दमकमा स्कुटरको ठक्करबाट घाइते वृद्धको मृत्यु

  • असार ३२, २०८२
  • कोशीपत्र/संवाददाता
alt प्रतिकात्मक तस्वीर

झापा/  झापाको दमकमा स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका एक वृद्धको मृत्यु भएको छ। दमक नगरपालिका–१० का ७७ वर्षीय देवबहादुर श्रेष्ठको मंगलबार राति उपचारका क्रममा निधन भएको हो।

श्रेष्ठलाई असार २९ गते साँझ दमक–१० स्थित जहदा टोलमा पैदल हिँडिरहेको बेला मे ७ प ३७८९ नम्बरको स्कुटरले ठक्कर दिएको थियो। दुर्घटनापछि गम्भीर घाइते श्रेष्ठलाई तत्काल दमकस्थित निम्स अस्पतालमा लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि विराट शिक्षण अस्पताल लगिए पनि परिवारको निर्णयमा उनलाई पुनः घर फर्काइएको थियो।

तर, स्वास्थ्य अवस्था झन् जटिल भएपछि पुनः दमक अस्पताल भर्ना गरिएको थियो। दमक अस्पतालमै मंगलबार राति ८:५८ बजे उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

दुर्घटनामा संलग्न स्कुटर चालक १६ वर्षीय किशोर रहेको खुलेको छ। उनी तेह्रथुम म्याङलुङ घर भई हाल दमक–१० मा बसोबास गर्दै आएका हुन्। प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

मृतक श्रेष्ठको शव दमक अस्पतालमै पोस्टमार्टम गरिएको थियो। पोस्टमार्टमपछि छोरा सुरेशकुमार श्रेष्ठले बुधवार अपराह्न शव बुझेर अन्त्येष्टिका लागि लगेका थिए।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved