ब्राउन सुगरसहित एक युवती लौकहीबाट पक्राउ

  • साउन २, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ सुनसरीको कोशी गाउँपालिका–१ भन्सार रोडबाट लागू औषध ब्राउन सुगरसहित एक युवती पक्राउ परेकी छिन्।

मंगलबार साँझ ५ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सप्तरी जिल्ला हनुमाननगर कंकालिनी नगरपालिका–९ की २१ वर्षीया प्रतिक्षा कुमारी रायलाई पक्राउ गरेको हो।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी रायको रितपूर्वक खानतलासी गर्दा उनले लगाएको कालो बुट्टे हाफ पाइन्टको बायाँ गोजीमा लुकाइछिपाई राखिएको अवस्थामा ब्राउन सुगर १ ग्राम फेला परेको प्रहरी स्रोतले जनाएको छ।

पक्राउ परेकी रायलाई लागू औषधसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved