मनोरञ्जन

    Showing ३८१-३९० of ५३२ items.
  • धरानमा होली उल्लासमय व्यस्ततालाई थाती राखेर होलीमा मस्त

    धरान / सधैँ बिरामीको सेवामा समर्पित धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा नर्सहरुले फुर्सदको समय मिलाएर आज होली पर्व मनाएका छन् ।बिरामीको काममा व्यस्त हुनुपर्ने भएपनि समय मिलाएर उनीहरु होली पर्वमा रमाएका हुन् । सघन उपचार केन्द्र (आइसियु) मा काम गर्दै आएकी आशा चौधरी सधै बिरामीको उपचारमा व्यस्त रहन्थिन् । उनलाई फुर्सद कहिल्यै हुँदैन । फुर्सद मिलाउनुपर्दा उनलाई धेरै गार्‍हाे हुन्छ तर मंगलबार भने होली पर्व उनीहरुले पालो मिलाएर खेलेकी थिइन् । बिरामीको उपचारमा व्यस्त रहनुपर्ने बाध्यता भएपनि समय मिलाएर होली जस्तो रमाइलो चाड विपीकै कर्मचारी, नर्स तथा चिकित्सकसँ

    • प्रकाशित मितिः फागुन २४, २०७९
    • ८०२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • २३ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

    विजयपुर / धरान रंगशालामा जारी बुढासुब्बा गोल्डकपको २३ औं संस्करणमा एभेनियर फुटबल क्लब क्यामरुन फाइनल प्रवेश गरेको छ । बिहीबार भएको अन्तिम सेमीफाइनल खेलमा एन्फा मोरङलाई २–० गोल अन्तरले पराजित गर्दै क्यामरुन फाइनल प्रवेश गरेको हो । क्यामरुनको जितमा पहिलो हाफको ४४ औं मिनेटमा टिम्बाले गोल गरे । दोस्रो गोल क्यामरुनले उपहार पायो । दोस्रो हाफको ४२ औं मिनेटमा एन्फा मोरङका खेलाडी सुजन चौधरीले असावधानी बेहोरे । शारीरिक रुपमा बलिया क्यामरुनी खेलाडीका अगाडि एन्फा मोरङका खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरे । यद्यपि खेल मोरङको पक्षमा हुन सकेन । मोरङले पाएका केही अवसरहरुलाई सदुपयोग गर्न नसक्दा

    • प्रकाशित मितिः फागुन १९, २०७९
    • १,११० पटक पढिएको
    • " स्नेहा श्रेष्ठ"
  • राष्ट्रपति रनिङ शिल्ड फाकफोकथुममा

    इलाम / १३ औँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता इलामको फाकफोकथुम गाउँपालिकामा हुने भएको छ । आगामी २३ देखि २५ फागुनसम्म फाकफोकथुम गाउँपालिकाको सिँहदेवी माविको खेल मैदानमा हुने भएको हो । यस अघि इलाम सदरमुकाममा सञ्चालन हुँदै आएको प्रतियोगिता यसवर्ष पहिलो पटक सदरमुकाम बाहिर आयोजना गर्न लागिएको जिल्ला खेलकुद विकास समिति इलामका अध्यक्ष खगेन्द्र बाँस्तोलाले जानकारी दिए । प्रतियोगितामा छात्र र छात्रातर्फ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका बमोजिम चारवटा र जिल्ला खेलकुद विकास समितिको आफ्नै व्यवस्थापनमा एक गरी पाँच वटा विधाको खेल सञ्चालन हुनेछन् । निर्देशिका बमोजिम प्रतियोगित

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • ८५३ पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • धरान एक्स्पोमा ‘पर्यटन गोष्ठी’

    धरान /  धरान एक्स्पो २०७९ मा बुधबार पर्यटन गोष्ठी आयोजना गरेको छ । प्रदेश नं. १ मा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले प्रदेश १ भरिका पर्यटन व्यवसायीबीच गोष्ठीको आयोजना गरिएको हो ।सुनसरीको व्यावसायिक, व्यापारिक, औद्योगिक, कृषि र पर्यटन प्रवर्धनका लागि सञ्चालन भइरहेको एक्स्पोमा गोष्ठी प्रदेश १ को पर्यटन विकास र प्रवर्धनमा केन्द्रित रहेको थियो ।सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा बिहान १०ः३० बाट सुरु भएको गोष्ठीमा पर्यटन व्यवसायी, पर्यटनविद् र सरोकारवालाको उपस्थिती रहेको थियो । एक्स्पोका स्टल संयोजक विष्णु बरालका अनुसार गोष्ठीमा उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी, पर्यटन

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • ९२९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • २३ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

    विजयपुर /  भारतको जिल्लास्तरीय एडिभिजन खेल मान्यता प्राप्त युनाइटेड कस्र्याङ फुटबल क्लब (युकेएफसी) लाई हराउँदै झापाको काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) धरानमा जारी २३ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको उपाधि नजिक पुगेको छ । बुढासुब्बा गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको युकेएफसीलाई ३–१ गोल अन्तरले पराजित गर्दै केएफटिसीले फाइनलमा स्थान सुरक्षित गरेको हो । जारी सिजनमा सर्लाही गोल्डकपमा आयोजकसँग पराजित भएको युकेएफसी दार्जिलिङको जिल्लास्तरीय एडिभिजन खेल मान्यता प्राप्त टिम हो । जितका लागि केएफटिसी झापाका तर्फबाट खेलको २२ औं मिनेटमा जर्सी नम्बर २३ का खेलाडी

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • १,०३४ पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • उत्कृष्ट विद्यार्थी नगदसहित पुरस्कृत

    मोरङ / विराटनगर–९ मा रहेको शिक्षादीप कलेजले उत्कृष्ट हुने विद्यार्थीलाई नगदसहित पुरस्कृत गरेको छ । सोमबार कलेजमा एक कार्यक्रमको आयोजना गरी कलेजले लिएको दोस्रो त्रैमासिक परिक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई कजेलले नगद सहित पुरस्कृत गरेको हो । पुरस्कृत हुनेमा कक्षा ११ र कक्षा १२ मा विज्ञान संकायमा अध्ययनरत ४० भन्दा बढी विद्यार्थी रहेको कलेजका निर्देशक भुपेन्द्र दाहालले जानकारी दिए । पुरस्कृत हुने विद्यार्थीलाई कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडकाले गरेका थिए ।

    • प्रकाशित मितिः फागुन १६, २०७९
    • ८९६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सत्यनारायण र पोखरिया विजयी

    मोरङ / नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर–६ केशलिया पुल नजिक रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट मैदानमा सोमबार भएको अन्तर स्कुल हव लिग क्रिकेट प्रतियोगितामा सत्यनारायण स्कुल र पोखरिया स्कुल विजयी भएका छन् । पहिलो खेलमा सत्यनारायण स्कुलले विनायक स्कुललाई १ सय ६२ रनको विशाल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सत्यनारायणले समुह ए को तीनै खेल जित्दै सेमिफाइनलमा प्रवेश गरेको हो । विनायकले तीनमा २ मा हार र एक मा जित हात पारे पछि प्रतियोगिताबाट बाहिरिएको छ ।  टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित २५ ओभरमा ९ विकेट गुमाई २ सय १६ रनको विहाल स्कोर खडा गर

    • प्रकाशित मितिः फागुन १६, २०७९
    • ८४० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान एक्स्पोमा रोटेपिङ सञ्चालनमा

    धरान /  धरान उपमहानगरपालिकाले अनुमति दिएसँगै धरान एक्स्पोमा सोमबारबाट रोटेपिङ सञ्चालनमा आएको छ । अनुमति नलिई सञ्चालनमा ल्याउन लागिएको भन्दै एक्स्पोको पहिलो दिनबाट नै पालिकाले रोटेपिङमा रोक लगाएको थियो । रोटेपिङ सञ्चालनको विषयमा जानकारी दिँदै एक्स्पोका संयोजक गोपाल श्रेष्ठले सबै प्रक्रिया पूरा भएकाले सोमबार रोटेपिङ सञ्चालनमा आएको जानकारी दिए । ‘आवश्यक प्रक्रिया पूरा गरे पनि पालिकासँग समन्वय हुन बाँकी रहेको थियो त्यसलाई हामीले पूर्णता दिएका छौँ’ एक्स्पो संयोजक श्रेष्ठले भने, ‘पालिकाबाट अनुमति प्राप्त भएसँगै सोमबारबाट एक्स्पोमा रोटेपिङ सञ्चालनमा ल्याएका छौँ ।’

    • प्रकाशित मितिः फागुन १६, २०७९
    • १,०१० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • २३ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

     धरान /  बुढासुब्बा गोल्डकपको २१ औँ संस्करणपछि नेपाल पुलिस क्लबसँग भेट गरेको काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) ले पुलिसविरुद्ध सानदार विजयी हासिल गर्दै हारको बदला पूरा गरेको छ ।२१ औँ संस्करणमा नेपाल पुलिस क्लबसँग हार बेहोरेको केएफटिसीले धरान १६ स्थित रंगशालामा जारी २३ औं बुढासुब्बा गोल्डकपको तेस्रो क्वाटरफाइनल खेलमा जित हाँसिल गर्यो । पुलिसविरुद्धको जितमा निशान लिम्बू नायक बने । निशानले खेलको पूर्वार्धको बीसौँ मिनेट र उत्तरार्धको ३५ औँ मिनेटमा गोल गर्दै केएफटिसीको सेमिफाइनल यात्रा सुनिश्चित गरे । जर्सी नम्बर ७ लगाएर मैदानमा उत्रिएका केफटिसीका खेलाडी यामीको पासमा निशानले पहिल

    • प्रकाशित मितिः फागुन १६, २०७९
    • ९१३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिर्तामोड महोत्सवको समय तीन दिन थपियो

    झापा /  झापाको बिर्तामोडमा सञ्चालित अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवको सयम तीन दिन थप गरिएको छ । उपभोक्ता र अवलोकन कर्ताको आग्रहलाई मध्यनजर गर्दै महोत्सव आयोजक समितिले मेलाको समय अवधि तीन दिन थप गर्ने निर्णण गरेको महोत्सव मूल आयोजक समिति संयोजक राजु न्यौपानेले जानकारी दिए फागुन ५ गतेदेखि सञ्चालित महोत्सव अब फागुन १८ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा सुप्रसिद्ध राष्ट्रिय कलाकारहरु दिपक बज्राचार्य, प्रमोद खरेल, गिरिस खतिवडा, रचना रिमाल र जी– बबको साङ्गितिक प्रस्तुति रहने महोत्सव समितिका सचिव कुशल खतिवडाले जानकारी दिए । आयोजक समितिका अनुसार फागुन १६ गते जी–बव र रचना

    • प्रकाशित मितिः फागुन १५, २०७९
    • ९३९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved