रंगेली अस्पताल देशकै नमूना अस्पताल घोषित

  • असार ३१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

रंगेली/  मोरङको रंगेली नगर अस्पताल देशभरका स्थानीय तह अन्तर्गतका अस्पतालहरूमध्ये नमूना र उत्कृष्ट अस्पताल बन्न सफल भएको छ।

न्यूनतम सेवा मापदण्ड (MSS)  अन्तर्गत सुशासन, व्यवस्थापन, क्लिनिकल म्यानेजमेन्ट र हस्पिटल सेवा लगायतका विभिन्न सूचकहरूमा भएको मुल्यांकनमा रंगेली अस्पतालले ८६ प्रतिशत अंक हासिल गर्दै अग्रणी स्थान सुरक्षित गरेको हो।

कोशी प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा। राधिका थपलियाका अनुसार, हरेक ६–६ महिनामा गरिने मुल्यांकनमा पछिल्लो पटक रंगेली अस्पतालले महत्वपूर्ण सुधार गर्दै उल्लेखनीय अंक प्राप्त गर्न सफल भएको हो।

“स्थानीय तह मातहतका अस्पतालहरूमध्ये रंगेली अस्पतालले सर्वोत्कृष्ट प्रदर्शन गर्दै नमूना बन्ने गरि फड्को मारेको छ,” उनले भनिन्।

सो अवसरमा आयोजित कार्यक्रममा रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले सबैको साझा प्रयासले अस्पतालले यो उपलब्धि हासिल गर्न सकेको उल्लेख गर्दै अगामी मूल्यांकनमा अझ उत्कृष्ट प्रदर्शन गर्न सबै स्वास्थ्यकर्मी र कर्मचारीलाई निर्देशन दिए। “हामी व्यवस्थापनमा छौँ, तर यो सफलताको श्रेय सम्पूर्ण टिमलाई जान्छ,” उनले भने।

नगरपालिकाकी उपप्रमुख भूमा पराजुलीले अस्पतालको समग्र सुधारमा चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र जनप्रतिनिधिहरू सबैको योगदान सराहनीय रहेको बताउँदै मूल्यांकनबाट आएका सुझावहरू कार्यान्वयन गर्दै जाने प्रतिबद्धता जनाइन्।

कार्यक्रममा कोशी प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा। थपलियाले अस्पतालको वर्तमान अवस्था हेर्दा प्रदेश सरकारबाट आवश्यक सहयोग जुटाउन आफू तत्पर रहेको बताइन्। प्रमुख प्रशासकीय अधिकृत प्रदिप साहले रंगेली अस्पताललाई गुणस्तरीय र सुलभ सेवामा देशकै अग्रणी बनाउने लक्ष्यसहित सेवा विस्तार हुँदै जाने जानकारी दिए।

रंगेली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। बसन्त साहले यो सफलताको श्रेय स्वास्थ्यकर्मीको समर्पण, नगरपालिकाको सहयोग र सेवाग्राहीको विश्वासलाई दिँदै आगामी दिनमा अझ प्रभावकारी सेवा दिन प्रतिबद्ध रहेको बताए।

 अस्पताल विकास समितिका अध्यक्ष देवमणी कटुवालले अस्पतालको सुधार र सफलतामा योगदान पुर्‍याउने सम्पूर्ण पक्षलाई धन्यवाद व्यक्त गरे। रंगेली नगर अस्पतालको यो उपलब्धि मोडल स्वास्थ्य संस्था बन्ने यात्रामा नयाँ प्रेरणा बनेको छ।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved