विराटनगर / विराटनगरमा निकालिने राधाकृष्ण रथयात्राको तयारीलाई तीव्र पारिएको छ । बिहीबार विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको नेतृत्वमा रथ घुमाउने रुटमा पर्ने केवल, नेट, विद्युतको तार र सडकको अवस्थाका विषयमा निरीक्षण गरिएको छ । रथ घुमाउन सहज हुनेगरी तारको व्यवस्थापन र सडक र फुटपाथलाई व्यवस्थित बनाइने मेयर कोइरालाले बताउनुभयो । यसपटकको रथयात्रामा ५ वटै महानगरका प्रमुख, मोरङका सबै पालिकाका प्रमुख र उपप्रमुखलाई निमन्त्रणा गरिने उहाँले जानकारी दिनुभयो । मेयर कोइरालाले विराटनगरको पहिचानसित जोडिएकाले यसपटकको रथयात्रालाई भव्य बनाइने बताउनुभयो । महानगरको संयोजनमा यसपटकको रथयात्रा हुँदैछ । महा
विराटनगर। विराटनगरमा ‘तनस्का फेसन शो रनवे’ हुने भएको छ । विराटनगर–३ पिपल चोकस्थित तनस्का फेसन स्टुडियोले यही साउन २० गते फेसन शो गर्न लागेको हो । आयोजक तनस्का फेसन स्टुडियोले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरेर फेसन शो को तयारी भइरहेको जानकारी दिएको छ । नेपाली फेसन डिजाइनरहरूको कला प्रदर्शन गर्दै उनीहरूको क्षमतालाई राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यले फेसन शो गर्न लागिएको तनस्का फेसन स्टुडियोका सञ्चालक बनिसा शर्मा कटेलले जानकारी दिइन् । ‘नेपालमा पनि निकै उत्कृष्ट फेसन डिजाइनरहरू हुनुहुन्छ, हामीसँग भएका डिजाइनरहरूको कलालाई फेसन शो का माध्यमबाट स
धरान । धरानका विभिन्न सामाजिक कार्यको सहयोगार्थ धरानमा कोरा साइक्लिङ च्यालेन्ज हुने भएको छ । कोरा धरान २०२३ कमिटीको आयोजनामा धरान आसपासका क्षेत्रहरुमा ३८ किलोमिटर साइक्लिङ हुने आज पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । विगत ६ वर्ष देखि कोरा साइक्लिङ च्यालेन्ज गर्दै विभिन्न सामाजिक कार्यमा सक्रिय रहेको कोरा धरानले यस वर्षको मुल नारा ज्येष्ठ नागरिकका लागि साईकल यात्रा रहेको छ । जुलाई १५ शनिबार मनाइने साइकल डे को अवसरमा धरानमा हुने कोरा साइक्लिङ च्यालेन्जमा बिराटचौंक, सुन्दर हरैचा, इटहरी, तरहरा, विराटनगर, काठमाण्डौं लगायतबाट करिब २ सय जना साइक्लिस्टहरुको उपस्थिती रहने कार्यक्रम संयोजक विनयलाल श
धरान । खेलाडीलाई सहयोग गर्नका लागि पूर्व खेलाडीहरुले व्यक्तिगत रुपम अक्षयकोष स्थापना गरिदिएका छन् । धरानका पूर्व खेलाडी केन्द्र लिम्बु र धरान फुटबल क्लबका कोच समेत रहेका सागर घिमिरेले संयुक्त रुपमा १ लाख ५० लाखको स्थापना गरिदिएका हुन् । अक्षय कोषमा केन्द्र लिम्बुले १ लाख र सागर घिमिरेले ५० हजार जम्मा गरेका हुन् । विशेष गरेर फुटबल खेलाडी खेल्ने क्रममा घाइते भएको अवस्थामा सहयोग गर्ने उद्देश्यले सहयोग पु¥याउन अक्षय कोष स्थापना गरिएको अक्षयकोषका परिकल्पनाकार सागर घिमिरेले बताए । धरान १० फुड गार्डेन रेष्टुरेन्टमा आयोजित कार्यक्रममा अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय मानार्थ उपाध्यक्ष, को
धरान/ माध्यमिक शिक्षा परिक्षा दिएर बसेका बिद्यार्थीहरुका लागि आयोजना गरिएको एस.ई.ई.स्पिकरका बिजेताहरुलाई बुधबार पुरस्कार बितरण गरिएको छ। र्याडिकल लाईट नेपाल प्रा.लि.धरान द्वारा आयोजित एस.ई.ई.स्पिकर सिजन-३ का बिजेताहरुलाई धरान उप-महानगरपालिका वडा नम्बर १३ को वडा कार्यालय स्थित वडा बाल सन्जालको भवनमा एक कार्यक्रमका बिच नगद पुरस्कार बितरण गरिएको हो। प्रा.लि.का अध्यक्ष तिर्थ कार्की, धरान-१३ का वडा अध्यक्ष नेत्र प्रसाद काफ्ले र शान्ति अभियन्ता राम बहादुर लिम्बुले बिजेताहरुलाई अबिर र खदा सहित नगद पुरस्कार बितरण गरे। बिजेताले २० हजार नगद सहित प्लस टु अध्ययनका लागि पुर्ण
धरान/ युनाईटेड डान्स एकेडेमी धरानद्वारा आयोजित `म पनि के कम´ गायन प्रतियोगिता सिजन २ र स्कुल डान्स आइडल सिजन ७ को अडिसन राउन्डको समापन भएको छ । एकेडेमीले धरान ९ स्थित रत्न ईन होटलमा गायन तर्फको सेमिफाइनल राउन्ड र नृत्य तर्फको अडिसन राउन्ड सम्पन्न गरेको हो । गाायन तर्फको सेमिफाइनल राउन्डमा १ सय जनाबाट २१ जना विद्यार्थी छनौट गर्दै फाइनलमा प्रवेश गरेका छन् । नृत्य तर्फ जुनियरमा ९२ बाट ३५ जना छनौट हुँदै फाइनल प्रवेश गरेका छन् भने सिनियर तर्फ ६० बाट २० जनालाइ सेमिफाइनलमा छनौट गरिएको छ । एकेडेमीले आयोजना गरेको धरान नगर स्तरिय गायन र नृत्य प्रतियोगितामा धरानका २५ वटा भन्दा बढी वि
धरान / धरानमा दुई दिने दोस्रो अन्तर्राष्ट्रिय धरान साहित्य तथा साँस्कृतिक पर्यटन महोत्सव आजबाट शुरु भएको छ । साहित्य, कला, सँस्कृति प्रतिष्ठान धरान उपमहानगरपालिका वडा नं. १३ को आयोजनामा आषाढ १६गते सम्म चल्ने महोत्सवको उद्घाटन गरिएको छ । गत बर्षको प्रथम अन्तर्राष्ट्रिय धरान साहित्य तथा साँस्कृतिक पर्यटन महोत्सवको सफलताबाट उत्साहित भएका आयोजकले यसलाई पुन: निरन्तरता दिनकै लागि महोत्सवको आयोजना गरेको जनाएको छ । साहित्य, कला सँस्कृति प्रतिष्ठानको संरक्षक वडा नं. १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेलेका अनुसार भारतबाट ४५ जना, भुटानबाट १ जना, बर्माबाट २ जना साहित्यकारको धरानमा जमघट भएको छ । पर
धरान / धरान संगीत प्रतिष्ठानले धरानमा शुक्रबार साँझ विश्व संगीत दिवस भव्यताका साथ मनायो । धरान १५ चुम्लुङहिममा आयोजित कार्यक्रममा सांगीतिक माहौलका बीचमा धरानको खानेपानी समस्याको चर्चा समेत भएको थियो । धरान संगीत प्रतिष्ठान १० बर्ष पुगेका अवसर तथा विश्व संगीतको अवसरमा धरान १५ चुम्लुङ हिम भवनमा सांगीगित कार्यक्रम भयो । कार्यक्रमम धरानका मेयर हर्क साम्पाङ, धरानबाट गायनकर्मका लागेर राष्ट्रिय स्तरमा चर्चा परिचर्चा कमाएका गायक दिप श्रेष्ठ, लोचन भट्टराई लगायत स्थानीय गायक गायिका, बुद्धिजीविहरुको उल्लेख्य उपस्थिति रहेका थिए । २०७० सालमा स्थानीय गायक एवम राजनीतिककर्मी अजय राईको परि
विराटनगर / प्याब्सन जिल्ला स्तरीय चित्रकला प्रतियोगिताको उपाधि विराटनगरको बूढानिलकण्ठ अ. मा. वि.का सिरिन भट्टराई र रंगेलीको सनराइज नेशनल स्कुलका रामसुन्दर साहले जितेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङले विराटचोकमा शुक्रबार आयोजना गरेको चित्रकला प्रतियोगिताको फाइनलमा सिनियरतर्फ बूढानिलकण्ठ र जुनियरमा सनराइज स्कुलले उपाधि जितेको हो । सिनियरतर्फको द्धितीय उर्लाबारीस्थित सप्तकोशी स्कुलका संकल्प ढकाल, तृतीय विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलकी कृतिका यादव र चौथो बेलबारीस्थित भानुभक्त स्कुलका रासिक विक घोषित भए । यसैगरी जुनियरतर्फको द्धितीय सुन्दरहरैचास
काठमाडौं/ जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको छ । टिकटक प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार नगद, द्वितीय पुरस्कार ३० हजार, तृतीय २० हजार र सान्त्वनालाई १० हजार रुपैंया नगद पुरस्कारको व्यवस्था गरिएको छ । टिकटक प्रतियोगिताको निर्णायकमा नायक रमेश उप्रेती, नायिका बेनिशा हमाल र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली हुनुहुन्छ । प्रेस चौतारी नेपालले मदन भण्डारीको जन्मजयन्ती असार १४ को अवसरमा हरेक बर्ष विविध कार्यक्रम आयोजना गर्दै आएको छ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा बसेको बैठकले यस बर्ष टिकटक प्रतियोग