कटहरेकी बालिकाको हत्याको आरोपमा एक जनालाई म्याद थप

  • आश्विन ११, २०७७
  • कोशीपत्र/संवाददाता
alt

धरान । बराहक्षेत्र नगरपालिका कटहरेकी १२ वर्षिय बालिकाको हत्यामा संलग्न एक जनालाई पक्राउ गरि ५ दिनको म्याद थप गरेको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरले शनिबार आशंकामा ८ जनालाई नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा १ जनालाई सुनसरी जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धानको कार्य शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

गत शुक्रबार बराहक्षेत्र १ की १२ वर्षिय बालिका मिना राईको आफ्नै घरमा हत्या भएको थियो । ज्यान सम्बन्धी अनुसन्धनमा प्रयोग गरिनै लैला नामको कुकुरको प्रयोग गरिएको थियो । अनुसन्धानबाट कर्तव्य गरी मार्ने वर्ष १५ का एक युवालाई थप अनुसन्धानका लागि म्याद थप गरिएको प्रहरीले जनाएको छ । शुक्रबार राती मृतक मिना राईकी आमा बुबा समेत छिमेकीको घरमा राखिएको चिन्ता बस्ने ठाउँमा गएका थिए । रातको १० बजे तिर घर फर्किएकी मिना मृत अवश्थामा बुबा आमाले भेटेका थिए ।

पक्राउ परेका युवालाई मुलुकी अपराध संहिता ऐन २०७४ को ज्यान सम्बन्धी कसुर गरेको अभियोगमा अदालतबाट म्याद थप गरिएको छ ।

 

ज्येष्ठ नागरिकलाई भ् ...

धरान/ स्थानीय सरकारले लक्षित वर्गको बजेट छुट्याएको ...

वराहक्षेत्रको बाक्सि ...

वराहक्षेत्र/ गाउँमा मोटर बाटोसंगै चारपाङ्गे गाडि आ ...

कोशी सरकार : आज मुख् ...

मोरंग/ कोशीप्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार् ...

श्रमसँस्कृतिले धरानक ...

धरानको इतिहास पुरानो छ । इतिहास जतिकै पुरानो अर्को उपना ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved