स्वास्थ्य

    Showing 581-590 of 2,408 items.
  • विज्ञापन बोर्ड सदस्य एवम् पत्रकार अधिकारीलाई पितृ शोक

    इटहरी । नेपाल सरकार विज्ञापन बोर्ड सदस्य एवं कोशी प्रदेशस्थित इटहरीबाट सञ्चालित यस अनलाईन पोर्टल प्रदेश खबरका अध्यक्ष पवन अधिकारीलाई पितृ शोक परेको छ । नेपाल प्रेस युनियन सुनसरीका पूर्व अध्यक्ष समेत रहेका सुनसरीका सक्रिय पत्रकार अधिकारीका पिता इन्द्रलाल अधिकारीको ८६ वर्षको उमेरमा बुधवार दिउँसो १ बजे निधन भएको हो । फोक्सो सम्बन्धी रोगबाट पीडित रहेका स्व.अधिकारीका पवन सहित प्रेम र ध्रुव अधिकारी छोरा र मीना, हिमा, तुलसा र अस्मिता छोरी रहेका छन् । स्व.अधिकारीको आजै दिउँसो इटहरीस्थित बूढीगङ्गा जमुना मुक्तिघाटमा अन्त्येष्टि गरिएको छ ।  

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 544 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिहानै नालामा भेटियो युवकको शव, मोटरसाइकलसहित दुर्घटनामा परेको आशंका

    विराटनगर/  मोरङको धनपालथान गाउँपालिका–३ ललिया टोलका एक युवक बुधबार बिहान नालामा मृत अवस्थामा फेला परेका छन्। मृतक धनपालथान–२ निवासी ३७ वर्षीय विजय मण्डल रहेको प्रहरीले जनाएको छ। मण्डलको शव भेटिएको स्थान नजिकै उनी आफैंले चलाउँदै आएका को २१ प १६५६ नम्बरको मोटरसाइकल समेत फेला परेको छ। शव र मोटरसाइकल एउटै स्थानमा भेटिनुका कारण उनलाई मोटरसाइकल दुर्घटनामा परेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। इलाका प्रहरी कार्यालय रंगेलीका अनुसार मण्डलको शव सडकदेखि करिब तीन मिटर तल रहेको नालामा फेला परेको हो। स्थानीयवासीले शव देखेपछि बिहान करिब ६ः१५ बजे प्रहरीलाई खबर गरेका थिए। मोटर

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 799 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रतिष्ठानमा राष्ट्रि«य स्तरको अग्नाशय क्यान्सरको सम्मेलन

    धरान/ वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा अग्नाशयमा हुने क्यान्सरसम्बन्धी एकदिने राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। सम्मेलन २०८१ सालको चैत्र २२ गते प्रतिष्ठानको अडिटोरियम हलमा सम्पन्न भएको हो। ग्याष्ट्रो–इन्टेस्टाइनल सर्जरी विभाग, इन्टर्नल मेडिसिन विभाग तथा ग्याष्ट्रो–इन्टेरोलोजी एण्ड हेपाटोलोजी विभागको संयुक्त आयोजनामा सम्पन्न उक्त सम्मेलनमा देशभरका एक सयभन्दा बढी क्यान्सर विशेषज्ञ, सर्जन, रेडिएसन तथा मेडिकल अन्कोलोजिष्टहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सम्मेलनको उद्घाटन प्रतिष्ठानका डीन प्रा.डा. शिवेन्द्र झाले पानसमा बत्ती बालेर गर्नु भएको थियो। स्वागत म

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • 716 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा दीर्घरोगी लक्षित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    धरान/अव्यवस्थित जीवनशैली र असन्तुलित खानपानका कारण समाजमा बढ्दै गएका दीर्घ रोगीहरुलाई लक्षित गरी परिवर्तनका लागि सामाजिक अभियानु नामक संस्थाले निःशुल्क स्वास्थ्य जाँच तथा औषधि वितरण गरेको छ। धरान–१ स्थित धरान मोडल कलेजमा आइतबार आयोजना गरिएको ७८औं संस्करणको शिविरमा मुटुरोग विशेषज्ञ प्रा.डा. प्रशान्त शाहले जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गर्नुभएको हो। शिविरमा विशेष गरी मुटु रोग, मधुमेह र उच्च रक्तचापका समस्याबाट प्रभावित ६० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई लक्षित गरिएको थियो। परिवर्तनका लागि सामाजिक अभियानका अध्यक्ष विष्णु बरालका अनुसार, प्रत्येक महिनामा दुई पटक यस्ता शिविर नियमित र

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • 637 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शिक्षा–स्वास्थ्य ठप्प, विद्यार्थी–बिरामी मारमा

    काठमाडौँ/ झन्डै एक महिनादेखि शिक्षक र चिकित्सक आन्दोलनमा उत्रिँदा मुलुकको शिक्षा र स्वास्थ्य सेवा ठप्पजस्तै भएको छ। सरकारले आन्दोलनलाई वेवास्ता गर्दै दमन र हस्तक्षेप बढाएपछि विद्यार्थीको भविष्य अन्योलमा परेको छ भने बिरामीहरू उपचारको अभावमा मारमा परेका छन्। आइतबार काठमाडौंमा आन्दोलनरत शिक्षक र सुरक्षाकर्मीबीच झडप हुँदा ६२ जना शिक्षक तथा कर्मचारी घाइते भएका छन्। घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर छ भने पत्रकार सबिना कार्कीको समेत दुबै आँखामा चोट लागेको छ। आन्दोलनमा शान्तिपूर्ण तरिकाले उत्रिएका शिक्षकहरूमाथि सरकारको दमन चर्किएको भन्दै महासंघले आन्दोलन अझ तीव्र बनाउने चेतावनी दिएको छ। महा

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • 534 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा नेपालकै पहिलो आइविए प्रो एण्ड एमेचर फाइट नाइट भव्य सम्पन्न

    धरान/ धरान बक्सिङको आयोजनामा नेपालमै पहिलोपटक राष्ट्रिय स्तरको आइविए प्रो एण्ड एमेचर महिला तथा पुरुष धरान फाइट नाइट २०२५ शुक्रबार भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रममा ४ वटा प्रो फाइट तथा ५ वटा एमेचर फाइट सम्पन्न भएका थिए। प्रो फाइट अन्तर्गत फ्लाइ वेट ९५१ केजी० तौल समूहमा झापाका फुङलाङ काम्बाङले नक्साल, काठमाडौंका आयुसलाई ५–० अंकले युनानिमस निर्णयमा पराजित गर्दै स्वर्ण पदक जिते। फेदर वेट ९५७ केजी० मा एभिसी धरानका सिंहविर लिम्बुले त्रिभुवन आर्मी क्लबका पुरन सुनुवारलाई ३–१ अंकले स्प्लिट डिसिजनमा हराउँदै स्वर्ण हात पारे। त्यस्तै, लाइट वेट ९६० केजी० मा सिएचजी काठमाडौंका सुलभ मालीले

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • 651 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खाँदबारीमा घरमै सुतिरहेका वृद्धको हत्या, दुई जना फरार

     तुम्लिङटार/ संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा घरमै सुतिरहेका एक वृद्धको हत्या भएको छ। हत्या गरी फरार भएका दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ। शनिबार राति करिब १२ बजेतिर आफ्नै घरको बरन्डामा सुतिरहेकै बेला ७२ वर्षीय मीनबहादुर कुमालमाथि दुई अपरिचित व्यक्तिले आक्रमण गरेका थिए। इलाका प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी इन्स्पेक्टर रामकुमार लामिछानेका अनुसार कुमालको घाँटी थिचेर गम्भीर घाइते बनाइएको थियो। तत्कालै उपचारका लागि मनकामना सामुदायिक अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनाको समयमा कुमालले चिच्याउँदा घरभित्र सुतिरहेकी उनकी पत्नी सुनम

    • प्रकाशित मितिः वैशाख १४, २०८२
    • 614 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बस दुर्घटनामा ३ को मृत्यु, २३ घाइते

    उदयपुर/उदयपुरको गाईघाटबाट झापाको काँकडभिट्टा जाँदै गरेको यात्रुबस आइतबार मध्यान्ह दुर्घटनामा पर्दा तीन जनाको ज्यान गएको छ भने २३ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कन्चनरुप नगरपालिका–१० स्थित बदगामा बस अनियन्त्रित भई पल्टिएको हो। इलाका प्रहरी कार्यालय कन्चनपुरका डीएसपी माधवप्रसाद काफ्लेले बस आफैं अनियन्त्रित भएर पल्टिएको जानकारी दिए। दुर्घटनामा सप्तरीको सप्तकोशी नगरपालिका–१ निवासी ७५ वर्षीय रत्नबहादुर मगरातीसहित एक पुरुष र एक महिलाको मृत्यु भएको हो। गम्भीर घाइते भएका मगरातीलाई उपचारका लागि विराटनगर ल्याइए पनि अस्पतालमा पुगीसकेपछि चिकित्सकले मृत घोष

    • प्रकाशित मितिः वैशाख १४, २०८२
    • 852 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा स्कार्पियो गाडीबाट ३०० केजी गाँजा बरामद

    धरान/ धरानमा एक बेवारिसे अवस्थामा भेटिएको स्कार्पियो गाडीबाट प्रहरीले ठूलो मात्रामा लागूऔषध गाँजा बरामद गरेको छ। गोप्य सूचनाको आधारमा लागुऔषध ओसारपसार भइरहेको खबर पाएपछि अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको टोलीले धरान उपमहानगरपालिका–१३ स्थित जिरोपोइन्ट चोकमा शुक्रबार राति चेकजाँच गरेको थियो। सुनसरी प्रहरीका अनुसार राति करिब ९ बजे चिण्डेडाँडा हुँदै कृषिबजारतर्फ जाँदै गरेको खैरो रङको को.१च.७३३५ नम्बरको स्कार्पियो गाडी जिरोपोइन्ट चोकमा चालकविहीन अवस्थामा फेला परेको हो। गाडी जाँच गर्दा पछाडिको सिटमा राखिएका कालो प्लास्टिकका १० वटा पोका फेला परेका थिए। ती सबै पोकामा गरेर करिब ३०० केजी गाँ

    • प्रकाशित मितिः वैशाख १३, २०८२
    • 1,670 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ४० सेकेन्डको कम्पन, जीवनभरको तरंग

    २०७२ साल बैशाख १२ गते, शनिबार। समय थियो ११:५६। धरानको दन्तकाली एफ.एम.को चौथो तलामा रहेको स्टुडियोमा म १२ बजेको समाचार प्रसारणको तयारी गर्दै थिएँ। स्क्रिप्ट तयार थियो, स्वरको ताल मिलाउँदै थिएँ। प्रसारण सुरु हुन चार मिनेट मात्रै बाँकी थियो—तर जीवनले चाहिँ अर्को प्रसारण सुरु गर्न लागेको रहेछ, जुन न स्क्रिप्टअनुसार थियो, न कुनै तालमा। अचानक भवन हल्लिन थाल्यो। सुरुमा सामान्य लाग्यो—तर त्यो केही सेकेन्डमै बर्बर आवाजमा परिणत भयो। स्टुडियोका पर्खाल, कुर्सी, उपकरण सबै हल्लिए। मेरो शरीरभन्दा पहिले मन लर्बरियो। खुट्टाले जमिन पक्रन सकेनन्, माइक समातिएको हात झुल्न थाल्यो। करिब ४० सेकेन्डसम

    • प्रकाशित मितिः वैशाख १२, २०८२
    • 680 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved