प्रहरी चौकी खण्डहर, बर्दी विना पनि सेवामा खटिएका प्रहरी

  • भदौ ३१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौँ/ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले देशभरका प्रहरी चौकीहरूमा व्यापक तोडफोड, आगजनी र लुटपाट मच्चायो । उपत्यकामा त अधिकांश प्रहरी चौकी नै खण्डहर बनेका छन् ।

आन्दोलनकै क्रममा महाराजगन्ज र कोटेश्वर प्रहरी वृत्तमा तीन जना प्रहरीको ज्यानसमेत गएको थियो । यस्तो कहाली लाग्दो अवस्थाबाट गुज्रिए पनि नेपाल प्रहरी अहिले उच्च मनोबलसहित नागरिक सेवामा खटिएको छ ।

आगजनी र लुटपाटका कारण आफ्नो बर्दीसमेत गुमाएका प्रहरीहरू अहिले बर्दी विना नै जनसेवामा खटिन बाध्य भएका छन् । उपत्यकाका विभिन्न चोकमा रहेका ट्राफिक आइल्यान्डदेखि अन्य भौतिक संरचना ध्वस्त भएपछि बाँकी अवशेषमै उभिएर प्रहरीहरूले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन् ।

नेपाल प्रहरीको यो प्रतिबद्धता फेरि पनि देखाउँछ— कठिन परिस्थिति र साधनस्रोतको अभावबीच पनि प्रहरी नागरिक सेवामा दृढतापूर्वक खटिन सक्षम छ ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved