अन्तर्वाता

    Showing 91-100 of 295 items.
  • विप्लव समूहद्वारा हत्या गरिएका शिक्षकको मधुमल्लामा सदगत

    विराटनगर । नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले हत्या गरेका शिक्षक राजेन्द्र श्रेष्ठको सदगत गरिएको छ । मिक्लाजुङ गाउँपालिका वडा नं ७ स्थित नुनसरी खोलामा विहीबार अन्त्येष्टि गरिएको हो । श्रेष्ठको पार्थिव शरीरमा छोरा छत्रबहादुरले दागबत्ती दिएका छन । मिक्लाजुङको विकट क्षेत्रमा विप्लवका कार्यकर्ताले घरबाटै अपहरण गरी शिक्षक श्रेष्ठको घाँटी रेटेर मंगलबार हत्या गरेका थिए । श्रेष्ठको अन्त्योष्टिमा नेकपामा केन्द्रीय सदस्य, संघीय र प्रदेश सांसदसहित राजनीतिक व्यक्तित्वहरुको समेत सहभागिता थियो । श्रेष्ठलाई संघीय सांसद घनश्याम खतिवडा, नेकपा केन्द्रीय सदस्य गुरु बराल, प्रदेश १ का सांस

    • प्रकाशित मितिः मंसिर २५, २०७७
    • 1,503 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुरक्षा समितिको बैठकपछि विप्लव कार्यकर्ता खोज्न मिक्लाजुङमा ‘सर्च अपरेसन’

    विराटनगर । मोरङ मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको पार्टीका कार्यकर्ताले हत्या गरेको आशंका प्रहरीले गरेको छ । श्रेष्ठको शव मंगलबार बिहान स्थानीय बर्खे जंगलमा फेला परेको थियो । मिक्लाजुङ धनकुटा र पाँचथर जिल्लाको सिमानामा पर्ने मोरङको दुर्गम पहाडी क्षेत्र हो । त्यहाँ पुग्न मोरङ टाँडीस्थित प्रहरी चौकीबाट पनि चार घण्टा लाग्छ । घटना भएपछि मंगलबार नै बसेको जिल्ला सुरक्षा समितिको बैठकले घटनास्थल र आसपास क्षेत्रमा सर्च अपरेसन संचालन गर्ने निर्णय गरेको छ । मोरङका प्रमुख जिल्ला अधिका

    • प्रकाशित मितिः मंसिर २४, २०७७
    • 961 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भारत तस्करी हुँदै गरेको एक ट्याक्टर मटर बरादम

    विराटनगर । सशस्त्र प्रहरी बल ३ नम्बर गण हेडक्वाटर कंकालिनी मोरङबाट खटिएको टोलीले भारततर्फ तस्करी गर्न लागेको एक ट्याक्टर मटर बरामद गरेको छ । मोरङको रंगेली नगरपालिका वडा नम्बर ६ भन्सार टोलमा नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा एक ट्याक्टर मटर बरामद भएको हो । सशस्त्र प्रहरी कंकालिनी गणले जनाएअनुसार मे१त २५५ नम्बरको ट्याक्टरमा १५३ बोर (प्रति बोरा २५ केजी) सेतो मटर बरामद भएको हो । मटरको मोल रु. ३ लाख ६ हजार र ट्याक्टरको रु. ६ लाख गरी जम्मा ९ लाख ६ हजार बराबरको सामग्री रानी भन्सार कार्यालय विराटनगरमा दाखिला गरिएको बताइएको छ । केही समययता नेपालबाट भारत तर्फ मटर तस्करी हुने क्रम बढेको छ । &nb

    • प्रकाशित मितिः मंसिर २३, २०७७
    • 1,176 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

    झापा। झापा सिबसताक्षी(८ स्थित राजमार्गमा मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा शिबसताक्षी(११ का ३२ बर्षीय रमेश बिष्ट रहेका छन । शनिवार राती सवा ९ बजे को २ प ६९७० नम्बरको मोटरसाईकलले पैदल हिडिरहेका बिष्टलाई ठक्कर दिदा उनि गम्भिर घाईते भएका थिए ।  गम्भिर घाईते भएका बिष्टको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती पौने १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ठक्कर दिने मोटरसाईकल र चालक शिबसताक्षी(७ बस्ने सन्तोष बेगा नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर २१, २०७७
    • 1,007 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कुटपिटबाट १ जनाको मृत्यु , घटनामा संग्लग्न रहेका ३ जना पक्राउ

    झापा।  झापाको मेची नगर नगरपालिका-४ का ५० बर्षीय पुर्ण बहादुर प्रधानलाई कुपटीट गरी हत्या गरेको आरोपमा स्थानीय २५ बर्षीय दिवश लुङगेली मगर, ५५ बर्षीय प्रेम भनिने बेमा दोर्जी तामाङ र २८ बर्षीय बिशाल तामाङ पक्राउ परेका छन् । गत असोज १४ गते सामान्य बादबिबादको बिषयलाई लिएर यो तिन जनाको समुहले प्रधानलाई निर्घात कुटपीट गर्दा घाईते भएका प्रधानको उपचारको क्रममा मंसिर १४ गते राती साँढे ९ बजे मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले घटनामा संग्लग्न रहेका तिनै जनालाई पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरी कार्यायले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर १५, २०७७
    • 2,759 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हराएका बालक मृत फेला, हत्याको आरोपमा १ जना पक्राउ

    सुनसरी। सुनसरीको दुहवी नगरपालिका-२ का १७ बर्षीय सुजन नारायण चौधरी मृत अवस्थामा फेला परेका छन् । यही मंसिर १० गते देखि हराईरहेका बालकको खोजतलास गर्ने क्रममा आज बिहान ५ बजे दुहवी नगरपालिका- २ मा रहेको अरुण बनस्पती उद्योगको कम्पाउण्डको उत्तर पट्टी रहेको खालि जग्गाको घारीमा चौधरीको शव फेला पारिएको हो । बालक हराएको भनी ईलाका प्रहरी कार्यालय दुहवीमा यही मंसिर ११ गते जाहेरी पर्नासाथ हुलिया परिपत्र समेत गरी खोजतलास तथा घटनाको बारेमा अनुसन्धान शुरु गरेको प्रहरी टोलीले घटनामा संग्लग्न रहेको आशंकामा दुहवी नगरपालिका-२ का २० बर्षीय सुमन झालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिईएका झालाई सोधपुछ

    • प्रकाशित मितिः मंसिर १५, २०७७
    • 1,207 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ

    धरान।  सुनसरी र झापाका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन् । शनिवार अपरान्ह ५ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-१० का ३१ बर्षीय बिकी श्रेष्ठलाई ८ ग्राम ५० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको थियो । यस्तै सोही टोलीले धरान-३ का २६ बर्षीय रिहान अन्सारीलाई ३५ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । यसैगरी वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले शनिवार राती सवा ७ बजे लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई पक्राउ गरेको छ । भद्रपुर नगरपालिका-४ डागीवारीमा चेकजाँचमा खटिएको प्रहरी टोलीले भारतब

    • प्रकाशित मितिः मंसिर १४, २०७७
    • 1,075 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बालबिवाह न्यूनीकरणका लागि कानुनी सचेतना

    सुनसरी । सुनसरीको गढी गाउँपालिका २ औरावनीमा लैगिंक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्र्तगत बालबिवाह बिरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ । शनिबार गढी २ नम्बर वडा कार्यालयको सहयोगमा साझेदारी नेपाल सुनसरीले सचेतना मूलक कार्यक्रम सम्पन्न गरेको हो । गढी गाउँपालिका २ औराबनी र मझौका ५२ जनाबढी सरोकारवालाहरुको सहभागितामा सम्पन्न कार्यक्रममा स्थानीयले बालबिवाह न्यूनीकरणका लागि सचेतना कार्यक्रम आवश्यक रहेको बताएका छन् । बालबिवाह ग्रामिण क्षेत्रमा एकपछि अर्को गर्दै तिब्र रुपले बढेकाले त्यसको न्यूनीकरणका लागि सचेतना आवश्यक रहेको वडा कार्यालय औराबनीका वडा सदस्य गुदनसरी ऋषिदेवले बताए । ऋषिदेवले ग्राम

    • प्रकाशित मितिः मंसिर १४, २०७७
    • 2,345 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पिडकहरु धरौटीमा छुटेर धम्काउन थाले पछि सुकुम्बासी परिवार विस्थापित हुने अवश्था

    मोरङ । ज्यानै जाने गरि केही दिन अघि भएको घटनामा पिडित बनेका मोरङ बेलवारी नगरपालिका ५ कसेनीका एक सुकुम्बासी परिवार अहिले थातथलो नै छाड्नु पर्ने अवश्थामा पुगेका छन् । गत भदौ १२ गते भएको घटनामा एक जनाको हत्या र तिन जना सदस्य सिकिस्त घाइते बनेका धन कुमार राईको परिवार अहिले विस्थापित हुनुपर्ने अवश्थामा पुगेका छन् । घटनाका दोषिहरु धरौटीमा छुटेर धाकधम्की दिन थाले पछि उनीहरुमा सुरक्षा जोखिम बढेको छ । रिहा भई हुन थाले पछि बाँसको पुल तर्दा चर्को शुल्क उठाएको भन्दै विरोध गर्नेलाई आक्रमण गरेको झगडा मिलाउन जाँदा एक जनाको हत्या भएको र तीन जना सदस्य सिकिस्त घाइते बनेपछि पिडित बन्ने पुगेको एक सुकुम्बासी परि

    • प्रकाशित मितिः मंसिर १२, २०७७
    • 1,318 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान १५ बाट लागुऔषध कारोबारी एक युवा पक्राउ

    धरानः धरान १५ बाट लागुऔषध सिहत एक कारोबारीलाई इलका प्रहरी कार्यलय धरानले पक्राउ गरेको छ । धरान १५ गणतन्त्र मार्गमा बस्ने ३३ वर्षीय रवि तामाङलाई प्रहरीले बुधबार उनकै कोठाबाट पक्राउ गरेको हो । तामाङले आफ्नै कोठामा लागुऔषध सञ्चय गरि विक्री वितरण गर्ने गरेको गोप्य सुचनाको आधारमा कोठा खानतलासी गर्ने क्रममा कोठा भित्रै कार्टुनमा लुका छिपाई राखेको लागुऔषध औषध सहित उनलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यलय धरानले जनाएको छ । उनको साथबाट डाइलेक्स डिसि १०० एमएलको १६ थान र एउटा खाली बोतल वरामद भएको छ भने स्पास्मोप्रोक्सिभन प्लस ८४ क्याप्सुल र नाइट्रोसन १० लेखिएको १४ ट्याब्लेट पनि वरामद भएको प्

    • प्रकाशित मितिः मंसिर १०, २०७७
    • 1,433 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved