स्वास्थ्य

    Showing ५९१-६०० of २,६११ items.
  • धरानमा लागू औषधसहित किशोर पक्राउ

    धरान/  सुनसरीको धरानमा लागू औषध गाँजासहित एक १६ वर्षीय किशोर पक्राउ परेका छन्। शुक्रबार(आज) बिहान ११:३० बजे धरान उपमहानगरपालिका–१३ स्थित निसाने डाँडामा कोशी राजमार्गमा खटिएको प्रहरी चौकी अमरहाटको टोलीले विशेष सूचनाको आधारमा चेकजाँचका क्रममा उक्त पक्राउ गरेको हो।प्रहरीका अनुसार धनकुटाबाट धरानतर्फ आउँदै गरेको प्र.१–०२–००२ ख ०८१८ नम्बरको यात्रुबाहक बसमा सवार मोरङ, रंगेली नगरपालिका निवासी रोशन उप्रेतीले बोकेको कालो झोलामा झन्डै १० किलो लागू औषध (गाँजा) फेला परेको हो।पक्राउ परेका उप्रेतीलाई लागू औषधसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय

    • प्रकाशित मितिः साउन २, २०८२
    • २,४५८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झापाको बिर्तामोडबाट हालसम्मकै ठूलो परिमाणमा लागू औषध बरामद, गोदाम सञ्चालक फरार

    झापा/ झापाको बिर्तामोडबाट हालसम्मकै ठूलो परिमाणमा औषधिजन्य लागू औषध बरामद भएको छ। प्रतिबन्धित औषधिहरूको ठूलो भण्डारण भानुभक्त खरेल नामक औषधि व्यवसायीको भएको पुष्टि भए पनि उनी हालसम्म फरार रहेका छन्। इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड–५, मंगलदीप टोलस्थित मनकुमार संग्रौलाको दुईतले घरको भुईँतलाका दुई कोठामा लुकाइराखिएको अवस्थामा प्रतिबन्धित औषधिहरू बरामद गरेको हो। ती औषधिहरू भानुभक्त खरेलले भण्डारण गरेका थिए भने सोही गोदाममा कार्यरत कर्मचारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बरामद लागू औषधको विवरण यस्तो छ: ट्रामाडोल हाइड्रोक्लोराइड — १ लाख ३ हजार ८ सय ट्याब्ल

    • प्रकाशित मितिः साउन २, २०८२
    • ७९२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ब्राउन सुगरसहित एक युवती लौकहीबाट पक्राउ

    सुनसरी/ सुनसरीको कोशी गाउँपालिका–१ भन्सार रोडबाट लागू औषध ब्राउन सुगरसहित एक युवती पक्राउ परेकी छिन्। मंगलबार साँझ ५ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सप्तरी जिल्ला हनुमाननगर कंकालिनी नगरपालिका–९ की २१ वर्षीया प्रतिक्षा कुमारी रायलाई पक्राउ गरेको हो। भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी रायको रितपूर्वक खानतलासी गर्दा उनले लगाएको कालो बुट्टे हाफ पाइन्टको बायाँ गोजीमा लुकाइछिपाई राखिएको अवस्थामा ब्राउन सुगर १ ग्राम फेला परेको प्रहरी स्रोतले जनाएको छ। पक्राउ परेकी रायलाई लागू औषधसह

    • प्रकाशित मितिः साउन २, २०८२
    • ८६२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिरामी श्रीमानका लागि श्रीमतीको गुहारपछि शुरु भयो सहयोगको अभियान

    धरान/धरान–८ स्थित अरुणटोल सुकुम्बासी बस्तीका ४० वर्षीय रोशन राईको उपचारका लागि ६ हजार रुपैयाँ सहयोग जुटाइएको छ। कलेजो फेर्नुपर्ने अवस्था आइसकेपछि आर्थिक अभावका कारण उपचार अवरुद्ध हुँदा श्रीमती शान्ति तामाङले गरेको मार्मिक गुहारले जनचासो र सहयोग आकर्षित गरेको हो। नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कोशी प्रदेश उपाध्यक्ष तथा लेखापढी व्यवसायी तिर्थ दाहाल र उनकी श्रीमती कोशिला राई दाहालले ५ हजार रुपैयाँ, संगठनका सचिव महेश घिमिरे र सदस्य प्रेमप्रसाद पोखरेलले जनही ५ सय रुपैयाँ सहयोग गरेका छन्। सहयोग अभियान मजदुर नेता भीमज्वाला राईद्वारा सार्वजनिक गरिएको ‘श्रीमतीको बिलौना’ शिर्षक

    • प्रकाशित मितिः साउन २, २०८२
    • ५३६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा लागूऔषधसहित दुई युवा पक्राउ

    धरान/ धरान उपमहानगरपालिका–१७ स्थित साकेला थान आसपास लागूऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले दुई जनालाई प्रतिबन्धित औषधिसहित पक्राउ गरेको छ। बुधबार बिहान  अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरी टोलीले धरान–१० का २४ वर्षीय अंकित राई र धरान–६ का २१ वर्षीय भरत मगरलाई नियन्त्रणमा लिएको हो। चेकजाँचका क्रममा उनीहरूको साथबाट ७६० क्याप्सुल ट्रामाडोल र ८०० ट्याब्लेट डिकोलिक बरामद भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः साउन १, २०८२
    • १,४३७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विरामी रोशनलाई खाद्यान्न सहयोग,झुपडीमा रोगसंग लड्दै रोशन

    धरान ।धरान ८ अरुणटोलस्थित सुकुम्बासी बस्तीका बिरामी रोशन राईको परिवारलाई खाद्यान्न सहयोग प्रदान गरिएको छ । धरान १३ स्थित पुनर्जीवनकेन्द्रमा कार्यरत अनिष गुरुङले करिव आठ हजार बराबरको खाद्यान्न सामग्री राईको निवासकै पुगेर हस्तान्तरण गर्नुभएको हो ।दुइ बोरा चामल, ७ किलो दाल, दुइ किलो चिनी, दश लिटर खानेतेल, ५ किलो नुन,एककिलो हरियो मटर र ३ बण्डल बिस्कुट रोशन राईकी श्रीमति शान्ति तामाङलाई हस्तान्तरण गर्नुभएको हो । मजदुर नेता भीमज्वाला राईले बस्तीको कथा शिर्षकमा राईको अवस्था बारे समाचार स्टाटस फेसबुकमा हाल्नुभएपछि आफुले भीमज्वाला राईलाई फोन गरेर सहयोग गर्ने इच्छा व्यक्त गरेको सहयोगी युवा अनिष गुरुङल

    • प्रकाशित मितिः असार ३२, २०८२
    • ६६४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दमकमा स्कुटरको ठक्करबाट घाइते वृद्धको मृत्यु

    झापा/  झापाको दमकमा स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका एक वृद्धको मृत्यु भएको छ। दमक नगरपालिका–१० का ७७ वर्षीय देवबहादुर श्रेष्ठको मंगलबार राति उपचारका क्रममा निधन भएको हो। श्रेष्ठलाई असार २९ गते साँझ दमक–१० स्थित जहदा टोलमा पैदल हिँडिरहेको बेला मे ७ प ३७८९ नम्बरको स्कुटरले ठक्कर दिएको थियो। दुर्घटनापछि गम्भीर घाइते श्रेष्ठलाई तत्काल दमकस्थित निम्स अस्पतालमा लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि विराट शिक्षण अस्पताल लगिए पनि परिवारको निर्णयमा उनलाई पुनः घर फर्काइएको थियो। तर, स्वास्थ्य अवस्था झन् जटिल भएपछि पुनः दमक अस्पताल भर्ना गरिएको थियो। दमक अस्पतालमै मंगलबार राति ८:५

    • प्रकाशित मितिः असार ३२, २०८२
    • ३९६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तरकारीको आडमा गाँजा तस्करी : उदयपुरमा ४३६ किलो गाँजा बरामद

    उदयपुर/  उदयपुरको कटारी नगरपालिका–२ स्थित सिद्धिचरण लोकमार्गमा तरकारी बोकेको बोलेरो गाडीबाट ठूलो मात्रामा गाँजा बरामद भएको छ। असार ३० गते अपरान्ह कटारीबाट सिराहाको मिर्चैया तर्फ जाँदै गरेको को.१ज १२७५ नम्बरको बोलेरो गाडीलाई चेकजाँचका क्रममा रोकेर जाँच गर्दा १२ वटा बोरामा लुकाइएको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ। तरकारीको नाममा अवैध गाँजा लुकाएर तस्करी गर्न खोजिएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले उक्त गाँजा बरामद गरेको हो। प्रहरीले गाँजासहित गाडी नियन्त्रणमा लिएको छ भने चालक धनकुटा सहिदभूमि गाउँपालिका–२ का २९ वर्

    • प्रकाशित मितिः असार ३१, २०८२
    • १,३३६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रंगेली अस्पताल देशकै नमूना अस्पताल घोषित

    रंगेली/  मोरङको रंगेली नगर अस्पताल देशभरका स्थानीय तह अन्तर्गतका अस्पतालहरूमध्ये नमूना र उत्कृष्ट अस्पताल बन्न सफल भएको छ। न्यूनतम सेवा मापदण्ड (MSS)  अन्तर्गत सुशासन, व्यवस्थापन, क्लिनिकल म्यानेजमेन्ट र हस्पिटल सेवा लगायतका विभिन्न सूचकहरूमा भएको मुल्यांकनमा रंगेली अस्पतालले ८६ प्रतिशत अंक हासिल गर्दै अग्रणी स्थान सुरक्षित गरेको हो। कोशी प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा। राधिका थपलियाका अनुसार, हरेक ६–६ महिनामा गरिने मुल्यांकनमा पछिल्लो पटक रंगेली अस्पतालले महत्वपूर्ण सुधार गर्दै उल्लेखनीय अंक प्राप्त गर्न सफल भएको हो। “स्थानीय तह मातहतका अस्पतालहरूमध्ये रंगेली अस

    • प्रकाशित मितिः असार ३१, २०८२
    • ६२२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोरङमा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

    मोरङ/मोरङको बेलबारीमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बेलबारी नगरपालिका–८ बाँसबारीकी ४५ वर्षीया अमिना राजवंशीको ज्यान गएको हो। आइतबार बिहान घरनजिकैको खेतमा पानी सिँचाइ गर्न गएकी अमिनामाथि जंगली हात्तीले आक्रमण गरेको थियो। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि तत्काल विराटनगरस्थित न्यूरो अस्पताल लगिएको थियो। तर, उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। हात्तीको आक्रमणपछि स्थानीयवासी त्रसित भएका छन् भने वन्यजन्तुको नियन्त्रण र सुरक्षाको माग पनि उठ्न थालेको छ।     &nbs

    • प्रकाशित मितिः असार ३०, २०८२
    • ५८९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved