पाँच वर्ष देखि गुमनाम इटहरी बालिका हत्याकाण्ड

  • आश्विन २, २०७७
  • तेजबहादुर बन
alt

इटहरी । पाँच वर्ष अघि हत्या भएकी इटहरीकी एक बालिकाको दोषिहरु अहिले सम्म पक्राउ पर्न नसक्नुले प्रहरी प्रशासन माथि नै प्रश्न उठ्न थालेको छ ।

गत २०७२ फागुन २० गते इटहरीकी १४ वर्षिया बालिका सपना भुजेलको हत्या भएको थियो । इटहरी ३ स्थित याक्थुङ चौकमा हत्या गरि फालिएको अवश्थामा उनको शव फेला परेको थियो । भुजेलको हत्या भएको ५ वर्ष बितिसक्दा पनि उनका हत्यारा पत्ता लाग्न सकेको छैन् । प्रहरी प्रशासनले हत्यामा संलग्न दोषिहरुको अझै पनि पहिचान नै गर्न नसक्दा प्रहरीको अनुसन्धानमा नै प्रश्न खडा भएको छ ।

२०७२ साल फागुन यता इलाका प्रहरी कार्यालय इटहरीमा ८ जना प्रहरी प्रमुखहरू परिवर्तन भइसकेका छन् । ५ वर्षको अवधि बितिसक्दा कुनै पनि प्रहरी प्रमुखले बालिका भुजेलको हत्यामा संलग्न अभियुक्तहरू पक्राउ गर्न नसक्दा हत्या काण्ड नै ढिसमिस हुन पुगेको छ ।

५ वर्ष अघि भएको घटनाको अघिल्लो रात छिमेकमा टिभी हेर्न भनी हिँडेकी सपना बिहानसम्म नआएपछि परिवारजनले खोजी गरेका थिए । खोजीको क्रममा सपनाको शव घरदेखि सय मिटर पर काँसघारीमा हत्या गरिएको अवस्थामा फेला परेको थियो ।
बोलिदिने मान्छे कोहि नहुँदा र पहुँचमा मान्छे नभइदिदाँ इटहरीकि सपना भुजेल हत्याकाण्ड अहिले ओझेलमै परेको छ । सपना भुजेलको हत्याको समय इटहरीमा नेपाल प्रहरीको अपराध अनुसन्धानमा नाम कमाएर चर्चामा रहेका तत्कालिन डिएसपी ओम अधिकारीले जिम्मेवारी सम्हालेका थिए ।

उनले घटनाको बिषयमा गम्भिर भएर चासो राख्दै अनुसन्धान प्रक्रियालाइ अघि बढाएका थिए । तर अनुसन्धान नसकिदै उनको सरूवा भएपछि इटहरीमा आएका प्रहरी प्रमुखहरूले घटनाबारे कुनै चासो राखेनन् । मृतक सपनाका आफन्तहरू पहुँचवाला नभइदिदाँ हत्याकाण्ड नै ढिसमिस हुन पुगेको छ ।

एक वर्ष इटहरी आएका तत्कालिन प्रहरी प्रमुख डिएसपी धर्मराज भण्डारीले पनि सपना भुजेल हत्या काण्ड फायल खोलेर अभियुक्त पक्राउ गर्ने भनि पत्रकारकै अघि बोलेका थिए । उनले अभियुक्त पक्राउ गरेरै छोडने बताइरहँदा सपनाको परिवारमा पुनः आशा जागेको थियो । तर उनले गरेको घोषणा कागजमै सिमित बनिन पुग्यो । तत्कालिन डिएसपी भण्डारीले पनि घटनाको एक छेउ सम्म पत्ता लगाउन नसक्दै उनको पनि सरूवा भयो ।

छोरीको हत्यारा खोज्दै बाबुआमाले भएको सबै सम्पति पनि सिध्याइसकेका छन तर अहिले सम्म प्रहरी प्रशासनले घटनाको एक छेउ नि पत्तो लगाउन सकेको छैन । आफु गरिब भएकै कारण न्याय नपाएको ससपनाकी आमा राधा भुजेल बताउँछिन । छोरीको हत्यारा पत्ता लगाउन घटना भएको बेला केहि समुहले बोलेपनि पछि कतैबाट साथ र सहयोग नपाएको आमाको भनाइ छ । उनले भनिन्, “धनि मनी र हुने खाने भएको भए पैसाले किनेर भए नि न्याय पाइन्थीयो होला तर गरिब भएकै कारण हामिले न्याय पाएनौ ।’

आर्थिक अवस्था नाजुक रहेको परिवारमा सम्पतिको नाममा एउटा सानो झुपडी मात्रै बाकि रहेको छ ।
यता बालबालीका तथा महिला अधिकारकर्मी तथा मानव अधिकारकर्मीहरूले समेत घटनाको बिषयमा जानकार भएर पनि चुप बसिदिदाँ सपना भुजेल हत्या काण्ड गुमनाम बनेको छ ।

केही दिन अघि इटहरीको सुरक्षाको जिम्मेवार सम्हाल्न प्रहरी प्रमुखमा अर्जुन केसी आएका छन् । घटनाको बारेमा केही जानकारी नभए पनि अनुसन्धानको प्रक्रिया अघि बढाउने र दोषि पत्ता लगाउने प्रतिबद्धता जनाएका छन् ।

अनेमसंघ मोरङको अध्यक ...

मोरङ/  नेकपा एमाले निकट अखिल नेपाल महिला संघ ...

ज्येष्ठ नागरिकलाई भ् ...

धरान/ स्थानीय सरकारले लक्षित वर्गको बजेट छुट्याएको ...

वराहक्षेत्रको बाक्सि ...

वराहक्षेत्र/ गाउँमा मोटर बाटोसंगै चारपाङ्गे गाडि आ ...

कोशी सरकार : आज मुख् ...

मोरंग/ कोशीप्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved