६४ वर्षीय युक्ति चौधरीको प्रेरणादायी जीवन : मेहनत र आत्मनिर्भरताको पहिचान संगीता राई

  • वैशाख २६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय युक्ति चौधरी उमेरले भन्दा कामले जवान देखिन्छन्। बिहान सबेरैदेखि बेलुका अबेरसम्म खेतबारीमा खटिने उहाँको जोश देख्दा आजका युवालाई पनि लाज लाग्न सक्छ।

छ वर्षअघि एक कट्ठा जमिनमा सुरुवात गरिएको तरकारीखेती अहिले चार बिघामा फैलिएको छ। काँक्रा, बोडी, घिरौँला, लौका, टमाटरलगायत मौसमी तरकारी उत्पादन गर्दै आउनु भएका चौधरीले वार्षिक १० लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहनुभएको छ।

“आराम गर्ने उमेर हो तर काम नगरी बस्नै सकिन्न। हातखुट्टा चलिरहेसम्म म खेतमै खटिन्छु,” उहाँको भनाइ छ।

परिवारको समन्वय र साथले चौधरीको कृषि उद्यम अझ मजबुत बनिरहेको छ। श्रीमती र छोराबुहारी पनि खेतीमै सघाउँछन्। परिवारको संयुक्त प्रयासले बारीभरि लटरम्मै फलेका तरकारीले बजार भर्ने गर्छ। सुनसरीका चक्रघटी, कालाबन्जर, बाङ्गे चतरालगायत स्थानमा चौधरीको उत्पादन बिक्री हुँदै आएको छ।

उहाँको फार्ममा व्यापारीहरू आफैँ तरकारी लिन आउँछन्। बजार मूल्यभन्दा रु १० कममा बिक्री गर्ने रणनीतिले बिक्री सहज र निरन्तर भएको छ। घरखर्च, छोराछोरीको पढाइदेखि नातिनातिनाको पालनपोषणसम्म यही आम्दानीबाट धानिँदै आएको छ।

तरकारीखेतीसँगै चौधरीले गाई, गोरु र बाख्रापनि पालेका छन्। पशुपालनबाट प्राप्त हुने गोबर प्रयोग गरी जैविक मल बनाइन्छ, जसले उत्पादनलाई प्राकृतिक र स्वस्थ राख्न मद्दत पुर्याएको छ।

स्थानीयस्तरमै रोजगारी सिर्जना गर्दै उहाँको फार्ममा दैनिक चारदेखि पाँच जनासम्मले ज्यालादारीमा काम पाइरहेका छन्। यसले स्थानीय अर्थतन्त्रमा समेत योगदान पुर्याएको छ।

बराहक्षेत्र–८ कै अर्का किसान मीनकुमार उराँवले पनि १० कट्ठा जमिनमा अग्र्यानिक तरकारीखेती गर्दै आउनुभएको छ। उहाँले वार्षिक तीन लाख रुपैयाँभन्दा बढीको कारोबार गर्दै आउनुभएको जानकारी दिनुभयो।

नगरप्रमुख रमेश कार्कीका अनुसार नगरपालिकाले किसानलाई आत्मनिर्भर बनाउन विभिन्न अनुदान, तालिम र पूर्वाधारमा सहयोग पुर्याउँदै आएको छ। कृषि ज्ञान केन्द्र सुनसरीले गत वर्ष मात्र चौधरीलाई रु एक लाखको अनुदान दिएको थियो।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी प्रवीणलाल श्रेष्ठका अनुसार जिल्लामा आठ हजार १५३ हेक्टर जमिनमा तरकारीखेती हुँदै आएको छ। बराहक्षेत्र, रामधुनी लगायतका क्षेत्रमा किसान आत्मनिर्भर बन्दै गएका छन्। – रासस

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved