धरान । एन्फा एकाडेमीले फुटबल खेललाई व्यवसायीक बनाउने उद्देश्यले दिएको प्रशिक्षणमा प्रशिक्षण लिन आउनेहरुको रुचि बढेको पाइएको छ । केही दिन अघि एन्फामा संचालन भएको प्रशिक्षणमा ३१ जना विद्यार्थीहरुले प्रशिक्षण लिएका थिए । सुनसरीबाट छानिएका ३१ जनालाई प्रशिक्षण दिएर राष्ट्रिय स्तरको खेलाडी छनौटका लागि एन्फा एकेडेमी धरानले पठाइसकेको छ । अन्य जिल्लाहरुमा पनि एन्फाले विद्यार्थीहरुलाई फुटबल प्रशिक्षणमा आकर्षित गर्न कार्यक्रमहरु संचालन तयारी थालेको छ । अन्तर्राष्ट्रिय स्तरमा फुटबलको क्रेज बढेसंगै एन्फाले समेत ग्रास लेबलबाट प्रशिक्षणलाई तिब्रता दिएसंगै फुटबल सिक्नेको सहभागिता बढेको हो । विगतमा अध्ययनलाई
धरान/ लिला श्रेष्ठ सुब्बा स्मृति राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा मेन्स सिंगलतर्फ अमरलाल श्रेष्ठ र लेडिज सिंगलतर्फ दीक्षा दाहाल प्रथम भएका छन् ।धरान उपमहानगरपालिकाको आयोजना तथा खेलकुद समितिको संयोजनमा धरान १३ अमरहाटस्थित कभर्ड हलमा आयोजित प्रतियोगितामा मेन्स सिंगलतर्फ बोद्धित डिसी दोस्रो भए भने राजेश भट्टराई र महाविर चौधरी तेस्रो भए । यस्तै, लेडिज सिंगलतर्फ गीता भुजेल दोस्रो भइन् भने मारिया थापामगर र प्रकृति राना तेस्रो भइन् । मेन्स र लेडिज सिंगलतर्फ प्रथम हुनेलाई ट्रफी र मेडलसहित नगद २०÷२० हजार रुपैयाँ पुरस्कार प्रदान ग रिएको छ । यस्तै दोस्रो हुनेले नगद १०÷१० हजार, तेस्रो
इटहरी । गिरिजाप्रसाद कोइराला फाउन्डेसन युवा तथा खेलकुद विभाग प्रदेश नं. १ को आयोजनामा बिहीबार देखि प्रदेश एक नगरपालिका स्तरीय फुटवल प्रतियोगिता हुने भएको छ । सुनसरीको इटहरीमा मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजक टोलिका प्रदेश एक संयोजक सूर्य राईले खेलको सम्पूर्ण तयारी पुरा भइसकेको बताए । उनले फुटबल इटहरीस्थित क्षेत्रीय रंगशालामा हुने जानकारी दिएका छन । खेलमा प्रदेश एकबाट एक महानगर, दुइ उपमहानगर र ६ वटा नगरपालिकाका टिम गरी कुल ८ वटा टिमले भाग लिने जनाइएको छ । आयोजकका अनुसार इटहरी, विराटनगर, धरान, उदयपुर, उर्लाबारी, दमक, इनरुवा र धनकुटा सहित ८ वटा समुहले खेलमा भाग लिने जनाइएको छ । खेलमा बिजेता
धरान । २१ औं गोधुली रनिङ कपको उपाधि धरान १४ ले हात पारेको छ । शनिबार धरान १६ स्थित धरान रंगशालामा भएको फाइनल खेलमा धरान १६ लाई हराउँदै १४ ले उपाधि हात पारेको हो । फाइनल खेलको निर्धारित समय २–२ गोलको बराबरीमा टुङिगए पछि अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि दुवै टिमबाट थप गोल हुन नसके पछि खेल पेनल्टी सुटआउटमा पुगेको थियो । पेनेल्टी सुटआउटमा धरान १४ ले ३ का विरुद्ध ४ गोलको अन्तरले धरान १६ लाई हराएको थियो । धरान १४ ले विजेताको उपाधि सहित १ लाख रुपैया नगद पुरस्कार र ट्रफि हात पारेको छ । उपविजेता बनेको धरान १६ ले नगद पुरस्कार ५० हजार सहित ट्रफिमा चित्त बुझाएको छ । फागुन २२ गते द
धरान / प्रथम प्रदेश १ स्तरीय बराह गु्रप महिला पुरुष अन्तर कलेज वास्केटवल प्रतियोगिताको उपाधि डिपो क्याम्पस र महेन्द्र क्याम्पस धरानले हात पारेको छ । विहिवार भएको फाइनल खेलमा डिपो क्याम्पसले महिला तर्फको भने महेन्द्र क्याम्पसले पुरुष तर्फको उपाधि जितेका हुन । विजेता महिला टिमले नगद १० हजार उपविजेता टिमले नगद ५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन । पुरुष तर्फका विजेता टिमले नगद १५ हजार र उपविजेता टिमले नगद ७ हजार ५ सय रुपैया सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन । विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका प्रमुख तिलक राई, सभाध्यक्ष नेपाल बास्केटवल संघक
इलाम/ कोरोना भाइरस सङ्क्रमणका कारण लामो समयसम्म बन्द भएको जिल्लाको खेलकुद गतिविधि जुर्मुराउन थालेको छ । कोरोना सङ्क्रमणका कारण बन्द रहेको खेलकुद गतिविधि फाट्टफुट्ट हुन थालेका छन् । यति बेला जिल्लाका विभिन्न ठाउँमा प्रतियोगिता सम्पन्न भइसकेका छन् भने कतिपय प्रतियोगिता शुरु हुन लागेका छन् । माई नगरपालिकामा गत फागुन २१ गते शुरु भएको वडास्तरीय प्रथम सुखानी शहीद स्मृति पूmटबल प्रतियोगिताको फाइनल २९ गते सम्पन्न भयो । माई–४ को शुक्रबारे खेल मैदानमा महिला र पुरुषतर्पm प्रतियोगिताको आयोजना गरिएको थियो । राष्ट्रिय स्तरका खेलाडी छनोट गर्ने उद्देश्यले युवा सङ्घ, माई नगर कमिटीले प्रतियोगि
इटहरी/ मोरङको सुन्दरहरैँचास्थित गछियामा सम्पन्न एक नम्बर प्रदेशस्तरीय पुरूष भलिबल प्रतियोगिताको उपाधि झापाको दमकले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा आयोजक जनसहयोग युवा क्लब सुन्दरहरैँचालाई ३–० को सोझो सेटमा पराजित गर्दै दमकले उपाधि जितेको हो । उपाधि विजेता दमकले १ लाख १ हजार १ सय ११ रूपैयाँसहित ट्रफी पाएको छ । उपविजेतामा चित्त बुझाउन बाध्य आयोजकले ५१ हजार १ सय ११ रूपैयाँ र ट्रफी पाएको छ ।यस्तै, आइतबार नै तेस्रो स्थानका लागि भएको खेलमा सुनसरीको रामधुनीलाई पराजित गर्दै विमान ट्रेडर्स बिर्तामोड विजयी भएको छ । तेस्रो भएको बिर्तामोडले नगद २५ हजार १ सय ११ रूपैयाँ र ट्रफी हात प
धरान/ धरानमा भइरहेको २१ औँ गोधुँली फूूटबल रनिङ कपमा सोमबारको खेलमा १३ नं. वडा विजयी भएको छ ।सोमबार भएको खेलमा १३ नं. वडाले ४ नं. वडालाई ८–० को फराकिलो अन्तरमा पराजित गरेको हो । नकआउटका आधारमा भइरहेको प्रतियोगितामा अब १३ नं. वडाले प्रि–क्वाटर फाइनलमा ५ नं. वडासँग प्रतिस्पर्धा गर्नेछ । १३ नं. वडाका लागि परिवर्तन कपाली एक्लैले ४ गोल गरे भने अशोक कटवालले २ गोल र सुशान्त राईले एक गोल गरे । अर्काे गोल भने ४ नं. वडाका शङ्कर नेपालले आत्मघाती गोल गरेका थिए । खेलका म्यान अफ द म्याच १३ नं. वडाका परिवर्तन कपाली घोषित भए । उनलाई १५ सय रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा म
धरान/ फूटबलप्रति स्थानीयको मोहका कारण केही वर्ष अघिसम्म धरानले ‘मिनी ब्राजिल’ को उपमा पाएको थियो । फूटबलप्रतिको लगाव र राज्यको लगानी कमजोर बन्दै गर्दा ‘मिनी ब्राजिल’ को उपमा जोगाउन धरानलाई सकस परिरहेको छ । पछिल्लो समय उपयुक्त खेलमैदानहरूको अभाव हुँदा खेलाडीहरूले अभ्यास गर्न पाएका छैनन् । धराने युवामा फूटबलप्रतिको मोह कम भएको छैन तर पर्याप्त र पूर्वाधारयुक्त खेलमैदानहरू नहुँदा स्तरीय खेलाडीहरू उत्पादन हुन सकेको छैन । केही वर्ष अघिसम्म नगरमा जताततै फूटबलका अभ्यासहरू हुने गर्दथे । अहिले ती खेलमैदानहरू मासिँदै गएका छन् । भएका केही खेलमैदानमा पनि पूर्वाधार छैनन् । धरानभित्
धरान/ राष्ट्रिय तेक्वान्दो सङ्घको सुनसरी जिल्ला समितिको आयोजनामा यही फागुन २८ र २९ गते सञ्चालन हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि प्रदेश १ का खेलाडी छनोट सम्पन्न भएको छ । इटहरीको कबिर माविमा शनिबार भएको छनोट प्रतियोगितामा प्रदेशभरका दुई सयभन्दा बढी प्रतियोगी सहभागी थिए । तीमध्ये फाइटतर्पm १२ र पुम्सेतर्फ ६ जना गरी १८ खेलाडी छनोट भएका छन् । प्रतियोगितामा सातै प्रदेशबाट एक–एक तथा नेपाल स्कुल स्पोर्टस् फेडेरसन र आयोजकका एक–एक गरी ९ टिम सहभागी हुने राष्ट्रिय तेक्वान्दो सङ्घका प्रदेश १ सचिव सूर्य दङ्गालले बताए । प्रदेश १ बाट महिला जुनियर ३० देखि ३५ केजी तौल समूहबाट पथर