निर्माण गर्ने योजना रहेको समितिले जनाएको छ । लिम्बू संस्कृतिमा सिलामसाक्मा मृत्युलाई छेक्ने आस्थाको प्रतीक मुन्धुमी यन्त्र मानिन्छ ।

बाँसको सिन्कामा सादा तथा रङ्गीन धागो बुनेर बनाइने सिलामसाक्मा चिह्न किरात याक्थुङ चुम्लुङको विधानमा संस्थाको लोगो अङ्कित छ ।
च्याब्र्रुङ लिम्बू जातिको शुभकार्यमा सामूहिक नृत्यसहित बजाइने बाजा हो ।

परापूर्वकालदेखि प्रायः विवाह, नयाँ गृह प्रवेशलगायत शुभकार्यको अवसरमा केलाङ नाच्ने गरिन्छ । पन्ध्र फिट अग्लो प्रतिमा फलामको सिलामसाक्मामा बाँधिएको फाइबरको च्याब्रुङ निर्माण गरिएको छ ।

सिलामसाक्माको चारकुनाको व्यास चार÷चार फिटको छ । च्याब्रुङको गोलाई १६ इञ्च र लम्बाइ २८ इञ्चको छ ।

निर्माण समितिका संयोजक देउमान ताप्मादेनले दाताहरुको उत्साहपूर्ण सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै प्रतिमाको स्थापनाले लिम्बू संस्कृतिको इतिहासलाई स्थापित गरेको बताउनुभयो ।

भुक्तानी नपाएपछि धरा ...

धरान/  धरान उपमहानगरपालिकाबाट समयमा भुक्तानी ...

शिक्षा सन्देश बोर्डि ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ६ मा अवस्थित श ...

धरानसहित देशभर चिकित ...

धरान/  उपभोक्ता अदालतको पछिल्लो फैसलाविरुद्ध ...

स्थानीय सरकारको काम ...

धरान/ प्रत्यक्ष रुपमा स्थानीयसँग सरोकार राख्ने स्थ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved