धरान । खुला सिमानाका भएका कारण तराईका विभिन्न स्थानबाट अवैध लागुपदार्थ ओसारपसार बढ्दै गएको छ । भारतीय बजारबाट लागुऔषधहरु ओसारपसार गर्न तराई क्षेत्रका युवाहरु प्रयोग हुने गरेका छन् ।सुनसरीको तल्लो क्षेत्रका सिमानाकाबाट पनि दैनिक जसो अवैध लागुऔषधहरु भित्रिने गरेका छन् । यसै बिच सुनसरी जिल्ला प्रहरी कार्यालयले विहिबार ४९ बोतल डाइलेक्स डिसि १ सय एमएल पक्राउ गरेको छ । इनरुवा नगरपालिकाको वडा नम्बर १ स्थित गोलपार्क नजिकै प्रहरीको टोलिले ४९ बोतल डाइलेक्स सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको टोलिले हरिनगर गाउँपालिका वडा नम्बर ६ स्थित घुस्की बस्ने वर्ष १९ का मो. इन्तियाज अंसारी र घुस्की बजार
इलाम / जबर्जस्ती करणी गरी फरार रहेका दुई अभियुक्त पक्राउ परेका छन् । इलामको चुलाचुली–३ का ३० वर्षीय मिलन भनिने अनिश राई र ३१ वर्षीय जितकुमार भनिने निश्चल राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ । विसं २०६४ मा झापा साधुहोली जङ्गलमा सामूहिकरूपमा जबर्जस्ती करणी गरी फरार रहेका उनीहरुलाई विशेष खोजी अभियान नै सञ्चालन गरेर पक्राउ गरिएको इलामका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार दुवैलाई २०६७ फागुन ११ गते जिल्ला अदालतबाट ११ वर्ष एक महिना १५ दिन कैद र जनही रु २१ हजार जरिवाना तोकिएको थियो । दुवैलाई जिल्ला अदालतमा
धरान/ विश्वव्यापी महामारी नियन्त्रण गर्न ६ महिना देखि जारी गरिएको लकडाउन, निषेधाज्ञा केही खुकुलो भएर जन जिवन सामान्यकरण हुदैँ गएको बेला र्सलाहीमा भने कर्फ्यु जारी गरिएको छ । हिन्दु र मुस्लिम समुदाय बिच भएको विवादका कारण जिल्ला प्रशासन कार्यलय र्सलाही जिल्ला सदरमुकाम क्षेत्रमा शनिबार दिउँसो १ः३० देखि आइतबार विहान ८ सम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो । गत असोज १ गते विश्वकर्मा पूजाका दिन पूजा गरिएको मूर्ति शुक्रबार सेलाउन जाने क्रममा दुई समुदाय विवाद भएको हो । शुक्रबार हिन्दु समुदायका मनिसहरु मूर्ती ट्याकटरमा राखेर डिजे बजाउँदै मुस्लिम समुदायको मस्जिद रहेको नजिकै को पोखरीमा गएपछि दु
इटहरी । पाँच वर्ष अघि हत्या भएकी इटहरीकी एक बालिकाको दोषिहरु अहिले सम्म पक्राउ पर्न नसक्नुले प्रहरी प्रशासन माथि नै प्रश्न उठ्न थालेको छ । गत २०७२ फागुन २० गते इटहरीकी १४ वर्षिया बालिका सपना भुजेलको हत्या भएको थियो । इटहरी ३ स्थित याक्थुङ चौकमा हत्या गरि फालिएको अवश्थामा उनको शव फेला परेको थियो । भुजेलको हत्या भएको ५ वर्ष बितिसक्दा पनि उनका हत्यारा पत्ता लाग्न सकेको छैन् । प्रहरी प्रशासनले हत्यामा संलग्न दोषिहरुको अझै पनि पहिचान नै गर्न नसक्दा प्रहरीको अनुसन्धानमा नै प्रश्न खडा भएको छ । २०७२ साल फागुन यता इलाका प्रहरी कार्यालय इटहरीमा ८ जना प्रहरी प्रमुखहरू परिवर्तन भइसकेका छन् । ५ वर्षको अव
धरान । सार्बजनिक पदमा रहदा पदको दुरुपयोग गरि गैरकानुनी रुपमा सम्पत्ती आर्जन गरेको आरोपमा धरान स्थित वि।पी। कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पुर्ब उपकुलपति प्रा।डा। बलभद्र प्रसाद दासलाइ अख्तियार अनुसन्धान आयोगले मुद्दा चलाएको छ । दासले सार्वजनिक पदमा वहाल रहदा ७ करोड ७१ लाख ९२ हजार ८ सय ६० रुपैया गैरकानूनी सम्पत्ति आर्जन गरेको पुष्टि भए पछि उनी माथी मुद्दा दायर गरियेको हो । उनी २०५० सालमा असिस्टेन्ट रजिस्ट्रार बाट प्रतिष्ठानमा प्रबेश गरेका थिए । आयोगले सार्बजनिक गरेको बिज्ञप्ति अनुसार तत्कालीन डा। बलभद्र प्रसाद दासले सार्वजनिक पद धारण गरेको मितिदेखि अनुसन्धान गर्न कायम गरिएको मिति २०७६
धरान । भारत तर्फ चोरी निकासी गरि लादै गरेको अवश्थामा जिल्ला प्रहरी कार्यालय सुनसरी सहितको देवानगंजको संयुक्त प्रहरीको टोलिले गाईको बाछा बाछी सहित एउटा मिनिट्रक बरामद गरेको छ । जिल्लाको देवानगंज गाउँपालिकाको वडा नम्बर २ स्थित देवानगंज घुस्की सडक खण्डमा भारत तर्फ लादै गरेको अवश्थामा १२ वटा गाईको बाछा र एउटा गाईको वाछी बरामद गरेको हो । को १ ख ३५७१ नम्बरको मिनि ट्रकमा बाछाबाछी लादै गरेको अवश्थामा मिनि ट्रक सहित प्रहरीले ३ जनालाई पनि पक्राउ गरेको छ । देवानगंजकै वडा नम्बर २ बस्ने ३६ वर्षिय जाहिद अन्सारी, हरिनगर गाउँपालिका वडा नम्बर ६ बस्ने २१ वर्षिय मो. फमाज र २५ वर्षिय मो. अस्लमलाई पक्राउ गरेको ह
इटहरी । बालिका बलात्कारको अभियोगमा इटहरी ५ पचरुकी डेरा गरेर बस्ने प्रतिक राइ पक्राउ परेका छन । गत मंगलबार १२ वर्षिया बालिकालाइ पैसा दिने प्रलाेभनमा पारी जबरजस्ती बलात्कार गरेकाे घटना बाहिरिएपछि पिडित परिवारले दिएकाे किटानीकाे अाधारमा राइलाइ पक्राउ गरिएकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ । भाेजपुर जिल्लाकाे षडानन्द गाउपालीका अन्तरगत दाेभाने घर भएका राइ इटहरी स्थित एक कलेजमा अध्ययनरत छन । घटनालाइ बाहिर ल्याए परिवार नै सिध्याउने धम्कि दिएपछि बालिकाले घटना लुकाएकि थिइन । बालिकालाइ केहि दिन यता निरास देखेपछि परिवारका सदस्यले ललाइ फकाइ गरेर साेध्दा घटना बाहिरिएकाे थियो । घटनाबारे थप
इटहरी । इलाका प्रहरी कार्यालय इटहरीमा आएका नयाँ प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक अर्जुन केसीले कानुन संग सम्झौता नगरी काम गर्ने प्रतिवद्धता जाहेर गरेका छन । इटहरीका पत्रकार संगको भेटघाट तथा परिचयात्मक कार्यक्रममा नयाँ डिएसपि केसीले भने, `यस अघिका प्रहरी प्रमुखहरूले के गर्नुभयो के गर्नुभएन त्यो थहा नभएको तर आफु रहुन्जेल राम्रो काम गरेर इटहरीवासीको मन जितेर बिदा हुनेमा बिस्वस्त छु।´ इटहरी भित्र रहेका मुख्य चुनौतिका बिषयहरू अध्ययन गरि अपराधिक गतिविधिलाइ हदै सम्म निर्मुल बनाउनेमा आफु कटिवद्ध रहेको पनि उनले बताए । प्रहरी कार्यालयलाइ सञ्चारमैत्रि बनाउन इटहरी क्षेत्रमा रहेर पत्रकारीता ग
सुनसरी । कोशी गाउँपालिका वडा नम्बर २ पश्चिम कुशाहामा भएको दुई पक्षको झडपको विषयमा प्रहरीले जाहेरी दर्ता गर्न नमानेको पीडित पक्षले गुनासो गरेका छन् । भदौ २५ गते राती कोशी गाउँपालिका वडा नम्बर २ पश्चिम कुशाहामा तिलक यादव र मनोज यादव सहितको समूह र जागेश्वर यादव समूहको बीचमा भएको झडपमा जागेश्वर समूहका तीन जना घाईते भएको र ज्यान मार्ने उद्देश्यले आक्रमण भएको भन्दै कर्तव्य ज्यान उद्योगमा जिल्ला प्रहरी कार्यालय सुनसरीमा शुक्रबार किटानी जाहेरी दिएकोमा दर्ता गर्न नमानेको पीडित पक्षले शनिबार पत्रकार सम्मेलन गरी गुनासो गरेका हुन् । पीडित पक्षका विरेन्द्र यादवका अनुसार कोशी गाउँपालिका वडा नम्बर २ पश्चिम
इलाम / भारतबाट अवैध रुपमा नेपाल ल्याईदै गरेको बिभिन्न सामान इलाका प्रहरी कार्यालय पशुपतिनगरले पक्राउ गरेको छ । कस्मेटीक आईटम , प्लाष्टिकका सामान, भाडा बर्तन , मोती माला गरी ९० हजार रुपियाँ बराबरको सामान इलामको पशुपतिनगरबाट गरेको हो । भारतबाट भन्सार छलेर नेपाल ल्याउदै गरेको सामान सूर्योदय नगरपालिका २ चारमाईलबाट इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक रमेश राईको कमाण्डमा खटीएको प्रहरी टोलीले पक्राउ गरी पशुपतिनगर भन्सारमा बुझाईएको छ । प्रहरी निरीक्षक राईले लकडाउनको समयमा भन्सार छलेर सामान ल्याउने क्रम जारी रहेकाले सीमा क्षेत्रमा निगरानी बढाईएको बताए ।