पिडकहरु धरौटीमा छुटेर धम्काउन थाले पछि सुकुम्बासी परिवार विस्थापित हुने अवश्था

  • मंसिर १२, २०७७
  • कोशीपत्र/संवाददाता
alt

मोरङ । ज्यानै जाने गरि केही दिन अघि भएको घटनामा पिडित बनेका मोरङ बेलवारी नगरपालिका ५ कसेनीका एक सुकुम्बासी परिवार अहिले थातथलो नै छाड्नु पर्ने अवश्थामा पुगेका छन् ।

गत भदौ १२ गते भएको घटनामा एक जनाको हत्या र तिन जना सदस्य सिकिस्त घाइते बनेका धन कुमार राईको परिवार अहिले विस्थापित हुनुपर्ने अवश्थामा पुगेका छन् । घटनाका दोषिहरु धरौटीमा छुटेर धाकधम्की दिन थाले पछि उनीहरुमा सुरक्षा जोखिम बढेको छ ।

रिहा भई हुन थाले पछि बाँसको पुल तर्दा चर्को शुल्क उठाएको भन्दै विरोध गर्नेलाई आक्रमण गरेको झगडा मिलाउन जाँदा एक जनाको हत्या भएको र तीन जना सदस्य सिकिस्त घाइते बनेपछि पिडित बन्ने पुगेको एक सुकुम्बासी परिवार उल्टै झन सुरक्षा जोखिम बढेपछि थातथलो छाडने अवस्थामा पुगेका छन् । पिडित परिवारका जेठा सदस्य राईका अनुसार घटनामा संलग्न २० जना अभियुक्तहरु मध्ये तीन जना अदालतबाट धरौटीमा छाडिएका छन ।

१२ जना पक्राउ नपरेको र पक्राउ गरेर पुर्पक्षमा जेल गएका चार जना अभियुक्तहरुले पनि जिल्ला आदेश वदर गर्न माग गर्दै उच्चमा निवदेन गरेका छन । उनले भने, ‘खुलेआम घुमफिर गरिरहेका १२ जना अझै पक्राउ परेका छैनन, पक्राउ परेकाहरु पनि धमाधम छुटेर उल्टै धमक्याउन थालेका छन, गाउँमा बस्नसक्ने अवस्था भएन यसैले बसाई सरेर जानु सोच बनाइरहेका छौ ।’

बाँसको पुलमा मोटरसाइल तारेको चर्को शुल्क उठाउने कार्यको विरोध गरेको भन्दै ११ भदौ साँझ स्थानिय दिनेश भन्ने घलेन्द्र श्रेष्ठसँग कृष्णकुमार चौधरी, विनयकुमार सरदारको भनाभन भएको थियो ।

सोही भनाभनको बदला लिन १२ भदौ २०७७ मा कृष्णकुमार चौधरी र विनय सरदारले आफनो साथीहरु भेला गरेर खानपान गराई श्रेष्ठ माथि सामुहिक आक्रमण गराएका थिए ।

सोही घटनामा छुटयाउन पुगेका ३९ बर्षिय चन्द्रकुमार राईको धारिलो हतियार प्रहार गरेर उनीहरुले हत्या गरेका थिए । उनको उपचारमा राई परिवार आफैले ५ लाख रुपैया खर्च गरेको थियो । र अझै टाउकोमा स्टिल हाल्नु पर्ने भएकोले ४ लाख रुपैया अझै खर्च लाग्नेछ । त्यसका लागि ऋण खोजेर रकम जुटाइरहेका छन् । सँगै ३६ बर्षिय समुन्द्रकुमार राई, ४२ बर्षिय सईकुमार राई र १५ बर्षिय गौरब राईलाई सिकिस्त घाइते बनाएका थिए ।

गल्ति नै नगरी ज्यान मार्ने आक्रमण पछि विक्षिप्त बनेको परिवारलाई अभियुक्तहरुले नै धाकधम्की दिन थालेपछि झन भयभित भैरहेको सहयोगी अजुर्न शर्माले बताए । धरौटीमा छाडिएका अभियुक्तहरुले घरमा आएर ‘खुलेआम चार जनालाई मानुपर्नेमा एक जना मात्रै मारेछौ हामी पनि हेर्छौ लाखेस यो गाउँमा तिमिहरु कसरी बसिरहौला ?’ भन्दै गाउँमा खुलेआम धाकधम्की दिने गरेको राईको भनाई छ ।

उनले भने, ‘एकातिर भाइ गुमाएको शोक अर्कोतिर भाइहरु सिकिस्त घाइते भएको पीर उपचार गर्दा लागेको ऋणको बोझ त्यहाँमाथि झन दिनदिनै धाकधम्की कसरी बसिरहन सकिन्छ र ?’ आफनो जमिन नभएको र किन्ने पैसा पनि नभएकोले कहाँ गएर बस्ने भन्ने उनीहरुले टुङगो लगाइसकेका छैनन । सिकिस्त घाइते भएकोले भाइ समुन्द्रको जीवन नर्क झै बनिरहेकोले उनलाई अदालतले उचित क्षतिपुर्ति दिलाइदिन्छ भन्ने आपेक्षा पनि दाजु धनकुमारको छ ।

घटनामा प्रहरीले जम्मा २० जनलाई अभियुक्त बनाएको थियो । ती मध्ये सात जना पक्राउ परे । पक्राउ परेका मध्ये विनयकुमार सरदार, राजेन्द्र थुलुङ, दिपेन्द्रकुमार चौधरी, विरेन्द्रकुमार खवास र बिशाल कुमरा खवास पुर्पक्षका लागि जेल गए ।

अभियुक्तहरु यानु थुलुङ ५ लाख, जितेन्द्र चौधरी ४ लाख, बलराम चौधरी ५ लाख धरौटीमा छाडिए । जेल गएकाहरुले पनि चार जनाले जिल्लाको आदेशलाई बेरितको भन्दै उच्च अदालत विराटनगरमा निवेदन गरेका छन । घटनामा संलग्न दिपु खवास, नलिन खवास, राजिन राई, गितार खवास, दिनेश मास्के, अशोक खवास, बलराम चौधरी, प्रेम चौधरी, दिनेश चौधरी, ओम धामी, अनोज कुमार माझी, कृष्ण कुमार चौधरी फरार रहेका छन् ।

कोशि प्रदेस स्तरीय ...

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा संचालि ...

धरान अरुसँग प्रतिस्प ...

काठमाण्डौमा रहेका धरानेहरुको पुरानो र साझा संस्था धरान ...

पानबारी गोल्डकप : उद ...

धरान / प्रथम पानबारी गोल्डकप २०८१ को तयारी पुरा भए ...

दलित लक्षित नेतृत्व ...

धरान/ दलित लक्षित कार्यक्रम अन्तर्गत धरान उपमहानगर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved