धरान/ सुनसरीको इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार एक जना घाइते भएका छन् । कोशी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–४ आर्मी क्याम्पनजिक शुक्रबार बिहान करिब ४ः३० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पानी परिरहेका बेला उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १९ प ३१५० नम्बरको मोटरसाइकल सडकमा चिप्लिएर अनियन्त्रित भई डिभाइडरमा ठोक्किएको थियो । दुर्घटनामा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ वर्षीय मोटरसाइकल चालक अनिल राई गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि सुरुमा सामुदायिक अस्पताल इटहरी लगिएको थियो । त्यहाँ उ
इटहरी/ इटहरी ६ मा अवस्थित मोडर्न प्रिपरेटोरी स्कुलमा ६२औँ राष्ट्रिय बाल दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। मोडर्न बाल क्लबको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले वक्तृत्वकला, नृत्य, नाटक, कविता, गीत तथा सांस्कृतिक फेसन शो लगायतका विभिन्न प्रस्तुति प्रस्तुत गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूले बालबालिकासँग सम्बन्धित विभिन्न विषयमा सामाजिक सचेतना जगाउने गीत तथा नृत्य प्रस्तुत गरेका थिए। विशेषगरी मोबाइल फोनको दुरुपयोग तथा यसको लतका विषयमा विद्यार्थीहरूले प्रस्तुत गरेको नाटकले प्रविधिको सही प्रयोग र बालबालिकामा यसको प्रभावबारे सन्देश दिएको थियो त्यस्तै, कार्यक्रममा विद्य
धरान/ सुनसरीको धरानमा ईभी गाडीले मोटरसाइकललाई ठक्कर दिँदा ड्युटीमा खटिएका एक प्रहरी हवल्दार घाइते भएका छन्। बुधबार दिउँसो करिब २ः५० बजे धरान उपमहानगरपालिका–८ डम्पिङ साइटस्थित कोशी राजमार्गमा धरानबाट सेउतीतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ज ४६०२ नम्बरको ईभी गाडीले सोही दिशातर्फ जाँदै गरेको स ६ प ४४९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रबन्ध शाखामा दरबन्दी भई अस्थायी प्रहरी चौकी तिनकुनेमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार चन्द्रकुमार श्रेष्ठ घाइते भएका हुन्। खोटाङको बराहपोखरी गाउँपालिका–४ घर भएका श्रेष्ठ ड्युटीमा खटि
सुनसरी/ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ को जंगलमा बाँदर खेदाउने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ। मंगलबार दिउँसो करिब साढे २ बजे जंगलमा बाँदर खेदाउने क्रममा ५४ वर्षीय भलबहादुर तामाङले चलाएको भरुवा बन्दुकको गोली लाग्दा उनका काकाका छोरा ५३ वर्षीय श्यामबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। गोली लागेर गम्भीर घाइते भएका श्यामबहादुरको घटनास्थलमै मृत्यु भएको हो। घटनापछि प्रहरीले भरुवा बन्दुकसहित भलबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
धरान/ सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु नाछिरिङ राई र उनका छोरा सुनिल नाछिरिङ राईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। गाउँपालिकामा आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालित ९० कार्यदिनको ढाका सिलाई बुनाई तालिमको प्रशिक्षकका रूपमा काम दिलाएबापत उपाध्यक्ष राईले ४५ हजार रुपैयाँ घुस माग गरेकी थिइन्। उक्त रकम उनले आफ्ना छोरा सुनिलको बैंक खाताको क्युआर कोडमा हाल्न लगाएको छानबिनबाट पुष्टि भएको अख्तियारले जनाएको छ। पदीय जिम्मेवारीको दुरुपयोग गरी अर्का प्रतिवादी सुनिलसँगको मिलेमतोमा उपाध्यक्ष राईले ४५ हजार रुपैयाँ रिसवत लिएको ठहर अख्
विराटनगर/ भारतबाट चोरबाटो हुँदै नेपालतर्फ ल्याइँदै गरेको सात हजार ब्रोइलर चल्ला मोरङमा बरामद भएको छ । सशस्त्र प्रहरी बल, नेपाल बीओपी सिक्टी मोरङबाट खटिएको टोलीले बुधबार बिहान करिब २ः५० बजे सुनवर्षी नगरपालिका–८ हरिश्चन्द्रगढीस्थित सीमा क्षेत्रबाट चल्ला बरामद गरेको हो । रातको अँध्यारोमा धानखेतको आली समातेर १४ वटा भार बनाएर भारतबाट नेपालतर्फ ल्याइँदै गरेको अवस्थामा प्रहरीले चल्ला बरामद गरेको जनाएको छ । प्रहरी टोलीलाई देखेपछि चल्ला ल्याउने व्यक्तिहरू भारततर्फ फरार भएका थिए । सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा १४० कार्टुन चल्ला बरामद गरेको थियो । ती कार्टुनमा सात हजारवटा ब्रोइलरका चल्
सुनसरी/ बराहक्षेत्र -६ श्रीलंका टप्पुका बालक चन्द्रवंशीले वार्षिक ४० लाख रुपैयाँ आम्दानी गर्न थाल्नुभएको छ । दुई वर्ष कुवेत बसेर स्वदेश फर्केका बालक कुवेतबाट नेपाल फर्किएर रु ५० हजार लगानीमा कृषि पेसा सुरु गर्नुभएको उहाँले अहिले करिब चार बिघा क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गर्नुभएको छ । पहिले बारी बाँझो हुन्थ्यो । घरमा काम गर्ने मान्छे हुँदैनथे । थोरै खेतीमा धान र मकै खेती गरिन्थ्यो । खानका लागि पुग्थ्यो । तर नगद पैसा हात पर्दैनथ्यो, चन्द्रवंशीले भन्नुभयो, नेपालमा जागिर खाँदा कमाइ थोरै थियो । अलिक बढी कमाइ होला भन्ने सोचेर विदेश गएँ, त्यहाँ पनि सोचेअनुसार कमाउन सकिएन । अहिले
उर्लाबारी/ मोरङको केराबारी गाउँपालिका –१ पाटीगाउँको तेलेङमा पानी भरिएको भाँडो (फोसी) मा डुबेर तीन वर्षकी बालिकाको मृत्यु भएको छ । केरावारी गाउँपालिका वडा –१ का वडासदस्य टेकबहादुर मगरका अनुसार मङ्गलबार दिउँसो घरमा खेल्नेक्रममा फडिन्द्र मगरकी छोरी दियाना मगरको मृत्यु भएको हो । दिउँसो करिब अढाइ बजेतिर घरमा खेलिरहेकी बालिका चारो पकाउने पानीले भरिएको ठुलो भाँडोमा डुबिरहेको अवस्थामा आमा यमुनाले भेटेपछि यमुनाले वडासदस्यलाई खबर गर्नुभएको थियो । वडासदस्य मगरले बालिकालाई तत्काल धनकुटाको डाँडाबजारस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको थियो । तर स्वास्थ्य केन्द्रका चि
इनरुवा/ सुनसरीको इनरुवा–९ का देवनारायण मेहताले ठेक्कामा खेती गर्दै आएको खेतमा अज्ञात व्यक्तिले विषादी छर्किँदा धानबाली सुकाएर नष्ट भएको गुनासो गरेका छन्। इनरुवा–२ का वकिल मियाँको जग्गा सात वर्षदेखि ठेक्कामा लिएर खेती गर्दै आएका मेहताले यस वर्ष पनि सोही खेतमा धान रोपेका थिए। तर, नहरको डिलबाट कोही अज्ञात व्यक्तिले विषादी छर्किँदा आफ्नो खेतको सबै धान सुकेर मरेको मेहताले गुनासो गरेका छन्। विगत ३५–४० वर्षदेखि त्यस क्षेत्रमा खेती–किसानी गर्दै आए पनि यस्तो घटना पहिलो पटक भोग्नुपरेको मेहताले बताए। करिब ४ कट्ठा जग्गामा धान खेती गरेको र त्यसबाट २८ देखि ३० मनसम्म धान उत्प
धरान/ धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलअन्तर्गतको हिबिस्कस बाल क्लबले विद्यार्थीलाई पढाइसँगै सामाजिक सेवामा जोड्ने उद्देश्यले मन्दिर परिसरमा सरसफाइ कार्यक्रम गरेको छ। बाल क्लबले आफ्नो मासिक सरसफाइ अभियानअन्तर्गत मंगलबार धरान–८ स्थित शनि मन्दिर र विश्वकर्मा मन्दिर परिसरमा सरसफाइ गरेको हो। यसअघि क्लबले सडक क्षेत्रलगायत विभिन्न स्थानमा नियमित रूपमा सरसफाइ गर्दै आएको विद्यालयले जनाएको छ। आगामी बिहीबार असोज १ गते विश्वकर्मा पूजा हुने भएकाले उक्त मन्दिरमा भक्तजनको अत्यधिक भीड हुने भएकाले पनि पूजा अगावै मन्दिर क्षेत्र सफा गरिएको विद्यालयका निर्देशक गंगराम कुलुङ राई