प्रतिवन्धित औषधी सहित बिराटनगरबाट १ जना पक्राउ " अवैध रूपमा भन्सार छली गरी ल्याएका लत्ता कपडा समेत बरामद"

  • मंसिर १०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

बिराटनगर। मोरङको बिराटनगर(१३ सैनिक टोल स्थितबाट प्रतिवन्धित औषधी सहित एक जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा सोही स्थानका ३६ बर्षीय नरेश यादव रहेका छन । यादबलाई हिजो साँझ साढे ६ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

यादबले बिभिन्न किसिमका प्रतिवन्धित औषधीहरु भन्सार छली गरी ल्याएर आफ्नो घरमा लुकाई छिपाई राखेको भन्ने विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गरेको थियो । घरमा खानतलासी गर्ने क्रममा घरको पछाडी कम्पाउण्ड भित्र राखेको अवस्थामा Sterile Water for Injection Ip 438 pcs, Doxycycline 421 pcs, M-Prisol 40 Injection 350 pcs, Neoprate 5ml 200 pcs, Okeron -156 pcs, SucolSuccinyl choline Injection Ip 100 pcs  लगायतका प्रतिवन्धित औषधीहरु फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यसरी बरामद गरिएको प्रतिवन्धित औषधीहरु र पक्राउ परेका नरेश यादव समेतलाई आवश्यक कारबाहीको लागी औषधी ब्यवस्था विभाग विराटनगरमा बुझाउने तर्फ आवश्यक कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।

 यसै गरी जिल्ला प्रहरी कार्यालय मोरङबाट गस्तीमा खटिएको प्रहरी टोलीले विराटनगर(१३ स्थितबाट अवैध रूपमा भन्सार छली गरी ल्याएका लत्ता कपडाहरु बरामद गरेको छ । हिजो साँझ साढे ५ बजे विराटनगर-१३ हनुमान मन्दिर टोल स्थित एरियाबाट ६३ हजार ६ सय १० रुपैया बराबरको विभिन्न किसिमका लत्ताकपडा, कस्मेटीक सामान तथा खाध्यान्न सामाग्रीहरु फेला पारी बरामद गरेको हो ।

बरामद गरिएको उक्त सामानहरु आवश्यक कारवाहीको लागी भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

९१५ किलो गाँजासहित च ...

धरान/ सुनसरीको इनरुवामा ९१५ किलोभन्दा बढी गाँजा सह ...

देव कुमारी-शिव प्रसा ...

विराटनगर/ ७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्र ...

धरानको भोटेपुलमा ट्र ...

धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकम ...

कारागारको गेटमै समात ...

धरान/मोरङको विराटनगरस्थित कारागारमा लागुऔषध छिराउन खोज् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved