स्थानीय

    Showing 1,261-1,270 of 5,042 items.
  • चिल्ड्रेन ट्यालेन्ट हन्टको उपाधी साहाना र स्मीका ले जितिन

    धरान । गरिमा डान्स सेन्टर धरानद्वारा आयोजित ‘चिल्ड्रेन ट्यालेन्ट हन्ट–२०२५’ सीजन ५ को ग्रान्ड फिनालेमा साहाना राई र स्मीका सुनुवार विजेता बनेका छन्।शनिबार धरान–१५ स्थीत सदन सभा भवनमा सम्पन्न ग्रान्ड फिनालेमा ‘चिल्ड्रेन ट्यालेन्ट हन्ट–२०२५’ सीजन ५ को जुनियर ग्रुप तर्फबाट धरान मन्टेश्वरी एकेडेमी धरान–१ की छात्रा साहाना राई र सिनियर ग्रुप तर्फबाट डिपी बिलिभर्स स्कुल धरान–५ का छात्रा स्मीका सुनुवार विजेता बनेका हुन्। विजेता साहाना र स्मीकाले जनही नगद पचास हजार, क्राउन, ट्रफी, प्रमाण पत्र, गरिमा डान्स सेन्टर धरानमा एक वर्ष सम्म निशुल्क नृत्य सिक

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 1,189 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बर्षेनी बाढीको त्रास: धरान १६ मा स्थानीयको पहलमा तारजाली लगाउँदै बस्ती जोगाउने प्रयास

    धरान/ सर्दुखोला आसपासका टोलबासीहरू बाढीको जोखिम कम गर्न तारजाली लगाउने कार्यमा जुटेका छन्। बर्षेनी बर्षातको समयमा खोलाले धार परिवर्तन गर्दा बस्तीमा बाढी पस्ने खतरा बढ्दै गएपछि स्थानीयवासी आफैँ सक्रिय बनेका हुन्। धरान १६ को नौलोबस्तीलगायत क्षेत्रमा खोलाको कटानबाट ठूलो क्षति हुने गरेको छ। बाढीले घरभित्रै पानी पस्ने, जमिन कटान हुने र ढुंगा बगाएर ल्याउने जस्ता समस्याले टोलबासी त्रसित छन्। जोखिम न्युनिकरणका लागि स्थानीयवासीहरू श्रमदानमार्फत तारजाली लगाउने कार्यमा जुटेका छन्। यस अभियानमा नेपाली काँग्रेसले पनि सहयोग गरेको छ। धरान उपमहानगरपालिकाका पूर्व मेयर तथा काँग्रेस नेता तिलक राईका अनुसा

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 499 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कविता: सुख्खा खहरेमा बाढी आउछ

    लगाउ अट्टाहासबजाउ तालीचिथोरेर तिमिलेमल्हम लागाउदैमाघाउ त निको होलातर खाटाले बिर्सन कहाँ दिन्छ । नहेप, नमिच साथीकुनै दिन,सुख्खा खहरेमा पनिआउछ बाढी,तिम्रा लागि त्रास मात्र छाडीलान्छ सबै अवषेश बगाएर। कोल्टे पर्योपोखियो पानिअंजुलीमा उठाउन सकिएनतर, भिज्यो माटोनिश्चय नै पलाउनेछ मुनाहुर्कन त के बेर लाग्छ र ।                                                    -गिरिराज अधिकारी                           

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 513 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा टिभिएस एक्सचेञ्ज महाअभियान सुरु

    इटहरी/  नेपालका लागि टिभिएस ब्रान्डको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. ले इटहरीमा विशेष अफरसहितको टिभिएस एक्सचेञ्ज म्यानिया अभियान सुरु गर्ने भएको छ। इटहरी पश्चिम लाइनस्थित राजस्व ढाटमा आयोजना हुने यो कार्यक्रम श्रावण ०४ गते आइतबारदेखि ०९ गते शुक्रबारसम्म संचालन हुने छ। पारस अटो मोबाइल्सका सञ्चालक पौरख लुइँटेलका अनुसार, जुनसुकै कम्पनीको पुरानो बाइक लिएर आउनुहुने ग्राहकले न्यूनतम रु. ३०,००० को मूल्याङ्कन पाउने छन्। त्यसमा थप रु. ८,००० सम्म छुट, ०% ब्याजदरमा किस्ताबन्दी र इन्जिनमा लाइफटाइम वारेन्टी जस्ता सुविधा पनि प्रदान गरिनेछ। साथै, कार्यक्रममा सहभागी ग्राहकहरूलाई आक

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 339 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा कोटीहोम महायज्ञ: धार्मिक पर्यटनको प्रवर्द्धन र बृद्धगंगामा सुविधा सम्पन्न दाहसंस्कारस्थल निर्माण हुने

    धरान/ प्राणी जगतको कल्याण गर्ने एवम् वैद्धिक सनातन धर्मको बचाउ गर्ने अभियान स्वरुप शिवबाबा भक्त समाज नेपाल धरान ६ पानबारीले पितृ उद्धार अश्वमेध महायज्ञ २०८२ हुने भएको छ । आगामी माघ १९ गतेदेखि फागुन १९ गतेसम्म एक महिना आयोजना हुने सो कोटीहोम सम्पूर्ण प्राणीहरुको रक्षासँगै धरान र केराबारीको सीमानामा पर्ने बुढिगंगामा सुविधा सम्पन्न दाहसंस्कार निर्माण गर्ने रहेको शिव बाबा भक्त समाज नेपाल, धरान ६ पानबारीका अध्यक्ष रमेश कटुवालले जानकारी दिए । उनले बृद्ध गंगाको काखमा आयोजना गर्न लागिएको कोटीहोम लाखौ भक्तजनहरुको आवागमन हुने भएकोले धार्मिक पर्यटन प्रद्र्धनमा समेत सहयोग पुग्ने बताए । उनले कोशी प

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 678 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गायक बिजय वाम्बुले राईको नयाँ गीत ‘प्याराे मान्छे तिमी’ सार्वजनिक

    धरान/ नेपाली सङ्गीत क्षेत्रमा आफ्नै छुट्टै पहिचान बनाएका गायक बिजय वाम्बुले राईले नयाँ गीत ‘प्याराे मान्छे तिमी’ सार्वजनिक गरेका छन्। गायिका मिलन नेवारको सुमधुर स्वर रहेको यस गीतमा शब्द, सङ्गीत तथा निर्देशन स्वयम् गायक वाम्बुलेले नै गरेका हुन्। यसअघि ‘किराती हामी’, ‘मनमाया’ लगायतका गीतमार्फत लोकप्रिय बनेका वाम्बुलेले प्रेम भावनाले भरिएको यस नयाँ सिर्जनामार्फत दर्शक–श्रोताको मन जित्ने विश्वास व्यक्त गरेका छन्। गीतको भिडियोमा मोडल तृष्णा राई र डेबिट मोक्तानले अभिनय गरेका छन्। सङ्गीत व्यवस्थापन पावल चाम्लिङ राईले गरेका छन्

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 455 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बाढीले हेवा खोलाको डाइभर्सन बगायो, मेची राजमार्ग अवरुद्ध

    सुनसरी/ सुनसरी, मोरङ हुँदै पूर्वी पहाडी जिल्लाहरू जोड्ने मेची राजमार्ग पुनः अवरुद्ध भएको छ । निरन्तरको वर्षापछि आएको बाढीले पाँचथरस्थित हेवा खोलाको अस्थायी डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको हो । पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले डाइभर्सनमाथिबाट बाढीको पानी बग्न थालेपछि यातायात ठप्प भएको जानकारी दिए । “पानीको बहाव अहिले केही घट्दै छ, घटेपछि मर्मत गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको छ,” उनले बताए । मेची राजमार्ग अवरुद्ध भएपछि ताप्लेजुङ र पाँचथर जिल्लाका तीन पालिकामा सवारीसाधन सञ्चालन रोकिएको छ । यसले अत्यावश्यक सेवासमेत प्रभावित बनेको स्थानी

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 442 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लागू औषधसहित दुई पक्राउ, ब्राउन सुगर र क्याप्सुल बरामद

    सुनसरी/ सुनसरीको इनरुवा नगरपालिका–६ स्थित हलेसी चोकमा लागू औषध ओसारपसारमा संलग्न दुई जना पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय सुनसरी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो। साउन ३ गते दिउँसो करिब ३ बजेको समयमा पूर्व–पश्चिम लोकमार्गमा को ३३ प ३१४९ नम्बरको मोटरसाइकलमा अढेस लागेर बसेका दुई जनामाथि प्रहरीले चेकजाँच गर्दा उनीहरूबाट प्रतिबन्धित लागू औषध फेला परेको हो। पक्राउ पर्नेमा इनरुवा–८ का ३४ वर्षीय मोहमद सफरुल र ऐरावती गाउँपालिका–५ का ४८ वर्षीय अशोक कुमार यादव रहेका छन्। यादवको साथबाट ४१.४४० ग्

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 666 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • देशका केही जिल्लामा मेघगर्जनसहित वर्षा, बाढी र पहिरोको जोखिम

    काठमाडौं/ देशका केही जिल्लामा सक्रिय मौसमी प्रणालीका कारण मौसम अस्थिर बनेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशका केही भूभागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी प्रदेश, मधेशको पूर्वी भू–भाग, गण्डकीको स्याङ्जा, बागलुङ, कास्की र कर्णाली प्रदेशको जाजरकोट, सुर्खेत, डोल्पा र सिमिकोट आसपासका क्षेत्रमा मौसमी प्रभाव उच्च देखिएको हो। महाशाखाले दिएको जानकारीअनुसार हाल सक्रिय मौसमी प्रणाली क्रमशः दक्षिण–पश्चिमतर्फ सर्दै गएको छ। यसका कारण प्रभावित जिल्लासँगै आसपासका क्षेत्रमा समेत आगामी केही घण्टासम्म मौसम झन्

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 421 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका मेयरले खानेपानीमन्त्रीलाई भेट नदिएपछि फर्किए

    धरान/ धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले संघीय सरकारका खानेपानीमन्त्री सहितको टोलीलाई वेवास्ता गर्दै भेट नदिपछि मेयरको चुनाबी प्रतिवद्धताको कोशी प्रोजेक्टको खानेपानी आयोजना अन्यौल भएको छ । शक्रबार मन्त्री प्रदीप यादव सहितको खानेपानी मन्त्रालयको कर्मचारीहरु मेयरलाई भेट्नको लागि धरान आए तर भेट दिएनन् ।मन्त्री सहितको टोली त्यसै फर्किएको छ । सु्नसरी उद्योग वाणिज्य संघ सुनसरीको कार्यक्रममा मन्त्री यादवले धरानका मेयरकै कारण कोशी प्रोजेक्ट खानेपानी आयोजना अन्यत्रै जान सक्ने संभावना बढेर गएको बताए । उनले कुल लागतको ८५ प्रतिशत नेपाल सरकारले एडिबिबाट लिएर धरानलाई अनुदान दिनेछ भने १५ प्रतिश

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 687 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved