उपाध्यक्षले मागिन् ४५ हजार, छोराको क्यूआरमा पठाइयो घुस ! आमा–छोराविरुद्ध अख्तियारको मुद्दा

  • भदौ ३१, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/  सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु नाछिरिङ राई र उनका छोरा सुनिल नाछिरिङ राईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

गाउँपालिकामा आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालित ९० कार्यदिनको ढाका सिलाई बुनाई तालिमको प्रशिक्षकका रूपमा काम दिलाएबापत उपाध्यक्ष राईले ४५ हजार रुपैयाँ घुस माग गरेकी थिइन्। उक्त रकम उनले आफ्ना छोरा सुनिलको बैंक खाताको क्युआर कोडमा हाल्न लगाएको छानबिनबाट पुष्टि भएको अख्तियारले जनाएको छ।

पदीय जिम्मेवारीको दुरुपयोग गरी अर्का प्रतिवादी सुनिलसँगको मिलेमतोमा उपाध्यक्ष राईले ४५ हजार रुपैयाँ रिसवत लिएको ठहर अख्तियारले गरेको छ। यो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएकाले सोही दफाको उपदफा (१) को देहाय (क)अनुसार कैद र बिगोबमोजिम जरिवाना सजायको मागदाबी लिइएको छ।

यस्तै प्रतिवादी सुनिल नाछिरिङ राईले पनि उपाध्यक्ष राईसँग मिलेमतो गरी सेवाग्राहीबाट ४५ हजार रुपैयाँ घुस रकम लिएर प्रयोगमा ल्याएको पाइएको छ। उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुर भएकाले सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) अनुसार कैद र बिगोबमोजिम जरिवाना सजायको मागदाबीसहित आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

-रातोपाटीबाट

भारतबाट चोरबाटो हुँद ...

विराटनगर/ भारतबाट चोरबाटो हुँदै नेपालतर्फ ल्याइँदै ...

५० हजारबाट सुरु भएको ...

सुनसरी/ बराहक्षेत्र -६ श्रीलंका टप्पुका बालक चन्द्रवंशी ...

तीन वर्षीया बालिका प ...

उर्लाबारी/  मोरङको केराबारी गाउँपालिका –१ पा ...

४ कट्ठा खेतमा कसले छ ...

इनरुवा/ सुनसरीको इनरुवा–९ का देवनारायण मेहता ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved