धरान/ धरानमा मुख्य कार्यालय रहेको मितेरी बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत इलाका प्रहरी कार्यालय धरानलाई एक थान कम्प्युटर र एक थान पिन्टर प्रदान गरेको छ । इलाका प्रहरी कार्यालय धरानको परिषरमै पुगेर राष्ट्र बैंकले तोकेको मापदण्ड अनुरुप आर्जन गरेको मुनाफाबाट समाजका आवश्यक परेका क्षेत्रमा सहयोग गर्ने इलाका प्रहरी कार्यालयलाई एक थान कम्प्युटर र एक थान पिन्टर प्रदान गरेको हो । विभिन्न सामाजिक क्षेत्रमा आर्जन गरेको मुनाफाको केही प्रतिशत सहयो गर्ने क्रममा इलाका प्रहरी कार्यालय धरानलाई समेत कम्प्युटर र प्रिन्टर सहयोग गरिएको मितेरी बैंकका सिइओ तुलसीप्रसाद वस्तीले बताए । सो अवसरमा बोल्दै इलाक
धरान/ र्याडिकल लाईट नेपाल प्रा.लि.ले आयोजना गरेको धरान उप–महानगरव्यापी अन्तर प्लस टु स्तरीय सुमेधा वक्तृत्वकला प्रतियोगिताको बुधबार भएको दोश्रो चरणबाट उत्कृष्ट १० जना फाईनलमा प्रवेश गरेका छन। फाईनलमा प्रबेस गर्नेहरुमा धरान उच्च का स्नेहा श्रेष्ठ र बिदिसा अग्रवाल, शारदा बालिका नमुना मा.बि. का अनुस्का राई, यु.एन. नबोदयका स्नेहा निरौला र शितल अधिकारी रहेका छन। यसैगरी मेघा–हिमालयनका सम्पन्न सुवेदी, शिक्षा सदन मा.बि. का जेनिसा राई, चन्द्र संस्कृत मा.बि. का सृजन खतिवडा र ऋषि राज गौतम र ज्ञानोदय मा.बि. का अनिशा कार्की फाईनलमा प्रवेस गरेका छन। धरान–१३ स्थित वडा कार्यालय परिसर
विराटनगर/ संघीय सांसद सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले कानुनहरु बिचौलियाले बनाउने गरेको बताएका छन् । विराटनगरमा मानव अधिकार एलायन्स र इन्सेकले आयोजना गरेको कार्यक्रममा पोखरेलले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदले भन्दा पनि कुनै बिचौलियाको टिमको सेटिङमा मात्र बन्ने गरेको उल्लेख गरे । ‘हामीले लोकतन्त्र र प्रजातन्त्रको कुरा गरेपनि अझै कानुन निर्माणको क्रममा लोकतन्त्र आएको छैन, ब्युरोक्रासीको राज छ, उनले भने, कानुन बनाउनु प¥यो या संशोधन गर्नु प¥यो भनेँ बिचौलियाको समूहसँग सेटिङ गरेर कानु बन्छ ।’ कर्मचारी तन्त्र प्रति असन्तुष्ट देखिएका सभापति पोखर
धरान/ सामुदायिक तथा नीजि विद्यालयलहरुले प्राविधिक शिक्षासँगै खेलकुदका गतिविधिलाई जोड दिन थालेका छन् । प्राविधिक शिक्षाले स्वरोजगार बनाउने र खेलकुदले शारीरिक रुपमा तन्दरुस्त बनाउने भएकाले पनि खेलकुद प्रशिक्षण नै राखेर खेलकुदका गतिविधिलाई जोड दिँदै आएका छन् । प्राय गरेर हरेक विद्यालयमा भलिवल, फुटबल, बास्केट बल जस्ता शारीरिक व्यायाम हुने खेलसँगै चेस, चाइनिज चेकर जस्ता बुद्धि बढाउने खेलहरु समावेश हुन्छन् । प्रतियोगिता विद्यालयभित्रैका कक्षाहरुमा समेत प्रतिष्पर्धा गराइन्छ भने प्रतिष्पर्धाबाट सक्षम भएकाहरुलाई अन्तर विद्यालय प्रतियोगितामा समेत समावेश गराइने गरिएको छ । हरेक विद्यालय
धरान/ एलाइनेट जिमको आयोजनामा यहि चैत्र २३ र २४ गते पाचौ मि. कोशि वडिविल्डिङ च्याम्पियनसिप हुने भएको छ । एलाइनेट जिमको २१ औ प्रस्तुतिको रुपमा पाचौ मि। कोशि आयोजना हुन लागेको आयोजक एलाइनेट जिमले वुधवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको छ । प्रतियोगितामा ५५ केजि, ६० केजि, ६५ केजि, ७० केजि र ७५ केजि गरि कुल पाच तौल समुहका करिव ५० प्रतिश्पर्धिहरुले सहभागिता जनाउने छ । प्रत्येक तौल समुहका विजेताले उपाधिका लागि फाइनल चरणमा प्रतिश्पर्धा गर्नुपर्ने हुन्छ । फाइनल चरणका विजेता पाचौ मि। कोशिको उपाधि विजेता घोषित हुने आयोजक एलाइनेट जिमका अध्यक्ष विक्रम लिम्वुले जनाए । प्रतियोगिताका
विराटनगर/ ‘उधारो समय मै तिरौ, व्यापारिक सद्भाव कायम राखौं’ भन्ने मूल ध्येयका साथ उधारो कारोबार व्यवस्थापनका लागि सहकार्य तथा समन्वय गर्न कोशी प्रदेशका दश जिल्ला-नगर उद्योग वाणिज्य संघहरुले सामूहिक पहल गर्ने सहमति गरेका छन । उद्योग संगठन मोरङको समन्वयमा मंगलबार सुन्दर हरैचामा भएको भेलाबाट व्यवसायीक क्षेत्रका लागि उधारो कारोवार चुनौति र समस्याका रुपमा देखिएको स्विकार्दै यसको व्यवस्थापनका लागि हातेमालो गरेका हुन । सामुहिक भेला पश्चात जारी ६ वुँदे सम्झौतामा उधारो कारोवारको नियमनका लागि स्पष्ट कानुनी व्यवस्था गर्न नेपाल सरकार समक्ष सामुहिक पहल गर्ने, जिल्ला÷नगर उद्योग वाणि
धरान/ धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हार्डजोनी विभागले नेपालमा खासै सेवा नभएको जटिल प्रकारको शल्यक्रिया गरेको छ । प्रतिष्ठानका हार्डजोर्नी विभागका हार्डजोनी विशेषज्ञ चिकित्सक डा. रोसनप्रसाद शाह कलवारले मुटु छाती सम्बन्धिको सिटिभिएस शल्यक्रिया विभागका सर्जन डा. लोकेस जैसवालसँगको सहकार्यमा करङ्गहरु भाचिएको र फोक्सो फुटेको विरामीको सफल शल्यक्रिया गरेका हुन् । पुस १९ गते काठमाडौंबाट धरान आउदैं गर्दा सिन्धुलीमा मोटरसाइकल दुर्घटनामा धरान १५ का राजेन्द्र भण्डारीको करङ्ग भाचिनुको साथै फोक्सोमा चोट लागेको थियो । उनको ७ वटा करङ्ग भाचिएको थियो । फोक्सो फुटेको थियो । उनीसँग
वराहक्षेत्र/ हालसम्म राज्यको कुनै समुदाय सुचिकृत नभएका चाँय जातिहरु पिछडावर्गमा सुचिकृत भएका छन् । सोमवार श्रीमहल पुल्चौक ललितपुर स्थित कार्यलयमा बसेको संबैधानिक राष्ट्रिय समाबेशी आयोगको बैठकले चाँय जातिलाई नेपाल पिछडावर्गमा समाबेश गरि सुचिकृत गरेको हो । नेपालको सुनसरी, मोरङ्ग, झापा, सर्लाही, रौतहट लगाएका तराईका जिल्लामा बसोबास रहेको चाँय जाति भित्र चन्द्रबशी र मण्डल थर रहेका छन् । बषौदेखि राज्य वर्ण व्यवस्थामा जोडिन चाहे पनि आज पूरा भएको नेपाल चन्दबंशी समाजका पुर्व केन्द्रीय सचिब राम कुमार मण्डलले बताए । उनले भने, ‘आजनै राष्ट्रिय समावेश आयोगका माननीय सदस्य तथा प्रवक्ता पु
धरान/ यातायात मजदुरहरुको गुनासो संकलनका लागि धरानको भानुचोक बसपार्कमा सञ्चालन गरेको शिविरमा यातायात मजदुरहरुले मजदुरी गरि जीवन चलाउन गारो भएको बताएका छन् । मजदुरहरुले सबैभन्दा बढी ट्राफिक प्रहरीको बोली र व्यवहारका कारण गरिखान गारो भएको बताएका छन् । सडकमा हिड्दा यात्रुहरुको सेवाका लागि हिँडेका हुन्छौं तर, सवारीसाधन स्टेण्डमा पार्क गर्दा, यात्रु, चढाउँदा, ओराल्दा ट्राफिक प्रहरीबाट गालीगलौज र जरिवानामा पर्ने गरिएको चालक विकि प्रधानले बताए । धरान काकडभिट्टरुटको सार्वजनिक बसका लोक प्रधानले भने, ‘हामीले ट्राफिक नियम मिच्यौँ भने कारबाहीमा पर्नुलाई अन्यथा मान्नु हुँदैन, ट्राफिक प्रहरीको
धरान/ भारतको उत्तरप्रदेशस्थित अयोध्यामा नवनिर्मित राममन्दिरमा सोमबार प्राणप्रतिष्ठा गरिएको छ । श्रीराम जन्मभूमि तीर्थ क्षेत्र कोषका अनुसार भगवान रामको मूर्तिलाई १ सय १४ वटा घडाको औषधिय जल र विभिन्न तीर्थस्थलको पानीले स्नान गरिएको थियो । सरयु नदीबाट शुरु भएको प्राणप्रतिष्ठाको विधि सोमबार नै ‘अभिजित मुहूर्त’ मा समापन भएको छ । यसैको खुशियालीमा नेपालमा समेत विभिन्न संघ संस्थाले सोभायात्राको आयोजना गरेका छन् । मारवाडी सेवा समाज धरान, मधेशी सेवा समिति, नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सघ, आर्ट अफ लिभिङ लगायत अन्य संघ संस्थाले धरान ७ मा रहेको राममन्दिरबाट शोभायात्रा