वराहक्षेत्रको कोकाहा कौशिकीमा मकर स्नान गर्नेको घुइँचो

  • माघ १, २०८१
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ आज माघ १ गते मकर स्नान गर्न तिर्थालु वराहक्षेत्रधाम स्थित कोकाहा कौशिकीको सङ्गममा घुइँचो लागेको छ ।

माघ १ गतेबाट सूर्य मकर राशिमा प्रवेश गर्ने भएकाले यसलाई मकर सङ्क्रान्ति भन्ने गरिन्छ । सूर्य उत्तरायण हुन्छ र देवताहरू जागृत हुने भएकाले ठुला तीर्थ र तलाउमा गएर स्नान गर्दा अरू बेलाका भन्दा हजार गुणा बढी पुण्य मिलने पण्डित योगश भण्डारीले बताए ।

उनी भन्छन्,  यस दिन वराहक्षेत्रमा स्नान गर्दा अनन्तकाल सम्म भगवानको धाममा बस्न पाइने छ । यस दिन वराहक्षेत्र स्थित कोकाहा कौशिकीमा स्नान गरे विगतका गरेको गल्तीबाट मुक्ति र ध्यान भइने मान्यता रहेको छ ।

शरीरमा भएका लुतो, खटिरा जन्य बस्तु हराएर जानेछन् भने शुद्ध मनले स्नान गरे वराह भगवानको दर्शन गरे सोचेका कुरा पूरा हुने जनविश्वास र किमदन्ति समेत रहेको छ । त्यस कारण मेला भर्न, मकर स्नान गर्न नेपाल बाहिरबाट पनि तिर्थालुहरू आउने गर्दछन् । माघे मेलामा कोकाहा कौशिकीको सङ्गम स्थलमा गएर स्नान गर्ने परम्परा रहेको छ ।

माघ १ गते वराहक्षेत्रधामको कोकाहा कौशिकीको सङ्गममा स्नान गर्न देश विदेशबाट भक्तजन आएको वराहक्षेत्र मन्दिर गुठि व्यवस्थापन समितिका अध्यक्ष भक्त श्रेष्ठले बताए ।

सनातन काल देखि स्नान गर्ने पर्वको रूपमा मनाउने माघे मेलाको अवसरमा नदीहरूका सङ्गम स्थलहरूमा धार्मिक मेला लाग्ने गर्दछ । सोही अवसरमा हिन्दु धर्मका प्रमुख चारधाम मध्ये एक मानिएको धर्तीको पहिलो तीर्थ वराहक्षेत्र धाममा लाग्ने माघे सङ्क्रान्ति मेला संसारमै प्रसिद्ध छ ।

मकर स्नानसँगै मेलामा स्थानिय क्षेत्रमा उत्पादित बस्तुसङै होटेल, प्रसाद, फलफूल, तरुल, बदाम, सुन्तला जस्ता बस्तुहरूको समेत व्यापार बढ्ने छ । माघ सङ्क्रान्तिका दिन लाग्ने माघेमा मेला तरुल, सुठुनी, बदाम, सुन्तला जस्ता वराहक्षेत्रसँग जोडिएको धनकुटाको सुन्तला, सुर्यकण्डका हर्दी, अदुवा जस्ता बस्तुहरू आगन्तुकको रोजाइमा पर्ने वराहक्षेत्र मन्दिर गुठि व्यवस्थापन समितिका उपध्यक्ष राजु घिमिरेले बताए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved