वराहक्षेत्र कटहरेकी बालिकाकाे हत्या आशंकामा ६ जना पक्राउ

  • असोज १०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

बराहक्षेत्र । शुक्रबार राती मृत भेटिएकी एक बालिकाको हत्याको आशंकामा इलाका प्रहरी कार्यालय बराहक्षेत्रले ६ जना युवाहरुलाई नियन्त्रणमा लिएको छ ।
बराहक्षेत्र नगरपालिका वडा नं. १ कटहरेस्थित आफ्नै घरमा १२ वर्षीया बालिका मिना राईको हत्याको अनुसन्धानका लागि संघीय प्रहरी इकाईबाट तालिम प्राप्त कुकुर सहितको टोलि खटेको थियो ।

तालिम प्राप्त कुकुरहरुले १ सय ५० मिटर परको एउटा घरमा पसे पछि त्यस घर सहित उनका अन्य साथीहरुलाई आशंकामा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक पाण्डव राजवंशीले बताए ।

शुक्रबार आफ्नै घरको कोठामा मृत भेटिएकी बालिका राईको टाउकोमा दुई तीन ठाउँ चोट र घाँटीमा रुमाल र टिसर्ट बेरिएको अवश्थामा पाइएको थियो । घटनास्थलमा इलाका प्रहरी कार्यालय चक्रघटी, चतरा प्रहरी चौकीका प्रहरी र स्थानीय जनप्रतिनिधिहरु पुगेका थिए ।

शुक्रबार राती छिमेकीमा धामी बसेको हेर्न बालिका मिना उनका आमा बुवासहित गएकी थिईन् तर उनी आमाबुवा भन्दा अघि नै फर्किएकी थिईन् । धामी हेरेर अबेर बाबुआमा फर्कीदा बालिका घरमै मृत अवश्थामा फेला परेकी थिईन् ।

घटनास्थल वरपर वियरका बोतलहरु थिए । त्यसमध्ये एउटा बोतल फुटेको अवश्थामा भेटिएको र शवको अवश्था हेर्दा हत्या भएको प्रष्ट देखिने घटनस्थल पुगेका वडा नं. १का वडासदस्य लोकबहादुर दाहालले बताए ।

१० औें बास्केटवल ट्य ...

धरान/ धरान बास्केटवल संघको आयोजना, सुनसरी बास्केटव ...

नेपालमा १० महिनामा स ...

काठमाडौं/ चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपा ...

एक वर्षपछि नेतृत्व प ...

बराहक्षेत्र/ सुनसरी, उदयपुर र धनकुटा जिल्लालाई कार ...

यात्रुवाहक गाडीमा गा ...

धनकुटा/ धनकुटाको भेडेटार चोकमा प्रहरीले बिहीबार बि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved