स्थानीय

    Showing १,२०१-१,२१० of ५,३३२ items.
  • पासपोर्ट रोक्ने तयारीप्रति ओलीको आक्रोशः “हामी भाग्दैनौँ”

    काठमाडौँ/ नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार तोडफोड र आगजनीको उपज भएको आरोप लगाउँदै केही नेताको पासपोर्ट रोक्ने तयारीप्रति आक्रोश पोखेका छन्। बडादसैँको अवसरमा भक्तपुरको गुण्डुमा आयोजित युवा सङ्घ नेपालको खुला कार्यक्रममा बोल्दै ओलीले भने, “अहिले सुन्दैछु, सरकार पासपोर्ट रोक्ने कुरा गर्दैछ। के ठानेको छ त्यो सरकारले? यो हा–हु गरेर बनेको सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छौँ? के सोचेकै हो?” ओलीले सरकारलाई पारदर्शिता देखाउन चुनौती दिँदै भने, “कर्मचारीलाई दिएका निर्देशनदेखि प्रहरीलाई गरेका आदेशसम्म सबै रेकर्

    • प्रकाशित मितिः असोज ११, २०८२
    • ५११ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लोकतन्त्रमा मात्रै श्रमिक अधिकार सुरक्षित हुन्छ: मजदुर नेता भीमज्वाला राई

      धरान/  लोकतन्त्रमा मात्रै श्रमिकहरुको अधिकार सुरक्षित हुने मजदुर नेता भीमज्वाला राईले बताउनुभएको छ ।   नेपाली श्रम आन्दोलनको सात दशक लामो संघर्ष र रगत पसिनाबाट निर्माण गरिएको संविधान र संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था विरुद्ध षड्यन्त्र भइरहेको प्रति श्रमिकहरुले खबरदारी गर्नुपर्ने समेत राईले बताउनु भएको छ ।    सुरक्षा श्रमिक ट्रेड युनियन नेपाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार आयोजना गरेको कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष तथा जिफन्ट राष्ट्रिय कमिटीका सदस्य समेत रहनु भएका राईले व्यवस्था खारेजीका लाग

    • प्रकाशित मितिः असोज ११, २०८२
    • ६९६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलोपटक सार्वजनिक कार्यक्रममा

    काठमाडौँ/  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका छन् । भक्तपुरको गुन्डुमा शनिबार आयोजित राष्ट्रिय युवा संघको खुल्ला भेटघाट कार्यक्रममा अध्यक्ष ओली देखिएका हुन् । कार्यक्रममा अध्यक्ष ओली, उनकी पत्नी राधिका शाक्य, राजेन्द्र गौतम, भानुभक्त ढकाल, महेश बस्नेत, राजिव पहरी, माधव ढुंगेल लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको छ । अध्यक्ष ओलीले सो कार्यक्रमलाई सम्बोधन समेत गरेका छन् ।

    • प्रकाशित मितिः असोज ११, २०८२
    • ५८९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तलब नख्वाउने पालिकालाईलाई कडा कारबाही गर्नेमन्त्री पुनको चेतावनी

    काठमाडौं/ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आइतबार (असोज १२ गते) भित्र शिक्षकलाई तलब उपलब्ध नगराउने पालिकालाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्। मन्त्री पुनले शनिबार बिहान सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै दशैं–तिहारको बेला शिक्षकहरूले तलब नपाएको गुनासो बढिरहेका कारण तत्काल समाधान गर्न सम्बन्धित विद्यालयहरूलाई पनि निर्देशन दिएका हुन्। उनका अनुसार शिक्षा मन्त्रालयले तलब रकम पहिले नै विद्यालयमा पठाइसकेकाले शिक्षकहरूलाई समयमै पारिश्रमिक उपलब्ध गराउन कुनै अवरोध छैन। ‘मन्त्रालयबाट पैसा गएर पनि तलब नखुवाउने पालिकाहरुलाई सूचना – दशैं-तिहारको अवस

    • प्रकाशित मितिः असोज ११, २०८२
    • ५६५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खसी बोका बजारले चहलपहल बढ्यो

    धरान/  जेनजी आन्दोलन र लगातारको वर्षाका बाबजुद पनि नेपालीहरु दशैंको तयारीमा जुटिरहेका छन् । विशेषगरी मासुका परिकारको महत्व हुने भएकाले धरानस्थित कृषि बजारमा खसी–बोका खरिद–विक्रीमा चहलपहल बढेको छ । धरान–१३ स्थित कृषि बजारमा गत शुक्रबार भन्दा यो शुक्रबार ठूलो संख्यामा खसी बोका व्यापारी तथा कृषकले ल्याएका छन् । खसी बोका विक्री गरेर दशैं टार्ने कृषक र व्यापारीको ध्याउन्न छ भने उपभोक्ताले समेत सर्वसुलभ ढंगले खरिद गरी दशैं मनाउने तयारी गरेका छन् । कृषक तथा व्यापारीहरु भन्छन् ‘वर्षा र आन्दोलनकै कारण बजार सुस्त थियो, अहिले भने चहलपहल बढेको छ ।’हाल कृषि बजारम

    • प्रकाशित मितिः असोज ११, २०८२
    • ५११ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुहबीलाई जिन्सी सामग्री हस्तान्तरण

    विराटनगर/  जेनजी आन्दोलनका क्रममा दुहबी नगरपालिकाको कार्यालयमा तोडफोड र आगजानी भएबाट कार्यालयका भौतिक सामग्रीहरु क्षतिग्रस्त भएकाले नगरपालिकालाई जिन्सी सामाग्री प्रदान गरिएको छ । मोरङ उद्योग व्यापार संघ, नेपाल उद्योग परिसंघ, कोशी र उद्योग संगठन मोरङले दुहबी नगरपालिकाको कार्यालयलाई तीन लाख बराबरको कार्यालय उपकरण र जिन्सी सामग्रीहरु उपलब्ध गराएको हो । नगरपालिकाको कार्यालय संचालनमा सहयोग पु¥याउने अभिप्रायले संघ, संगठन र परिसंघले संयुक्त रुपमा दुहबी नगरपालिकालाई २ थान कम्प्यूटर, २ थान प्रिन्टर, २ थान अफिस टेबुल, २ थान रिभल्वीङ चेयर, ४ थान भिजिटर चेयर, १÷१ थान स्टील दराज र बु

    • प्रकाशित मितिः असोज ११, २०८२
    • ६२२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान मदिरा व्यवसायी संघको शुभकामना आदानप्रदान

    धरान/  विजया दशमी, दिपावली, नेपाल संवत् ११४६ तथा छठ पर्वको अवसरमा धरान मदिरा व्यवसायी संघले शुक्रबार साँझ धरानमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेका छन् । सोही कार्यक्रममा व्यवसायीले वर्तमान बजारको सङ्कटबारे चिन्तासमेत व्यक्त गरे । नेपाल मदिरा व्यवसायी महासङ्घका कोशी प्रदेश अध्यक्ष नवीन तामाङले खुद्रा तथा थोक व्यवसायी पलायन हुँदै गइरहेको बताए । उनले व्यवसायी पलायनका कारण पहिल्याउनु पर्ने बताए । मुलुकमा जारी नयाँ किसिमको आन्दोलनले व्यवसायी सशङ्कित, त्रसित र भयभीत भएको धरानका व्यवसायीले बताएका हुन् । जेनजी आन्दोलनका कारण उद्योग, व्यवसाय गुमाएका उद्योगी व्यवसायीलाई सान्त्वना दिँदै स

    • प्रकाशित मितिः असोज ११, २०८२
    • ८१५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • केराबारीमा सेतै फुल्यो काँस घारी, मौन छन् जनप्रतिनिधि

    धरान/ धरानबाट केही बेर उत्तर तर्फ यात्रा ग¥यो भने, मोरङको केराबारी–६ मा एउटा सपनाजस्तै देखिने फाँट खुलिन्छ — जहाँ सेतै सेतो काँसले आकाश छुने प्रयास गरिरहेको हुन्छ । सतिसालेको त्यो ठाउँ, जुन अहिले भाइरल काँस घारी भनेर चिनिन्छ, साँच्चै प्रकृतिले प्रेम लेखेको क्यान्भासजस्तै देखिन्छ।वर्षमा एक पटक मात्र फुल्ने यी काँसहरू, जब चुरे फेदीको हरियालीलाई सेतो ओढारले ढाक्छन्, तब त्यो दृश्य कुनै कविताभन्दा कम हुँदैन। बिहानैदेखि धरान, इटहरी, बेलबारीतिरबाट युवायुवती, परिवार, अनि जोडीहरू त्यहाँ पुग्छन् —कोही फोटोको क्याप्सनमा प्रेम खोज्दै, कोही टिकटकको क्लिपमा यादहरू कैद गर्दै। चारकोसे

    • प्रकाशित मितिः असोज १०, २०८२
    • ८५० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा ३४० किलो गाँजा बरामद, दुई तस्कर फरार

    सुनसरी/विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका–५ विशाल चोक नजिकै ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ। मिति २०८२ असोज १० गते राति करिब १:४० बजे धरानबाट कालाबञ्जारतर्फ जाँदै गरेको BR 11 BR 7102 नम्बरको कार र नखुलेको नम्बरको २२० पल्सर मोटरसाइकललाई प्रहरीले रोक्न खोज्दा दुबै सवारी धरानतर्फ भागेका थिए। प्रहरीको पछ्याइपछि मोटरसाइकलमा सवार चालकले कार छाडेर भागेपछि प्रहरीले कारलाई नियन्त्रणमा लिई तलासी गर्दा ११ वटा प्लास्टिकको पोकामा लुकाइएका ३४० केजी गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ। बरामद लागू औषधसहितको कार नियन्त्रणमा लिएर थप अन

    • प्रकाशित मितिः असोज १०, २०८२
    • ६०३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा टिफरको ठक्करबाट एक महिलाको मृत्यु

    धरान/धरान–८ हिमाली पेट्रोल पम्प छेउस्थित कोशी लोकमार्गमा बिहिबार दिउँसो टिफरले ठक्कर दिँदा एक महिलाको ज्यान गएको छ। धरानबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ७५०९ नम्बरको टिफरले करिब ३४–३५ वर्षको महिलालाई ठक्कर दिएको प्रहरीले जनाएको छ। घाइते भएकी महिलालाई उपचारका लागि तत्काल वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको थियो। बाहिरी चोट नदेखिए पनि अवस्था गम्भीर भएको र दिउँसो करिब २:४० बजे उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ। घटनास्थलमा प्रहरी चौकी धरानका प्रहरी नायब निरीक्षक छबिलाल भण्डारीको कमाण्डमा प्रहरी टोली पुगेको थियो। टिफर चालक मोरङ, केरावारी गा

    • प्रकाशित मितिः असोज १०, २०८२
    • १,१२९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved