अन्तर्वाता

    Showing १०१-११० of २९६ items.
  • धरान १५ बाट लागुऔषध कारोबारी एक युवा पक्राउ

    धरानः धरान १५ बाट लागुऔषध सिहत एक कारोबारीलाई इलका प्रहरी कार्यलय धरानले पक्राउ गरेको छ । धरान १५ गणतन्त्र मार्गमा बस्ने ३३ वर्षीय रवि तामाङलाई प्रहरीले बुधबार उनकै कोठाबाट पक्राउ गरेको हो । तामाङले आफ्नै कोठामा लागुऔषध सञ्चय गरि विक्री वितरण गर्ने गरेको गोप्य सुचनाको आधारमा कोठा खानतलासी गर्ने क्रममा कोठा भित्रै कार्टुनमा लुका छिपाई राखेको लागुऔषध औषध सहित उनलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यलय धरानले जनाएको छ । उनको साथबाट डाइलेक्स डिसि १०० एमएलको १६ थान र एउटा खाली बोतल वरामद भएको छ भने स्पास्मोप्रोक्सिभन प्लस ८४ क्याप्सुल र नाइट्रोसन १० लेखिएको १४ ट्याब्लेट पनि वरामद भएको प्

    • प्रकाशित मितिः मंसिर १०, २०७७
    • १,४६५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भारततर्फ डिजेल तस्करी गर्ने तीन जना पक्राउ

    विराटनगर । नेपालबाट भारततर्फ डिजेल तस्करी गर्न सक्रिय तीन जनलाई मोरङ प्रहरीको टोलीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका वडा नं.११ स्थित केशलिया नहर छेउबाट सुनसरी हरीनगरा गाउँपालिका वाड न. ६ बस्ने वर्ष २५ को सत्रुधन साह सोही ठाउँ बस्ने वर्ष ३० को नजाम खान र ५० को अकवाल मियाँ पक्राउ परेका हुन । प्रहरीको गस्ती टोलीले ३ वटा मोटरसाईकलमा नेपालबाट भारततर्फ अवैध रुपमा भन्सार छली चोरी निकासी गरी प्लाष्टिकको गिलेनमा ४३० लिटर डिजल लादैं गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी गस्ती टोलीले भारततर्फ गिलेनमा डिजेल तस्करी हुने गरेको आधारमा निगरानी गर्न क

    • प्रकाशित मितिः मंसिर १०, २०७७
    • १,१३४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रतिवन्धित औषधी सहित बिराटनगरबाट १ जना पक्राउ

    बिराटनगर। मोरङको बिराटनगर(१३ सैनिक टोल स्थितबाट प्रतिवन्धित औषधी सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थानका ३६ बर्षीय नरेश यादव रहेका छन । यादबलाई हिजो साँझ साढे ६ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यादबले बिभिन्न किसिमका प्रतिवन्धित औषधीहरु भन्सार छली गरी ल्याएर आफ्नो घरमा लुकाई छिपाई राखेको भन्ने विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गरेको थियो । घरमा खानतलासी गर्ने क्रममा घरको पछाडी कम्पाउण्ड भित्र राखेको अवस्थामा Sterile Water for Injection Ip 438 pcs, Doxycycline 421 pcs, M-Prisol 40 Injection&nb

    • प्रकाशित मितिः मंसिर १०, २०७७
    • १,४०३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हतियार सहित एक जना पक्राउ

    मोरङ। मोरङ मिक्लाजुङ-१ सिलिलिङ बस्ने ५८ बर्षीय अरुण भन्ने अमृत बहादुर श्रेष्ठ हतियार सहित पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय मोरङबाट गस्तिमा खटिएको प्रहरी टोलीले श्रेष्ठलाई हिजो दिउसो सवा ३ बजे पक्राउ गरेको हो । श्रेष्ठले आफ्नै घरमा हतियार लुकाई छिपाई राखेको भन्ने विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा टोटा बन्दुक १ थान, खोका ३ थान र ५०० ग्राम बारुद समेत फेला पारी बरामद गरेको हो । यसरी हतियार सहित पक्राउ परेका श्रेष्ठ उपर हातहतियार खरखजना मुद्दामा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर ९, २०७७
    • ९०० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

    झापा। झापाको कमल गाउँपालिका-६ का ४७ बर्षीय चुडामणी भण्डारी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन्। आईतवार अपरान्ह साँढे ५ बजेको समयमा निजको श्रीमती ३९ बर्षीया टिका देवी पौडेल र दमक नगरपलिका-२ का २५ बर्षीय प्रकाशचन्द्र दाहाल खेतमा धान उठाउन गएकोमा भण्डारी एक्कासी आवेशमा आई दुबै जनालाई खुकुरी प्रहार गर्दा टिका देवीको घटनास्थलमा नै मृत्यु भएको हो । खुकुरी प्रहारबाट घाईते भएका दाहालको एडभान्स अस्पताल दमकमा उपचार भईरहेको तथा खुकुरी प्रहार गर्ने भण्डारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर ८, २०७७
    • १,६५२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अबैध हातहतियार सहित विप्लव समुहका सेक्सन कमाण्डर पक्राउ

     सुनसरी । नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहका सेक्सन कमाण्डर फक्ताङलुङ गाउँपालिका २ ताप्लेजुङका ३२ वर्षिय पेम्बा साङगे शेर्पालाई हातहतियार सहित मोरङ प्रहरीले पक्राउ गरेको छ । मोरङको उर्लावारी नगरपालिका ६ बाट उनलाई अबैध हातहतियार र गोली गठ्ठा सहित पक्राउ गरेको हो । केही ब्यक्तिहरु हातहतियार सहित लुकिछिपी बसिरहेको भन्ने बिशेष सूचनाका आधारमा शनिवार दिउँसो १ बजे ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । शेर्पाको साथबाट अटो पेस्तोल युएसए लेखिएको पेस्तोल १ थान, उक्त पेस्तोलको गोली ३ राउण्ड, म्यागजिन १ थान, बिभिन्न किसिमका कागजपत्र, ३ वटा मोवाईल, व्याग ८

    • प्रकाशित मितिः मंसिर ७, २०७७
    • ९९८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अबैध हातहतियार सहित १ जना पक्राउ

    मोरङ ।मोरङको उर्लावारी नगरपालिका(६ बाट अबैध हातहतियार र गोली गठ्ठा सहित १ जना पक्राउ परेका छन् । केही ब्यक्तिहरु हातहतियार सहित लुकिछिपी बसिरहेको भन्ने बिशेष सूचनाका आधारमा शनिवार दिउँसो १ बजे ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले फक्ताङलुङ गाउँपालिका-२ ताप्लेजुङका ३२ बर्षीय पेम्बा साङगे शेर्पालाई पक्राउ गरेको हो । शेर्पाको साथबाट AUTO PISTAL USA लेखिएको पेस्तोल १ थान, उक्त पेस्तोलको गोली ३ राउण्ड, म्यागजिन १ थान, बिभिन्न किसिमका कागजपत्र, ३ वटा मोवायल, व्याग ८ थान र ज्याकेट १८ थान बरामद भएको थियो । हातहतियार र बिभिन्न दस्तावेज सहित पक्राउ परेका शेर्पा नेपाल कम्युनिष्ट पाट

    • प्रकाशित मितिः मंसिर ७, २०७७
    • १,०४८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मोरङको रतुवामाईबाट सोह्र जुवाडे पक्राउ

    धरान । जुवा जन्य खेलहरुमा प्रहरीको नियन्त्रण तिब्र रुपमा बढेको छ । चाडपर्वको समयमा हुने जुवाजन्य खेलहरुलाई नियन्त्रण गर्न प्रदेश १ प्रहरीले अभियान नै चलाएको छ । यसै बिच मोरङको रतुवामाई नगरपालिका ८ बाट तास तथा जुवा खेलिरहेका अवस्थामा डेढ लाख भन्दा बढी नगद सहित १६ जनालाई पक्राउ गरेको छ । शुक्रवार राती साँढे ११ बजे स्थानीय सागर गडतौलाको घरमा जुवा तास खेलिरहेको भन्ने बिषेश सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा रतुवामाईका डिल्लीराम चौलागाई, मोती पौडेल, रामनाथ मैनाली, देवी प्रसाद प्रसाई, रामनाथ नेपाल, हेमलाल प्रसाई, नारायण

    • प्रकाशित मितिः मंसिर ६, २०७७
    • १,३०३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बैदेशिक रोजगार ठगी मुद्धामा फरार अभियुक्त उदयपुर प्रहरी द्वारा पक्राउ

    धरान । बैदेशिक रोजगार ठगी मुद्धामा अदालतबाट दोषी ठहर भएका फरार एक अभियुक्तलाई उदयपुर प्रहरी ले पक्राउ गरेको छ। जिल्ला अदालत उदयपुरबाट १ लाख ५० हजार जरीवना र १ वर्ष ६ महिना ३ दिन कैद पाएका फरार अभियुक्त पक्राउ परेका हुन् । ४३ वर्षीय सुजन राई लाई आफ्नै घरमा लुकीछिपी बसेको अबस्थामा शुक्रबार साझ ७ बजे ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको बिशेष प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका अभियुक्तलाई जिल्ला अदालतमा पेश गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर ६, २०७७
    • १,४१७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विभिन्न स्थानबाट लागुऔषध सहित ५ जना पक्राउ

    धरान । सुनसरी जिल्लाका विभिन्न स्थानबाट प्रहरीले बुधबार अवैध लागुऔषध सहित ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएका प्रहरी टोलिले इनरुवा नगरपालिका वडा नम्बर ६ मधेशाबाट ४ जना र इनरुवाकै वडा नम्बर १० बाट एक जनालाई पक्राउ गरेको जनाएको छ । बुधबार साँझ विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलिले इनरुवा नगरपालिका वडा नम्बर मधेसा बस्ने नारायण खड्का, सुनिल मोची, सुरेस मोची र निसान मगरलाई लागुऔषध सहित पक्राउ गरेको हो । उनीहरुको साथबाट डाइलेक्स डिसि १०० एमएलको १४ बोतल, स्पास्मो प्रोक्सीभोन ८ क्याप्सुल, निट्राभेट १० लेखिएको १५ ट्याब्लेट, विभिन्न कम्पनीको

    • प्रकाशित मितिः मंसिर ४, २०७७
    • १,२८४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved