पासपोर्ट रोक्ने तयारीप्रति ओलीको आक्रोशः “हामी भाग्दैनौँ”

  • असोज ११, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौँ/ नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार तोडफोड र आगजनीको उपज भएको आरोप लगाउँदै केही नेताको पासपोर्ट रोक्ने तयारीप्रति आक्रोश पोखेका छन्।

बडादसैँको अवसरमा भक्तपुरको गुण्डुमा आयोजित युवा सङ्घ नेपालको खुला कार्यक्रममा बोल्दै ओलीले भने, “अहिले सुन्दैछु, सरकार पासपोर्ट रोक्ने कुरा गर्दैछ। के ठानेको छ त्यो सरकारले? यो हा–हु गरेर बनेको सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छौँ? के सोचेकै हो?”

ओलीले सरकारलाई पारदर्शिता देखाउन चुनौती दिँदै भने, “कर्मचारीलाई दिएका निर्देशनदेखि प्रहरीलाई गरेका आदेशसम्म सबै रेकर्डेड छन्। ती सबै बाहिर ल्याउनुपर्छ। हामीले गरेका कामहरू पारदर्शी छन्, छलछाम वा षड्यन्त्र गर्दैनौँ।”

भ्रष्टाचारको आरोपलाई उनले अफवाह भन्दै खण्डन गरे। साथै, शान्ति–सुरक्षा कायम गर्दै देशलाई संवैधानिक, लोकतान्त्रिक र सुशासनको बाटोमा ल्याउने जिम्मेवारी एमालेले नै लिने उनको अठोट थियो।

सुरक्षाबारे सरकारलाई प्रश्न उठाउँदै ओलीले थपे, “देशलाई असुरक्षित बनाउने, आतङ्क फैलाएर सत्तामा पुग्नेहरूले किन सुरक्षा दिन सक्दैनन्? सरकारमा हुनेहरूले सुरक्षा दिनुपर्छ कि पर्दैन?”

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved