सुनसरी/ धरानका एक किशोरलाई भारतीय सीमावर्ती क्षेत्रमा पुर्याई मोबाइल लुटेर उनका अभिभावकसँग फिरौती रकम माग गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट तीन जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धरानले दिएको जानकारीअनुसार घटनामा भारतीय नागरिकको समेत संलग्नता देखिएको छ। पक्राउ परेका व्यक्तिहरूमा विराटनगर महानगरपालिका–१६ निवासी १९ वर्षीय प्रलवकुमार विक, १७ वर्षीय दीपक अधिकारी र २३ वर्षीय मुकेश सरदार छन्। उनीहरूविरुद्ध इलाका प्रहरी कार्यालय रानी, मोरङमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सुनसरीको धरान उपमहानगरपालिका–१७ फोकल्याण्ड टापु निवा
बिर्तामोड/ झापामा छुट्टाछुट्टै स्थानमा तीन पुरुष मृत अवस्थामा फेला परेका छन्। बिर्तामोड र अर्जुनधारा नगरपालिकाका विभिन्न स्थानमा ती पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ। मंगलबार बिर्तामोड नगरपालिका–२, फुलवारी टोलस्थित पासाङ शेर्पाको मकैबारीमा बिर्तामोड–२ आदर्श टोलका अन्दाजी ३६ वर्षीय राम टुडु मृत अवस्थामा फेला परेका थिए। घोप्टो अवस्थामा भेटिएका टुडुको शवमा कुनै बाह्य चोटपटक नदेखिएको र मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। यसैगरी, बुधबार बिहान अर्जुनधारा नगरपालिका–४, मदनपुरस्थित जलाधर भित्री कच्ची सडकमा अन्दाजी ४५–५० वर
धरान/ सुनसरीको धरानमा अटो टेम्पोले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–१५ स्थित सेउती पुलनजिक सोमबार साँझ साढे ६ बजे पैदलयात्री ६० वर्षीया उषा तामाङलाई अटोले ठक्कर दिएको हो । महादेव चोकबाट देउरालीतर्फ गइरहेको प्रदेश १–०२–००३ ह ३७५ नम्बरको अटोले तामाङलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दुर्घटनापछि गम्भीर घाइते भएकी तामाङलाई तत्काल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पुर्याइएको थियो । त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि मोरङको विराट शिक्षण अस्पताल लगिएकोमा राति करिब ९ः२५ बजे मृत्यु भएको प्रहरीले जनाएको
काठमाडौं/नेपालमा हाल ८६ हजार ८०९ जना यौन श्रमिक रहेको तथ्य सार्वजनिक भएको छ। महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी)ले आयोजना गरेको ‘यौन श्रममा संलग्न व्यक्तिको अधिकार’ विषयक छलफल कार्यक्रममा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले यो तथ्याङ्क प्रस्तुत गरेको हो। कार्यक्रममा सहभागी वक्ताहरूले यौन श्रम र मानव बेचबिखन एउटै नभएको स्पष्ट पार्दै यौन श्रमिकको श्रमलाई मानव अधिकारसँग जोडेर हेर्नुपर्नेमा जोड दिए। यस विषयमा अनुसन्धान गरिरहेकी दिदीक्षा सिंहले यौन श्रमिकका लागि वर्तमान कानुनले सिर्जना गरेका चुनौतीबारे जानकारी दिँदै भनिन्, “वर्तमान कानुनले यौन श्रमलाई अपराध ठानेक
मोरङ/उर्लाबारी क्षेत्रको चिनिएको पुरानो अपराधी ‘मिथुन’ उपनामले परिचित ३८ वर्षीय रजत थापा पुनः प्रहरीको फन्दामा परेका छन्। लागुऔषध कारोबारमा संलग्न रहेको सूचनाका आधारमा प्रहरीले आइतबार साँझ थापालाई घरबाटै पक्राउ गरेको हो। मोरङको उर्लाबारी नगरपालिका–७ स्थित पूर्वेली टोलमा बसोबास गर्दै आएका थापाको घरमा इलाका प्रहरी कार्यालय उर्लाबारी र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले छापा मारेको थियो। प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार, कोठामा खानतलासी गर्दा ५५ ग्राम ब्राउन सुगर (हेरोइनजस्तो देखिने पदार्थ), ५ बोतल कोरेक्स, २ लाख ८८ हजार २ सय ५० रुपैयाँ
धरान ।सुनसरीको रामधुनी नगरपालिका वडा नं. ३ बगैंचा टोलमा कारको ठक्करबाट गंभीर दुर्घटनामा परेकी देविका खनाल(सुवेदी)का आफन्तले न्याय दिलाउन माग गरेका छन् । मोरंगको सुन्दरहरैचा नगरपालिका ७ की २९ वर्षिय खनाललाई २०८१ साल २२ गते फागुनमा साँझ साढे ६ बजे वा २१ च ६८८८ नम्बरको निशान कारले ठक्कर दिई गंभीर घाइते भएकी २९ वर्षिय खनाल अहिले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जीवन वचाउनको लागि थप उपचाररत रहेकी छिन् । जग्गा संवन्धी कारोबारको लागि गएकी खनाल साथीको प्र.१.०२.०४४ प ७४२८ नम्बरको मोटरसाइकलमा कान्छी चौक हुँदै घर फर्किने क्रममा उक्त दुर्घटना भएको उनकी दिदि गीता खनालले वताएकी छिन् । दुर्
धरान/ नेपाल सरकारद्वारा सञ्चालनमा ल्याइएको स्वास्थ्य बीमा कार्यक्रमका कारण धरानलगायतको निजी औषधि व्यवसाय धरासायी बन्दै गएको औषधि व्यवसायीहरुले गुनासो गरेका छन्। नेपाल औषधि व्यवसायी संघ, सुनसरीद्वारा इटहरीस्थित होटल गंगा जमुनामा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागी व्यवसायीहरुले स्वास्थ्य बीमा नीतिले खुद्रा तथा थोक औषधि व्यवसायमा प्रत्यक्ष असर पारिरहेको बताएका हुन्। कार्यक्रममा बोल्दै संघका महासचिव नविनराज गौतमले सरकारको वर्तमान बीमा नीतिका कारण औषधि व्यवसाय नै धरापमा पर्ने खतरा देखिएको बताए। "सरकार पूर्वाग्रही ढंगले केवल ठूला अस्पताल र चुनिएका फार्मेसीहरूमा मात्रै बीमा लागू गरिरहेको
धरान/ धरानमा सम्पन्न कोशी प्रदेश ब्याडमिन्टन प्रतियोगितामा संयोग बस्नेत र सगुन कार्कीको जोडीले मेन्स डबल ‘बि’ लेभलको उपाधि हात पारेका छन्। धरान ब्याडमिन्टन ग्रुपको आयोजनामा शनिबार र आइतबार धरान–१३ स्थित अमर बहुउद्देश्यीय कभर्ड हलमा सम्पन्न प्रतियोगितामा संयोग/सगुनको जोडीले फाइनल खेलमा हिमाल श्रेष्ठ र सुशील श्रेष्ठलाई २१–९ र २१–१६ को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेका हुन्। विजेता जोडीले नगद ५१ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे भने उपविजेता हिमाल–सुशीलले नगद २७ हजार प्राप्त गरे। प्रदीप श्रेष्ठ–जोसेफ ठकुरी र गौरव लिम्बु–एन्
मोरङ/ मोरङको ग्रामथान गाउँपालिका–७ की ८९ वर्षीया तिलमाया खड्काको सुनको मुन्द्रीकै लागि हत्या गरिएको खुलासा भएको छ। शनिबार घरबाट बेपत्ता भएकी खड्काको शव आइतबार ग्रामथान–६ मा रहेको सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा घोप्टो परेको अवस्थामा फेला परेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीमाथि सुनका गहना लुट्नकै लागि हत्या भएको पुष्टि भएको हो। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ग्रामथान–६ की ४० वर्षीया सीता ऋषिदेवलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार तिलमाया नहरमा डुबिरहेको अवस्थामा सीताको १९ वर्षीया छोरी सोनु ऋषिदेवले देखेकी थिइन्। उनले उद्धार गरी तिलमायालाई आफ्नै घर
काठमाडौं/ छिमेकी मुलुक भारतमा कोभिड–१९ संक्रमण पुनः तीव्र गतिमा फैलिन थालेपछि नेपाल सरकारले संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउँदै सघन पूर्वतयारी अघि बढाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार भारतमा देखिएको तीव्र संक्रमण र केही मृत्युका घटनालाई मध्यनजर गर्दै विगत दुई सातादेखि मन्त्रालयले तयारीका कामलाई प्राथमिकताका साथ अगाडि बढाएको हो। “छिमेकी भारतमा संक्रमण बढेपछि १५ दिनभित्र त्यसको असर नेपालमा देखिने विगतका अनुभव छन्,” प्रवक्ता डा. बुढाथोकीले भने, “त्यसैले हामी पहिल्यैदेखि तयारीमा जुटेका छौं।” १७ स्थल नाका र ३