स्वास्थ्य

    Showing ५८१-५९० of २,६११ items.
  • रोटी बनाउने क्रममा आगो सल्किँदा एकै परिवारका चार जना जले

    धरान/ झापा जिल्लाको हल्दीबारी गाउँपालिका–४ स्थित ओली चोकमा मङ्गलवार बिहान भएको आगलागीमा एकै परिवारका ४ जना जलेर घाइते भएका छन्। आगलागी ६० वर्षीय पुण्यप्रसाद ओलीको तीन तले पक्की घरको दोस्रो तलामा रहेको भान्साकोठाबाट सुरु भएको हो। बिहान करिब ८:४० बजे रोटी पकाउने क्रममा आगो अचानक सल्किएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए। आगो नियन्त्रण गर्ने प्रयासमा घरधनी पुण्यप्रसाद ओलीसहित उनका छोरा सन्तोष ओली (३३), आर्यन ओली (२०) र बुहारी अनिता ओली (३२) घाइते भएका हुन्।पुण्यप्रसादको अवस्था मध्यम, भने बाँकी तीन जनाको अवस्था सा

    • प्रकाशित मितिः साउन ६, २०८२
    • ५४१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ९ केजी गाँजासहित दुई युवक पक्राउ

    धरान/ सुनसरीको धरानमा प्रहरीले विशेष सूचनाका आधारमा ९ किलो गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ। साेमबार साँझ करिब ६:२० बजे अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका–१३ स्थित निशाने डाँडामा चेकजाँचको क्रममा राजारानीबाट धरानतर्फ आइरहेको को १ ख ६०९० नम्बरको बस रोकेर जाँच गर्दा बसको डिक्कीमा राखिएको कालो रंगको झोलाभित्र लुकाइछिपाई राखिएको ९ केजी लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ। सोधपुछका क्रममा उक्त झोला सुनसरीको ईटहरी उपमहानगरपालिका–७ बस्ने २४ वर्षीय सुरेश खत्वे र सोही उपमहानगरपालिका–८ बस्ने २० वर्षीय तुलसी पासवानको भएको खुलेको छ। उनीहर

    • प्रकाशित मितिः साउन ६, २०८२
    • १,१८५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गोरुको मासु खाएको आरोपमा धरानमा ७ जना पक्राउ

    धरान/ गोरु काटेर मासु खाएको आरोपमा प्रहरीले धरानबाट सात जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जवेगुका अनुसार पक्राउ पर्नेमा दुई महिला र पाँच पुरुष छन्। पक्राउ पर्नेहरूको नाम सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ। "अनुसन्धान जारी रहेकाले अहिल्यै नाम खुलाउन मिल्दैन, पछि सार्वजनिक गर्नेछौं," डिएसपी जवेगुले भने। साँस्कृतिक अधिकार संरक्षण समितिले सोमबार आफ्नो १९औं स्थापना दिवस मनाइरहेका बेला प्रहरीले कार्यक्रम स्थलबाटै उनीहरूलाई नियन्त्रणमा लिएको हो। समितिले प्रत्येक वर्ष साउन ५ गते आदिवासी समुदायको परम्परागत संस्कारको संरक्षणको सन्देशसहित कार्यक्रम गर्दै आएको छ। स

    • प्रकाशित मितिः साउन ६, २०८२
    • ५९३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रोशनको उपचार सिद्धिकी दाजुभाइको साथ

    धरान/ कलेजो रोगबाट चार महिनादेखि जीवनमरणको दोसाँधमा रहेका धरान ८ का रोशन राईको उपचारका लागि धरान ३ निवासी इम्तियाज सिद्धिकी र नियाज सिद्धिकी दाजुभाइले १३ हजार सहयोग गर्नुभएको छ ।  धरान ८ अरुणटोल सुकुम्बासी बस्तीका रोशन राईको निवासमै पुगेर टेलरिङ व्यवसायमा रहेका अगुवा इम्तियाज सिद्धिकीको तर्फबाट १० हजार र उनका सहोदर कान्छा भाइ नियाज सिद्धिकीले ३ हजार गरि जम्मा १३ हजार रुपैया बिरामीकी श्रीमति शान्ति तामाङलाई नगद हस्तान्तरण गरिएको हो ।  मजदुर नेता भीमज्वाला राईले रोगसंग लडिरहेका रोशन राईका बारेमा समाचार फेसबुकमा पोष्ट गर्नुभएपछि आफुहरुले सहयोग गर्ने इच्छा भीम दाई मार्फत राखेको कु

    • प्रकाशित मितिः साउन ५, २०८२
    • ५८७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राति होटलमा प्रेम, बिहान हत्या: युवती पक्राउ

    जनकपुरधाम/  जनकपुरधामस्थित गेस्टहाउसमा रातको समयमा सँगै बसेका युवक–युवतीबीचको सम्बन्ध रातभरमै हत्या घटनामा परिणत भएको छ। धनुषा प्रहरीले युवकको हत्या आरोपमा २१ वर्षीया एक युवतीलाई पक्राउ गरेको छ। पक्राउ परेकी युवती महोत्तरी जिल्लाको बनौटा घर भइ हाल जनकपुरधाम उपमहानगरपालिका–४ मा बस्दै आएकी जुली झा हुन्।उनले महोत्तरी गाउँपालिका–१ पर्साका ३२ वर्षीय बिमलेश यादवलाई छुरा प्रहार गरी हत्या गरेको आरोप लागेको छ। प्रहरीका अनुसार उनीहरूबीच लामो समयदेखि चिनजान थियो र आर्थिक लेनदेन समेत रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।गत शनिबार राति करिब १० बजे जनकपुरधाम उपमहानगरपालिका&nd

    • प्रकाशित मितिः साउन ५, २०८२
    • १,८५९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तेजाब खाएका धरानका पुरुषको विराटनगरमा निधन

    धरान/  सुनसरीको धरानमा तेजाब सेवन गरी गम्भीर घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। धरान उपमहानगरपालिका–७ बगैँचा लाइनका अन्दाजी ४४ वर्षीय सरोज विकको आइतबार राति विराटनगरस्थित विराट नर्सिङ होममा निधन भएको हो। सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार विकले गत असार २३ गते राति मादक पदार्थ सेवन (मापसे) गरेपछि घरमा धारा सफा गर्न राखिएको तेजाब सेवन गरेका थिए। तेजाब सेवन गरेपछि उनको अवस्था गम्भीर बनेको थियो। तत्कालै उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप जटिल उपचार आवश्यक भएपछि उनलाई विराट

    • प्रकाशित मितिः साउन ५, २०८२
    • ९७९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झुपडीमै पुगेर बिरामीको स्वास्थ्य परीक्षण: निमित्त उपकुलपति डा. शर्माको मानवीय सेवा

    धरान/ धरान–८ अरुणटोलस्थित सुकुम्बासी बस्तीमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपीएसिस) का निमित्त उपकुलपति तथा वरिष्ठ मुटु र मृगौला रोग विशेषज्ञ प्राडा सञ्जीव शर्मा आफैँ बिरामीको झुपडीमै पुगेर स्वास्थ्य परीक्षण गरेका छन्। कलेजो रोगले ग्रसित ४० वर्षीय रोशन राईलाई आर्थिक अभावका कारण अस्पताल लैजान नसकिएको खबर पाएपछि डा. शर्मा आफैँ बस्तीमा पुगेका हुन्। मजदुर नेता भीमज्वाला राईको अनुरोधमा डा. शर्मा बिरामी राईको घरमै पुगेर सम्पूर्ण स्वास्थ्य परीक्षण गरेका थिए। परीक्षणपछि डा. शर्माले एक औषधि सिफारिस गर्दै ४ दिनपछि अस्पतालमा भर्ना गरेर पेटको पानी झिक्नुपर्ने जानकारी दिए। आवश्यक स्

    • प्रकाशित मितिः साउन ४, २०८२
    • ९८७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बर्षेनी बाढीको त्रास: धरान १६ मा स्थानीयको पहलमा तारजाली लगाउँदै बस्ती जोगाउने प्रयास

    धरान/ सर्दुखोला आसपासका टोलबासीहरू बाढीको जोखिम कम गर्न तारजाली लगाउने कार्यमा जुटेका छन्। बर्षेनी बर्षातको समयमा खोलाले धार परिवर्तन गर्दा बस्तीमा बाढी पस्ने खतरा बढ्दै गएपछि स्थानीयवासी आफैँ सक्रिय बनेका हुन्। धरान १६ को नौलोबस्तीलगायत क्षेत्रमा खोलाको कटानबाट ठूलो क्षति हुने गरेको छ। बाढीले घरभित्रै पानी पस्ने, जमिन कटान हुने र ढुंगा बगाएर ल्याउने जस्ता समस्याले टोलबासी त्रसित छन्। जोखिम न्युनिकरणका लागि स्थानीयवासीहरू श्रमदानमार्फत तारजाली लगाउने कार्यमा जुटेका छन्। यस अभियानमा नेपाली काँग्रेसले पनि सहयोग गरेको छ। धरान उपमहानगरपालिकाका पूर्व मेयर तथा काँग्रेस नेता तिलक राईका अनुसा

    • प्रकाशित मितिः साउन ४, २०८२
    • ५३१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बाढीले हेवा खोलाको डाइभर्सन बगायो, मेची राजमार्ग अवरुद्ध

    सुनसरी/ सुनसरी, मोरङ हुँदै पूर्वी पहाडी जिल्लाहरू जोड्ने मेची राजमार्ग पुनः अवरुद्ध भएको छ । निरन्तरको वर्षापछि आएको बाढीले पाँचथरस्थित हेवा खोलाको अस्थायी डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको हो । पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले डाइभर्सनमाथिबाट बाढीको पानी बग्न थालेपछि यातायात ठप्प भएको जानकारी दिए । “पानीको बहाव अहिले केही घट्दै छ, घटेपछि मर्मत गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको छ,” उनले बताए । मेची राजमार्ग अवरुद्ध भएपछि ताप्लेजुङ र पाँचथर जिल्लाका तीन पालिकामा सवारीसाधन सञ्चालन रोकिएको छ । यसले अत्यावश्यक सेवासमेत प्रभावित बनेको स्थानी

    • प्रकाशित मितिः साउन ४, २०८२
    • ५०५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लागू औषधसहित दुई पक्राउ, ब्राउन सुगर र क्याप्सुल बरामद

    सुनसरी/ सुनसरीको इनरुवा नगरपालिका–६ स्थित हलेसी चोकमा लागू औषध ओसारपसारमा संलग्न दुई जना पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय सुनसरी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो। साउन ३ गते दिउँसो करिब ३ बजेको समयमा पूर्व–पश्चिम लोकमार्गमा को ३३ प ३१४९ नम्बरको मोटरसाइकलमा अढेस लागेर बसेका दुई जनामाथि प्रहरीले चेकजाँच गर्दा उनीहरूबाट प्रतिबन्धित लागू औषध फेला परेको हो। पक्राउ पर्नेमा इनरुवा–८ का ३४ वर्षीय मोहमद सफरुल र ऐरावती गाउँपालिका–५ का ४८ वर्षीय अशोक कुमार यादव रहेका छन्। यादवको साथबाट ४१.४४० ग्

    • प्रकाशित मितिः साउन ४, २०८२
    • ७२८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved