सुरक्षा समितिको बैठकपछि विप्लव कार्यकर्ता खोज्न मिक्लाजुङमा ‘सर्च अपरेसन’ "घटनाको सबै कोणबाट विश्लेषण गर्दैछौ : प्रजिअ निरौला"

  • मंसिर २४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । मोरङ मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको पार्टीका कार्यकर्ताले हत्या गरेको आशंका प्रहरीले गरेको छ । श्रेष्ठको शव मंगलबार बिहान स्थानीय बर्खे जंगलमा फेला परेको थियो ।

मिक्लाजुङ धनकुटा र पाँचथर जिल्लाको सिमानामा पर्ने मोरङको दुर्गम पहाडी क्षेत्र हो । त्यहाँ पुग्न मोरङ टाँडीस्थित प्रहरी चौकीबाट पनि चार घण्टा लाग्छ । घटना भएपछि मंगलबार नै बसेको जिल्ला सुरक्षा समितिको बैठकले घटनास्थल र आसपास क्षेत्रमा सर्च अपरेसन संचालन गर्ने निर्णय गरेको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले भने, “स्थानीयमा समेत त्रासको अवस्था सिर्जना भएको छ, गोली हानेर हत्या गरेको भनिएकोमा त्यो नभएर धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको देखिएको छ, प्रहरी टोली घटनास्थल पुगिसकेकोले सर्च अपरेसन शुरु भईसकेको छ ।”
प्रजिअ निरौलाले घटनास्थल क्षेत्रमा विगतमा पनि प्रहरी कार्यालय स्थापना गर्न स्थानीयले माग गरेकोले त्यस विषयमा पनि प्रशासन सकारात्मक भएको बताए ।

“हत्या भएको घटनालाई हामीले विभिन्न कोणबाट विश्लेषण गरिरहेका छौं,” प्रजि निरौलाले भने, “भौगोलिक हिसाबले पनि ठाउँ विकट रहेकोले अनुसन्धान र खोजीको पाटोलाई सतर्कतासाथ अघि बढाइने छ ।”

.हत्या गरिएका शिक्षकलाई सुराकीको आरोप लगाई बिहानै अपहरण गरिएको भन्ने जानकारी प्राप्त भएको प्रहरीको भनाइ छ । शिक्षकको हत्या भएको घटनाबारे प्रहरीलाई आफन्तले जानकारी गराएपछि प्रदेश १ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोली दिउँसो घटानास्थलतर्फ लागेको थियो । धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरेको अवस्थामा प्रहरीले श्रेष्ठको शव फेला पारी शवको मुचुल्का उठाएको छ ।

स्थानीयले बिहान जंगलमा गोली चलेको आवाज सुनिएको भन्ने जानकारी प्रहरी समक्ष गराएका थिए । तर, प्रहरीले भने धारिलो हतियारको प्रयोगबाट प्रअ श्रेष्ठको हत्या गरेपछि फायर खोलेको हुनसक्ने अनुमान गरेको छ । घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलले श्रेष्ठको हात बाँधेको र धारिलो हतियारले घाँटी रेटेको देखिएको जानकारी दिएका छन । प्रहरीले घटनामा संलग्नको खोजीलाई तीव्रता दिइएको जनाएको छ ।

यो क्षेत्रबाट केहीअघि मोरङ प्रहरीका एसपी सन्तोष खड्काको नेतृत्वमा खटिएको प्रहरीको टोलीले विप्लवका दुई जना नेतालाई पक्राउ गरेको थियो । प्रहरीले इलामको चुलाचुली गाउँपालिका वडा नम्बर ६ का १८ वर्षीय सनम भनिने विज्ञान राई र सप्तरी सुरुङ्गा नगरपालिका वडा नम्बर २ का ३२ वर्षीय प्रतिक भनिने काशिनाथ घिमिरेलाई हतियार सहित पक्राउ गरेको थियो । सेक्सन कमाण्डर पेम्बा साङ्गे शेर्पा मोरङको उर्लाबारीमा बन्दोवस्तीका सामान खरिद गर्न आएका बेला केही दिन अघि पक्राउ परेका थिए ।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved