सुनसरी। सुनसरीको दुहवी नगरपालिका-२ का १७ बर्षीय सुजन नारायण चौधरी मृत अवस्थामा फेला परेका छन् । यही मंसिर १० गते देखि हराईरहेका बालकको खोजतलास गर्ने क्रममा आज बिहान ५ बजे दुहवी नगरपालिका- २ मा रहेको अरुण बनस्पती उद्योगको कम्पाउण्डको उत्तर पट्टी रहेको खालि जग्गाको घारीमा चौधरीको शव फेला पारिएको हो । बालक हराएको भनी ईलाका प्रहरी कार्यालय दुहवीमा यही मंसिर ११ गते जाहेरी पर्नासाथ हुलिया परिपत्र समेत गरी खोजतलास तथा घटनाको बारेमा अनुसन्धान शुरु गरेको प्रहरी टोलीले घटनामा संग्लग्न रहेको आशंकामा दुहवी नगरपालिका-२ का २० बर्षीय सुमन झालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिईएका झालाई सोधपुछ
धरान। सुनसरी र झापाका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन् । शनिवार अपरान्ह ५ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-१० का ३१ बर्षीय बिकी श्रेष्ठलाई ८ ग्राम ५० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको थियो । यस्तै सोही टोलीले धरान-३ का २६ बर्षीय रिहान अन्सारीलाई ३५ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । यसैगरी वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले शनिवार राती सवा ७ बजे लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई पक्राउ गरेको छ । भद्रपुर नगरपालिका-४ डागीवारीमा चेकजाँचमा खटिएको प्रहरी टोलीले भारतब
सुनसरी । सुनसरीको गढी गाउँपालिका २ औरावनीमा लैगिंक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्र्तगत बालबिवाह बिरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ । शनिबार गढी २ नम्बर वडा कार्यालयको सहयोगमा साझेदारी नेपाल सुनसरीले सचेतना मूलक कार्यक्रम सम्पन्न गरेको हो । गढी गाउँपालिका २ औराबनी र मझौका ५२ जनाबढी सरोकारवालाहरुको सहभागितामा सम्पन्न कार्यक्रममा स्थानीयले बालबिवाह न्यूनीकरणका लागि सचेतना कार्यक्रम आवश्यक रहेको बताएका छन् । बालबिवाह ग्रामिण क्षेत्रमा एकपछि अर्को गर्दै तिब्र रुपले बढेकाले त्यसको न्यूनीकरणका लागि सचेतना आवश्यक रहेको वडा कार्यालय औराबनीका वडा सदस्य गुदनसरी ऋषिदेवले बताए । ऋषिदेवले ग्राम
मोरङ । ज्यानै जाने गरि केही दिन अघि भएको घटनामा पिडित बनेका मोरङ बेलवारी नगरपालिका ५ कसेनीका एक सुकुम्बासी परिवार अहिले थातथलो नै छाड्नु पर्ने अवश्थामा पुगेका छन् । गत भदौ १२ गते भएको घटनामा एक जनाको हत्या र तिन जना सदस्य सिकिस्त घाइते बनेका धन कुमार राईको परिवार अहिले विस्थापित हुनुपर्ने अवश्थामा पुगेका छन् । घटनाका दोषिहरु धरौटीमा छुटेर धाकधम्की दिन थाले पछि उनीहरुमा सुरक्षा जोखिम बढेको छ । रिहा भई हुन थाले पछि बाँसको पुल तर्दा चर्को शुल्क उठाएको भन्दै विरोध गर्नेलाई आक्रमण गरेको झगडा मिलाउन जाँदा एक जनाको हत्या भएको र तीन जना सदस्य सिकिस्त घाइते बनेपछि पिडित बन्ने पुगेको एक सुकुम्बासी परि
धरानः धरान १५ बाट लागुऔषध सिहत एक कारोबारीलाई इलका प्रहरी कार्यलय धरानले पक्राउ गरेको छ । धरान १५ गणतन्त्र मार्गमा बस्ने ३३ वर्षीय रवि तामाङलाई प्रहरीले बुधबार उनकै कोठाबाट पक्राउ गरेको हो । तामाङले आफ्नै कोठामा लागुऔषध सञ्चय गरि विक्री वितरण गर्ने गरेको गोप्य सुचनाको आधारमा कोठा खानतलासी गर्ने क्रममा कोठा भित्रै कार्टुनमा लुका छिपाई राखेको लागुऔषध औषध सहित उनलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यलय धरानले जनाएको छ । उनको साथबाट डाइलेक्स डिसि १०० एमएलको १६ थान र एउटा खाली बोतल वरामद भएको छ भने स्पास्मोप्रोक्सिभन प्लस ८४ क्याप्सुल र नाइट्रोसन १० लेखिएको १४ ट्याब्लेट पनि वरामद भएको प्
विराटनगर । नेपालबाट भारततर्फ डिजेल तस्करी गर्न सक्रिय तीन जनलाई मोरङ प्रहरीको टोलीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका वडा नं.११ स्थित केशलिया नहर छेउबाट सुनसरी हरीनगरा गाउँपालिका वाड न. ६ बस्ने वर्ष २५ को सत्रुधन साह सोही ठाउँ बस्ने वर्ष ३० को नजाम खान र ५० को अकवाल मियाँ पक्राउ परेका हुन । प्रहरीको गस्ती टोलीले ३ वटा मोटरसाईकलमा नेपालबाट भारततर्फ अवैध रुपमा भन्सार छली चोरी निकासी गरी प्लाष्टिकको गिलेनमा ४३० लिटर डिजल लादैं गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी गस्ती टोलीले भारततर्फ गिलेनमा डिजेल तस्करी हुने गरेको आधारमा निगरानी गर्न क
बिराटनगर। मोरङको बिराटनगर(१३ सैनिक टोल स्थितबाट प्रतिवन्धित औषधी सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थानका ३६ बर्षीय नरेश यादव रहेका छन । यादबलाई हिजो साँझ साढे ६ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यादबले बिभिन्न किसिमका प्रतिवन्धित औषधीहरु भन्सार छली गरी ल्याएर आफ्नो घरमा लुकाई छिपाई राखेको भन्ने विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गरेको थियो । घरमा खानतलासी गर्ने क्रममा घरको पछाडी कम्पाउण्ड भित्र राखेको अवस्थामा Sterile Water for Injection Ip 438 pcs, Doxycycline 421 pcs, M-Prisol 40 Injection&nb
मोरङ। मोरङ मिक्लाजुङ-१ सिलिलिङ बस्ने ५८ बर्षीय अरुण भन्ने अमृत बहादुर श्रेष्ठ हतियार सहित पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय मोरङबाट गस्तिमा खटिएको प्रहरी टोलीले श्रेष्ठलाई हिजो दिउसो सवा ३ बजे पक्राउ गरेको हो । श्रेष्ठले आफ्नै घरमा हतियार लुकाई छिपाई राखेको भन्ने विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा टोटा बन्दुक १ थान, खोका ३ थान र ५०० ग्राम बारुद समेत फेला पारी बरामद गरेको हो । यसरी हतियार सहित पक्राउ परेका श्रेष्ठ उपर हातहतियार खरखजना मुद्दामा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
झापा। झापाको कमल गाउँपालिका-६ का ४७ बर्षीय चुडामणी भण्डारी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन्। आईतवार अपरान्ह साँढे ५ बजेको समयमा निजको श्रीमती ३९ बर्षीया टिका देवी पौडेल र दमक नगरपलिका-२ का २५ बर्षीय प्रकाशचन्द्र दाहाल खेतमा धान उठाउन गएकोमा भण्डारी एक्कासी आवेशमा आई दुबै जनालाई खुकुरी प्रहार गर्दा टिका देवीको घटनास्थलमा नै मृत्यु भएको हो । खुकुरी प्रहारबाट घाईते भएका दाहालको एडभान्स अस्पताल दमकमा उपचार भईरहेको तथा खुकुरी प्रहार गर्ने भण्डारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
सुनसरी । नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहका सेक्सन कमाण्डर फक्ताङलुङ गाउँपालिका २ ताप्लेजुङका ३२ वर्षिय पेम्बा साङगे शेर्पालाई हातहतियार सहित मोरङ प्रहरीले पक्राउ गरेको छ । मोरङको उर्लावारी नगरपालिका ६ बाट उनलाई अबैध हातहतियार र गोली गठ्ठा सहित पक्राउ गरेको हो । केही ब्यक्तिहरु हातहतियार सहित लुकिछिपी बसिरहेको भन्ने बिशेष सूचनाका आधारमा शनिवार दिउँसो १ बजे ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । शेर्पाको साथबाट अटो पेस्तोल युएसए लेखिएको पेस्तोल १ थान, उक्त पेस्तोलको गोली ३ राउण्ड, म्यागजिन १ थान, बिभिन्न किसिमका कागजपत्र, ३ वटा मोवाईल, व्याग ८